२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

बाँके प्रहरीले लागूऔषधसहित २ जना पक्राउ

Logo
प्रकाशित बुधबार, फाल्गुण २५, २०७८

ABC (क्राईमबिट)
बाँके । इलाका प्रहरी कार्यालय जमुनाहले लागूऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले आज दिउँसो पौने ३ बजे भारतबाट नेपालगन्ज आउँदै गरेका दुई जना युवकहरुलाई जमुनाह नाकाबाट चेकजाँचका क्रममा ब्राउन सुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

भारतबाट नेपालगन्जतर्फ आउँदै गरेका चन्दननाथ गाउँपालिका ५ जुम्लाका ३२ बर्षीय बिष्णु रावत र तातोपानी गाउँपालिका ३ का २२ बर्षीय भरत रावललाई चेकजाँचका क्रममा जमुनाह नाकामा मुखभित्र लुकाएर ल्याइरहेको अवस्थामा ३ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको जिल्ला प्रहरी बाँकेले जनाएको छ । प्रहरीले रावलको मुखभित्र ब्राउन सुगर लुकाएको अवस्थामा बरामद गरेको हो ।

पक्राउ परेका दुबै जनालाई हिरासतमा लिएर लागू औषध कसुरमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । पछिल्ला केही दिन यता बाँके प्रहरीले धमाधम लागूऔषध बरामद गर्दै लागूऔषध कारोबारीको निद्रा हराम गर्दै आएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।