०५ पुष २०८२, शनिबार
20-12-2025 , Sat
×

प्रहरी हु भन्दै लुटपाट गर्ने समूह पक्राउ

Logo
प्रकाशित शुक्रबार, फाल्गुण २०, २०७८

ABC (क्राईमबिट)
काठमाडौँ । महानगरपालिका–१६ नयाँबजारस्थित समृद्ध फार्मेसीबाट धनमाल लुटपाट गर्ने कार्यमा सङ्लग्न रहेको अभियोगमा आठ जनालाई आज प्रहरीले पक्राउ गरेको छ ।

उक्त समूहले फार्मेसी सञ्चालकलाई ‘हामी प्रहरी हौँ, तपाईँको पसलमा अवैध औषधि बिक्री भएको सूचना आएकाले खानतलासी गर्न आएका हौँ’ भनी फागुन १२ गते साँझ पसलमा लुटपाट गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

उक्त घटनामा सङ्लग्न रहेको आरोपमा प्रहरीले जुम्ला घर भइ काठमाडौँ बस्ने २६ वर्षीय देवीप्रसाद धिताल, काठमाडौँ स्वयम्भू बस्ने धादिङ धुनीवेशीका ३० वर्षीय शङ्कर रेग्मी, काठमाडौँ सानोभर्याङ बस्ने डडेलधुराका हिक्मत महता, काठमाडौँ चक्रपथ बस्ने कञ्चनपुरका २७ वर्षीय सुवाष रतोकी, काठमाडौँ मित्रनगर बस्ने कञ्चनपुरका मिलन बोहरा, लिम्बु भन्ने भविन्द्र बेगा, दैलेख नौमुलका जीवन भन्ने योगेन्द्रबहादुर चन्द र काठमाडौँ सामाखुसी बस्ने प्युठान गौमुखीका संगीत थापा भन्ने कमल सुनारलाई पक्राउ गरेको छ ।

उनीहरू काउन्टरमा भएको रु ६५ हजार नगदसहित मोबाइल, घडी, लुटपाट गरी फरार भएका थिए । खोजतलासका क्रममा प्रहरीले उनीहरूबाट ११ थान मोबाइल, एक थान घडी, एटिएम कार्ड र बैंक चेक बरामद गरेको छ । घटनाको विषयमा अनुसन्धान भइरहेको महानगरीय अपराध महाशाखाले जनाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बारा । मधेस प्रदेश अन्तर्गत बारामा रहेको यातायात व्यवस्था कार्यालय सेवाग्राहीको सुविधा केन्द्र बन्नु पर्नेमा संगठित भ्रष्टाचारको सुरक्षित अखडा बनेको गम्भीर आरोप सार्वजनिक रूपमा उठेको छ। कार्यालय प्रमुख अबिन्दर दासकै संरक्षणमा उनका आफन्त, नातागोता तथा कर्मचारीहरू नै बिचौलियाको भूमिकामा सक्रिय रहेको र सवारी चालक अनुमति पत्र वितरणमा खुलेआम आर्थिक ‘सेटिङ’ हुने गरेको तथ्य बाहिर आएको […]

बारा । सेटिङ बिना काम नहुने, फेललाई पास गराइने, मुख्यमन्त्रीसम्म रकम पुगेको दाबी अख्तियार मौन मधेस प्रदेश अन्तर्गत बारामा रहेको यातायात व्यवस्था कार्यालय आज सेवाग्राहीको सुविधा केन्द्र होइन, बरु संगठित भ्रष्टाचारको सुरक्षित थलो बनेको गम्भीर आरोप सार्वजनिक रूपमा उठेको छ। कार्यालय प्रमुख अबिन्दर दासकै संरक्षणमा उनका आफन्त, नातागोता तथा कर्मचारीहरू नै बिचौलियाको भूमिकामा सक्रिय रहेको […]

विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख विनोद घिमिरेले मोरङ जिल्लाको विराटनगर महानगरपालिका-१६, १७ र १८ स्थित दरैया, रानी, मटेरुवा र आईसिपि एरिया इलाका तथा नेपाल-भारत स्थित सीमावर्ती एरियाको अनुगमन तथा निरीक्षण गर्नु भएको छ । खुल्ला सिमा नाकाको कारण हुने बिभिन्न अपराधिक गतिविधि, लागू औषध ओसार पोसार, चोरी तस्करी लगायतका गतिविधि नियन्त्रणको लागि स्थलगतरुपमा सिमानाका […]

error: Content is protected !!