१९ चैत्र २०८२, बिहिबार
02-04-2026 , Thu
×

दाङमा कार चालक पक्राउ परेपछि बिहान्देखि बन्द राजमार्ग खुलेयो

Logo
प्रकाशित बुधबार, फाल्गुण २५, २०७८


(ABC-SANCHAR)
दाङ । देउखुरीको लमही नगरपालिका वडा नम्बर ३ वनगाउँमा कारको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएपछि आज विहानै देखि मृतकका आफन्ती र स्थानीयबासीले बन्द गराएको लमही-भालुवाङ सडक खण्ड सुचारु भएको हो ।

फरार रहेका कार चालकलाई वडा प्रहरी कार्यालय लमहीले पक्राउ गरेपछि दुवै पक्ष बीच कानुन अनुसार क्षतीपुर्ती र कारवाही गर्ने सहमतीमा अबरुद्ध सडक सूचारु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता मुकुन्द रिजालले जानकारी दिएका छन् ।

गएराती भालुबाङबाट लमही आउँदै गरेको बा १० च २५८१ नम्बरको कार र लमही देखि भालुबाङ तर्फ जाँदै गरेको रा ६ प ६८४९ नम्बरको बुलेट मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाईकल चालक राप्ती गाउँपालिका वडा नम्बर १ भालुबाङका नरेन्द्र जिसीको मृत्यु भएको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धिको कारण देखाउँदै पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगम सञ्चालक समितिको चैत १९ गतेको निर्णयअनुसार आज राति १२ बजेपछि लागु हुने गरी पेट्रोल र डिजेल र मट्टीतेलमा  प्रतिलिटर १५ रुपैयाँ वृद्धि गरिएको छ । नयाँ मूल्यअनुसार अब काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटर २०२ रुपैयाँ र डिजेलरमट्टितेल १७२ रुपैयाँ पुगेको छ । […]

दाङ । गढवा निर्माण सम्झौता २०८१ साल मंसिर १४ गते गरिएको थियो र निर्धारित समयमै काम सम्पन्न गरिएको जनाइएको छ। नयाँ भवन सञ्चालनमा आएपछि सेवा प्रवाह अझ प्रभावकारी, व्यवस्थित र नागरिकमैत्री हुने अपेक्षा गरिएको छ। साथै यसले पीडितहरूको विश्वास अभिवृद्धि गर्दै न्यायिक प्रक्रियामा पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। कार्यक्रममा संयुक्त राष्ट्रसंघीय […]

काठमाडौं । ललितपुर- विभिन्न सामाजिक सञ्जालमा ‘तुलसा कलेक्सन’ नामले परिचित टिकटकर तुल्सा अधिकारीसहित ६ जनाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) मुद्दा बिहीबार दर्ता गरेको छ। तुल्सासहितविरुद्ध लगाइएको अभियोगपत्रमा हुण्डीमार्फत् रकम पठाउने–पठाउन लगाउने कार्य गरेर अवैध सम्पत्तिको स्रोत लुकाउने, रूपान्तरण तथा हस्तान्तरण गरेको आरोप सरकारी वकिलको कार्यालयले लगाएको छ। तुल्सासहित सपना वली, निलिका […]

error: Content is protected !!