०५ पुष २०८२, शनिबार
20-12-2025 , Sat
×

महोत्तरीमा खानाको विषयलाई लिएर असईले प्रहरी जवानलाई कुटे पछी ?

Logo
प्रकाशित सोमबार, फाल्गुण २३, २०७८

ABC (क्राईमबिट)
महोत्तरी । नेपाली कांग्रेस महोत्तरीको अधिवेशनका लागि राखिएका अस्थायी प्रहरी पोष्टका प्रहरी इन्चार्जले आफ्ना एक प्रहरी जवानलाई कुटपिट गरेका छन् ।

जलेश्वर नगरपालिकास्थित सो अस्थायी प्रहरी पोष्टका इन्चार्ज असई मोतीराम महतोले खाना पकाउने विषयमा सोही प्रहरी पोष्टमा कार्यरत प्रहरी जवान जयनारायण पटेललाई निर्घात कुटपिट गरेका हुन् ।

शनिबार बिहान ९ बजेको समयमा आफूले खाना पकाईरहेको बेला असई महतो एक्कासी आएर कुटपिट गरेको पीडित प्रहरी जवान पटेलले सञ्चारकर्मीसँग कुरा गर्दै भने ।

‘नेपाली कांग्रेसको अधिवेशनमा खटेका प्रहरी पोष्टका प्रहरीको खानाका लागि होटलको कुपन उपलब्ध गराइएको थियो भन्ने कुरा आफूलाई थाहा थिएन,’ उनले भने, ‘भोक लागेपछि आफू खाना बनाइरहेको बेला एक्कासी क्याम्पमा आएर इन्चार्ज साबले गाली गलैज गर्दै कुटपिट गर्न थाले।’ उनले के कति कारणले कुटेको भन्ने सोध्ने मौका नै नदिई लट्ठी र मुक्काले कुटपिट गरेको बताए।

घटना सम्बन्धमा असई महतोले खानाको कुपनबारे प्रहरीलाई जानकारी गराइएपनि पटेलले होटलमा नगई पोष्टमै खाना पकाई रहेको देखेर कामको दवाब र तनावका कारण गाली गलौज र लट्ठीले हिर्काएको स्वीकार गरे। ‘जुन रुपमा बाहिर हल्ला फैलाइएको हो निर्घात कुटपिट गरियो, त्यस्तो छैन आवेशमा एक लट्ठी मात्रै हिर्काएको हुँ’, उनले भने।

‘खाना पकाउने ड्युटी प्रहरी जवान पटेलकै हो, तर समयमा खाना नबनाउने, बनाए पनि कम बनाउने गरेको कारण कयौं दिन आफूलाई भोकै सुत्नु परेको छ ।’ असई महतोले भने, ‘आफूलाई भोकै सुत्नु परे पनि उनलाई कहिल्यै केही भनेनौं, बरु जिल्लामा यो जवान चाहिदैन भन्ने मौखिक जानकारी गराइएपनि कुनै चासो लिइएको छैन।’

जलेश्वर नगरपालिकास्थित सो अस्थायी प्रहरी पोष्टमा हाल एक जना असई, २ हवल्दार र ५ जना प्रहरी जवानहरु कार्यरत रहेका छन्।
उता प्रहरी उपरीक्षक कृष्ण प्रसाद पंगेनीले घटनाबारे जानकारी हामी कहाँ आएको बताए। ‘सगठनको आन्तरिक कुरा हो, हामी त्यस सम्बन्धमा बुझ्दैछौं, दोषी देखिएकालाई सांगठनिक कारवाही गरिनेछ।’ स्रोत : इकागज

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बारा । मधेस प्रदेश अन्तर्गत बारामा रहेको यातायात व्यवस्था कार्यालय सेवाग्राहीको सुविधा केन्द्र बन्नु पर्नेमा संगठित भ्रष्टाचारको सुरक्षित अखडा बनेको गम्भीर आरोप सार्वजनिक रूपमा उठेको छ। कार्यालय प्रमुख अबिन्दर दासकै संरक्षणमा उनका आफन्त, नातागोता तथा कर्मचारीहरू नै बिचौलियाको भूमिकामा सक्रिय रहेको र सवारी चालक अनुमति पत्र वितरणमा खुलेआम आर्थिक ‘सेटिङ’ हुने गरेको तथ्य बाहिर आएको […]

बारा । सेटिङ बिना काम नहुने, फेललाई पास गराइने, मुख्यमन्त्रीसम्म रकम पुगेको दाबी अख्तियार मौन मधेस प्रदेश अन्तर्गत बारामा रहेको यातायात व्यवस्था कार्यालय आज सेवाग्राहीको सुविधा केन्द्र होइन, बरु संगठित भ्रष्टाचारको सुरक्षित थलो बनेको गम्भीर आरोप सार्वजनिक रूपमा उठेको छ। कार्यालय प्रमुख अबिन्दर दासकै संरक्षणमा उनका आफन्त, नातागोता तथा कर्मचारीहरू नै बिचौलियाको भूमिकामा सक्रिय रहेको […]

विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख विनोद घिमिरेले मोरङ जिल्लाको विराटनगर महानगरपालिका-१६, १७ र १८ स्थित दरैया, रानी, मटेरुवा र आईसिपि एरिया इलाका तथा नेपाल-भारत स्थित सीमावर्ती एरियाको अनुगमन तथा निरीक्षण गर्नु भएको छ । खुल्ला सिमा नाकाको कारण हुने बिभिन्न अपराधिक गतिविधि, लागू औषध ओसार पोसार, चोरी तस्करी लगायतका गतिविधि नियन्त्रणको लागि स्थलगतरुपमा सिमानाका […]

error: Content is protected !!