०५ जेठ २०८१, शनिबार
18-05-2024 , Sat
×

१५ वर्षीया छात्रालाई जबरजस्ती करणी गरेको आरोपमा १ जना शिक्षक पक्राउ

Logo
प्रकाशित सोमबार, फाल्गुण २३, २०७८

(ABC-SANCHAR)
अर्घाखाँची । मालारानी गाउँपालिकाको एक माध्यमिक विद्यालयका २७ वर्षीय शिक्षकले सोही विद्यालयमा अध्ययनरत १५ वर्षीया छात्रालाई जबरजस्ती करणी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले पक्राउ गरेको हो ।

ती शिक्षकले छात्रालाई गत वैशाख १९ गते घर नजिकै जंगलमा र त्यसपछि पटकपटक जबरजस्ती करणी गरी गर्भपतन समेत गराएको जाहेरी परेपछि नियन्त्रणमा लिई अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी अमर थापाले जानकारी दिए ।

प्रारम्भिक अनुसन्धानपछि जिल्ला अदालतबाट ६ दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको डीएसपी थापाले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

ABC (क्राईमबिट) काठमाडौं । नेपाल सरकार, मन्त्रिपरिषदको मिति २०८१/०१/२७ गतेको निर्णयानुसार प्रहरी नायव महानिरीक्षक पदबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा भई तालुक प्रहरी प्रधान कार्यलय मानवश्रोत एवं प्रशासन विभाग कर्मचारी प्रशासन शाखाको च.नं. ६८७९ मिति २०८१/०१/२८ गतेको पत्र बमोजिम यस प्रतिष्‍ठानबाट नेपाल प्रहरी प्रधान कार्यालय, प्रदेश समन्वय विभाग, नक्सालमा सरुवा हुनु भई जान लाग्नु भएका […]

(ABC-Sanchar) काठमाडौं । फिल्म ‘बोक्सीको घर’को सफलतापछि यसकी निर्माता एवं मुख्य कलाकार केकी अधिकारी अहिले चर्चामा छिन् । फिल्म उद्योगमा झन्डै १५ वर्ष बिताएकी केकीसँग यो फिल्म निर्माण, सफलता, नेपाली समाजमा महिला र फिल्म उद्योगमा लैंगिक असमानता लगायत विषयमा गरेको कुराकानी : ‘बोक्सीको घर’ नाटकलाई फिल्म बनाउने कुरा कसरी सुरु भएको थियो ? कोभिडको पहिलो […]

ABC (क्राईमबिट) काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा प्रस्तुत गरेको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा यससम्बन्धि सुविधा दिने उल्लेख छ । नीति तथा कार्यक्रममा सेवानिवृत्त हुने अवधि पुनरावलोकन गर्ने उल्लेख गरिएको छ । जसअनुसार न्यूनतम पेन्सन अवधिलाई २० वर्षबाट १६ मा झार्न लागिएको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्री रवि लामिछानको योजना […]