२७ भाद्र २०८३, शनिबार
12-09-2026 , Sat
×

नेपाल प्रहरीको १ जना डिआइजीको जागिर धरापमा किताबखानाले छानबिन

Logo
प्रकाशित बिहिबार, फाल्गुण २६, २०७८

ABC (क्राईमबिट)
काठमाडौँ l नेपाल प्रहरीका एक डिआइजीको जागिर धरापमा परेको छ । केही महिनाअघि मात्र बढुवा भएका शौरभ राणामाथि प्रहरी किताबखानाले छानबिन गरिरहेको छ ।

उनी हालका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रका ब्याची हुन् । २०४९ सालमा इन्सपेक्टरमा भर्ना हुनुअघि उनी प्रहरी परिचरका रुपमा भर्ना भएको खुलेपछि विभागले छानबिन थालेको हो । यद्यपि, उनले राजीनामा दिएर इन्सपेक्टरमा भर्ना भएका थिए । त्यतिबेला उच्च पदस्थ प्रहरी अधिकारीहरुले आफु निकटलाई परिचरमा भर्ना गर्ने र कामै नगराई तलब मात्र दिने समेत प्रचलन थियो । सम्पन्न परिवारमा जन्मिएका राणा परिचरमा भर्ना हुनुपर्ने अवस्था थिएन । तर, कामै नगरी उनले तीन वर्ष तलब भने बुझे । त्यही कारण अहिले समस्या आएको हो ।

यसअघि यस्तै घटनामा महेशविक्रम शाहलाई किताबखानाले डेढ महिना पहिला नै अवकाश दिएको थियो । उनी केही समय प्रहरी जवानमा जागिर खाई भगौडा भएर पछि इन्सपेक्टरमा भर्ना भएका थिए । जवानसम्मको अवधि जोडेर ३० वर्ष पु¥याई उनलाई अवकाश दिइएको थियो ।

यही प्रावधान लागू हुनसक्ने डर राणालाई छ । तर, अहिलेको शक्तिकेन्द्रसँग राम्रो सम्बन्ध बनाएकाले उनले आफू अनुकुल निर्णय गराउने सम्भावना पनि छ । राणाले आगामी वैशाखमा अनिवार्य अवकाश पाउँदैछन् । प्रहरीमा ३० वर्षे सेवाहद भएकाले अवकाशमा यस्तो विवाद आएको हो । दृष्टि-न्युजबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मुग्लिन । नारायणगढ सडकखण्ड अन्तर्गत रिग्दी खोला र सिमलतालबीचको सडकमा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध भएको छ। सडकखण्डको चेनज २५ं+१०० मा पहिरो खसेपछि दुवैतर्फबाट हुने सवारी आवागमन रोकिएको हो । पहिरो हटाउन सडक विभागले तैनाथ अवस्थामा राखेको मेसिन तत्काल परिचालन गरिएको जनाएको छ । सम्बन्धित निकायका अनुसार पहिरो पन्छाउने काम तीव्र रूपमा भइरहेको छ । […]

दाङ । दाङमा पछिल्लो समय देखिएको खाना पकाउने ग्यासको आपूर्ति अवस्थालाई थप सहज बनाउन भेरी ग्यास उद्योग नेपालगञ्जबाट ग्यासको मात्रा बढाएर पठाउन अनुरोध गरिएको छ। घोराही बनाउँ अभियानका संयोजक तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सविन प्रियासनले भेरी ग्यास उद्योग नेपालगञ्जका प्रबन्धक आर. एस. यादवसँग भेटघाट गर्दै घोराहीका उपभोक्ताको मागअनुसार थप ग्यास पठाउन आग्रह गर्नुभएको […]

दाङ । अम्बकेश्वरी क्याम्पस र एसियन स्कुल दाङले प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा रु. २ लाख ७१ हजार ५ सय ८३ सहयोग गरेका छन्। अम्बकेश्वरी क्याम्पसले रु. १ लाख ३५ हजार ८ सय ५० तथा एसियन स्कुल दाङले रु. १ लाख ३५ हजार ७ सय ३३ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका हुन्। दुवै […]