०४ पुष २०८२, शुक्रबार
19-12-2025 , Fri
×

मधेस प्रदेश सरकारले खरिद गरेको बस नचलाउने : विभिन्न सङ्घसंस्थाको तयारी

Logo
प्रकाशित मंगलबार, फाल्गुण २४, २०७८

(ABC-Sanchar)
काठमाडौँ । मधेस प्रदेश सरकारले खरिद गरेका बस नचलाउने भएको छ । वीरगञ्ज–सप्तरी चलाउन खरिद गरेका पाँच वटा बस मधेस प्रदेश मन्त्रिपरिषद् बैठकले नचलाउने निर्णय गरेको हो ।

ती बस विभिन्न संस्थानलाई दिने निर्णय गरिएको मधेस प्रदेश सरकारका प्रवक्ता एवम् अर्थमन्त्री शैलेन्द्र साहले जानकारी दिए। मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई दुई वटा, कृषि विश्वविद्यालय, कृषि तालिम केन्द्र धनुषा र प्रदेश प्रशिक्षण केन्द्रलाई एक–एक वटा बस दिने निर्णय भएको छ ।

मधेस प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षमा प्रदेश परिवहन स्थापना गर्ने लक्ष्यका साथ बस खरिद गरेर ल्याएको थियो । तत्कालीन मन्त्री जितेन्द्र सोनलले २०७७ सालको धनतेरसका दिन ३ करोड ९ लाख ८२ हजार रुपैयाँमा ५ वटा बस खरिद गरी ल्याएका थिए । ती बस जनकपुर चुरोट कारखानामा राखिएको थियो ।

खरिद गरेका बसलाई जनकपुरधाम–वीरगञ्ज, जनकपुरधाम–राजविराज रुटमा सञ्चालन गर्ने योजना थियो । तर बस चलाउँदा खर्च धेरै हुने भएकाले विभिन्न सङ्घ संस्थालाई दिने निर्णय गरिएको मन्त्री साहले बताए।

मन्त्रिपरिषद्को बैठकले लहानमा रहेको यातायात व्यवस्था कार्यालयको सेवालाई विस्तार गरेर राजविराजमा समेत खोल्ने निर्णय गरेको छ । त्यसैगरी युवा स्वरोजगार उद्योग कार्यक्रमको कार्यविधिलाई स्वीकृत गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख विनोद घिमिरेले मोरङ जिल्लाको विराटनगर महानगरपालिका-१६, १७ र १८ स्थित दरैया, रानी, मटेरुवा र आईसिपि एरिया इलाका तथा नेपाल-भारत स्थित सीमावर्ती एरियाको अनुगमन तथा निरीक्षण गर्नु भएको छ । खुल्ला सिमा नाकाको कारण हुने बिभिन्न अपराधिक गतिविधि, लागू औषध ओसार पोसार, चोरी तस्करी लगायतका गतिविधि नियन्त्रणको लागि स्थलगतरुपमा सिमानाका […]

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चितवनबाट सडकमार्ग हुँदै रुपन्देहीतर्फ लागेका छन्। काठमाडौँबाट विमानमा भरतपुर पुगेका उनी भरतपुरबाट सडकमार्ग हुँदै रुपन्देही जान लागेका हुन्। बिहीबार उच्च अदालत तुलसीपुरको बुटवल इजलासले उनलाई थुनामुक्त गर्न आदेश दिएसँगै आवश्यक कागजी प्रक्रिया मिलाउन उनी रुपन्देही जान लागेका हुन्। उनी बिहानैदेखि भैरहवा जान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पर्खिए पनि […]

काठमाडौं । सशस्त्र प्रहरी बल प्रधान कार्यालयले १७ जना नायव उपरीक्षक (डीएसपी) र ४० जना सशस्त्र प्रहरी निरीक्षक (इन्स्पेक्टर) को काज सरुवा गरेको छ । सशस्त्र मुख्यालयले प्रशासनिक दृष्टिकोण तथा आवश्यकता भन्दै उनीहरूको काज सरुवा गरेको हो । बिहीबारको निर्णयअनुसार उनीहरूको सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

error: Content is protected !!