१९ चैत्र २०८२, बिहिबार
02-04-2026 , Thu
×

महोत्तरीमा खानाको विषयलाई लिएर असईले प्रहरी जवानलाई कुटे पछी ?

Logo
प्रकाशित सोमबार, फाल्गुण २३, २०७८

ABC (क्राईमबिट)
महोत्तरी । नेपाली कांग्रेस महोत्तरीको अधिवेशनका लागि राखिएका अस्थायी प्रहरी पोष्टका प्रहरी इन्चार्जले आफ्ना एक प्रहरी जवानलाई कुटपिट गरेका छन् ।

जलेश्वर नगरपालिकास्थित सो अस्थायी प्रहरी पोष्टका इन्चार्ज असई मोतीराम महतोले खाना पकाउने विषयमा सोही प्रहरी पोष्टमा कार्यरत प्रहरी जवान जयनारायण पटेललाई निर्घात कुटपिट गरेका हुन् ।

शनिबार बिहान ९ बजेको समयमा आफूले खाना पकाईरहेको बेला असई महतो एक्कासी आएर कुटपिट गरेको पीडित प्रहरी जवान पटेलले सञ्चारकर्मीसँग कुरा गर्दै भने ।

‘नेपाली कांग्रेसको अधिवेशनमा खटेका प्रहरी पोष्टका प्रहरीको खानाका लागि होटलको कुपन उपलब्ध गराइएको थियो भन्ने कुरा आफूलाई थाहा थिएन,’ उनले भने, ‘भोक लागेपछि आफू खाना बनाइरहेको बेला एक्कासी क्याम्पमा आएर इन्चार्ज साबले गाली गलैज गर्दै कुटपिट गर्न थाले।’ उनले के कति कारणले कुटेको भन्ने सोध्ने मौका नै नदिई लट्ठी र मुक्काले कुटपिट गरेको बताए।

घटना सम्बन्धमा असई महतोले खानाको कुपनबारे प्रहरीलाई जानकारी गराइएपनि पटेलले होटलमा नगई पोष्टमै खाना पकाई रहेको देखेर कामको दवाब र तनावका कारण गाली गलौज र लट्ठीले हिर्काएको स्वीकार गरे। ‘जुन रुपमा बाहिर हल्ला फैलाइएको हो निर्घात कुटपिट गरियो, त्यस्तो छैन आवेशमा एक लट्ठी मात्रै हिर्काएको हुँ’, उनले भने।

‘खाना पकाउने ड्युटी प्रहरी जवान पटेलकै हो, तर समयमा खाना नबनाउने, बनाए पनि कम बनाउने गरेको कारण कयौं दिन आफूलाई भोकै सुत्नु परेको छ ।’ असई महतोले भने, ‘आफूलाई भोकै सुत्नु परे पनि उनलाई कहिल्यै केही भनेनौं, बरु जिल्लामा यो जवान चाहिदैन भन्ने मौखिक जानकारी गराइएपनि कुनै चासो लिइएको छैन।’

जलेश्वर नगरपालिकास्थित सो अस्थायी प्रहरी पोष्टमा हाल एक जना असई, २ हवल्दार र ५ जना प्रहरी जवानहरु कार्यरत रहेका छन्।
उता प्रहरी उपरीक्षक कृष्ण प्रसाद पंगेनीले घटनाबारे जानकारी हामी कहाँ आएको बताए। ‘सगठनको आन्तरिक कुरा हो, हामी त्यस सम्बन्धमा बुझ्दैछौं, दोषी देखिएकालाई सांगठनिक कारवाही गरिनेछ।’ स्रोत : इकागज

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । ललितपुर- विभिन्न सामाजिक सञ्जालमा ‘तुलसा कलेक्सन’ नामले परिचित टिकटकर तुल्सा अधिकारीसहित ६ जनाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) मुद्दा बिहीबार दर्ता गरेको छ। तुल्सासहितविरुद्ध लगाइएको अभियोगपत्रमा हुण्डीमार्फत् रकम पठाउने–पठाउन लगाउने कार्य गरेर अवैध सम्पत्तिको स्रोत लुकाउने, रूपान्तरण तथा हस्तान्तरण गरेको आरोप सरकारी वकिलको कार्यालयले लगाएको छ। तुल्सासहित सपना वली, निलिका […]

काठमाडौं । राप्रपाका प्रमुख समेतक ज्ञानेन्द्र शाहीले प्रदेश संरचना खारेज गर्न वर्तमान सरकारलाई दुई तिहाइ बहुमत पुर्‍याउन आफ्नो दल तयार रहेको बताएका छन् । बिहीबारको प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै शाहीले अनावश्यक प्रदेश संरचना सञ्चालनका लागि वार्षिक १ खर्ब रकम खर्च भइरहेको बताएका हुन् ।   ‘देशमा ८८४ जना सांसद छौं । प्रदेश संरचना पाल्न १ […]

दाङ । बबई गाउँपालिका–३ सल्लीकोटस्थित जंगलमा मृ#त अवस्थामा फेला परेकी १४ वर्षीया किशोरी अनु खत्री दुई महिना अघि मात्रै विवाह गरेर गएको खुलेको छ। स्थानीय एक निजी विद्यालयमा कक्षा ८ मा अध्ययनरत अनुको धनुषा निवासी एक व्यक्तिसँग विवाह भएको परिवार स्रोतले जनाएको छ। विवाहपछि उनका श्रीमान बेला–बेलामा अनुको घर आउने गरेका थिए। तर पछिल्लो दुई […]

error: Content is protected !!