२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

जाजरकोटको कुसे गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेत हतियारसहित हिँडडुलगर्दै

Logo
प्रकाशित मंगलबार, फाल्गुण २४, २०७८

(ABC-SANCHAR)
जाजरकोट ।आइतबार गाउँपालिका–६ स्थित घरंगामा बन्दुक बोकेका उनका सहयोगीको तस्वीर सार्वजनिक भएको थियो।

उनले हतियार बोकेर हिँडडुल गरेपछि स्थानीय त्रसित भएका छन्।सामाजिक सञ्जालमा सार्वजनिक भएको तस्वीरमा एक युवक बन्दुक बोकेर मोटरसाइकलमा बसेका छन्। अध्यक्षा बस्नेतले पनि बन्दुक आफ्नो भएको र बन्दुक बोक्ने युवक आफ्नो साथी भएको बताएका छन्।‘

बन्दुक मेरो हो तर बोक्ने मान्छे म होइन। मेरो साथी हो। म बाइक चलाउनै जान्दिन’ उनले भने, ‘त्यो फोटो कसले पछाडिबाट खिचेछ। सार्वजनिक कार्यक्रमको फोटो होइन’, उनले मिडियालाई भनेका छन्।अध्यक्ष बस्नेतले आफ्नो गाडी अन्यत्र जाने भएपछि साथीलाई बन्दुक घर पु¥याइदिन आग्रह गरेको उनको भनाई छ।

उनले आफूसँग बन्दुकको लाइसेन्स भएको पनि बताएका छन्।अध्यक्ष बस्नेत बन्दुक बोकेर गाउँ डुलेको जानकारी जाजरकोटका प्रमुख जिल्ला अधिकारी रामबहादुर शाहीले पनि पाएका छन्। उनले आफूले अध्यक्ष बस्नेतसँग यस विषयमा कुराकानी भएको बताएका छन्।

उनले बोकेको बन्दुक लाइसेन्स प्राप्त रहेको प्रजिअ शाहीको भनाई छ। ‘लाइसेन्स भएका बन्दुक पनि कहाँ बोक्न पाइने कहाँ नपाइने सीमित क्षेत्रमा हुन्छ। सार्वजनिक रुपमा बोकेर हिँड्न मिल्दैन’, उनले भनेका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]