२१ कार्तिक २०८२, शुक्रबार
07-11-2025 , Fri
×

नेपाल प्रहरीको १ जना डिआइजीको जागिर धरापमा किताबखानाले छानबिन

Logo
प्रकाशित बिहिबार, फाल्गुण २६, २०७८

ABC (क्राईमबिट)
काठमाडौँ l नेपाल प्रहरीका एक डिआइजीको जागिर धरापमा परेको छ । केही महिनाअघि मात्र बढुवा भएका शौरभ राणामाथि प्रहरी किताबखानाले छानबिन गरिरहेको छ ।

उनी हालका प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रका ब्याची हुन् । २०४९ सालमा इन्सपेक्टरमा भर्ना हुनुअघि उनी प्रहरी परिचरका रुपमा भर्ना भएको खुलेपछि विभागले छानबिन थालेको हो । यद्यपि, उनले राजीनामा दिएर इन्सपेक्टरमा भर्ना भएका थिए । त्यतिबेला उच्च पदस्थ प्रहरी अधिकारीहरुले आफु निकटलाई परिचरमा भर्ना गर्ने र कामै नगराई तलब मात्र दिने समेत प्रचलन थियो । सम्पन्न परिवारमा जन्मिएका राणा परिचरमा भर्ना हुनुपर्ने अवस्था थिएन । तर, कामै नगरी उनले तीन वर्ष तलब भने बुझे । त्यही कारण अहिले समस्या आएको हो ।

यसअघि यस्तै घटनामा महेशविक्रम शाहलाई किताबखानाले डेढ महिना पहिला नै अवकाश दिएको थियो । उनी केही समय प्रहरी जवानमा जागिर खाई भगौडा भएर पछि इन्सपेक्टरमा भर्ना भएका थिए । जवानसम्मको अवधि जोडेर ३० वर्ष पु¥याई उनलाई अवकाश दिइएको थियो ।

यही प्रावधान लागू हुनसक्ने डर राणालाई छ । तर, अहिलेको शक्तिकेन्द्रसँग राम्रो सम्बन्ध बनाएकाले उनले आफू अनुकुल निर्णय गराउने सम्भावना पनि छ । राणाले आगामी वैशाखमा अनिवार्य अवकाश पाउँदैछन् । प्रहरीमा ३० वर्षे सेवाहद भएकाले अवकाशमा यस्तो विवाद आएको हो । दृष्टि-न्युजबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमही चरा तथा जैविक विविधता विषय संरक्षण सम्बन्धि एकदिनका लागि दक्षता बढाउन तालीम दाङको -देउखुरी, लमहीमा हालै सम्पन्न भएकाे छ । समुदायमा आधारित विभिन्न संस्थाबाट सहभागीहरुलाई महत्त्वपूर्ण चरा तथा जैविक विविधता सम्बन्धि अत्यन्तै जानकारीमूलक प्रशिक्षण प्रदान गरिएको हो । उक्त क्षमता बढाउने प्रशिक्षणमा नेपाल पंक्षी संरक्षण संघ, काठमाडौंकाे आयाेजनामा दाङ-देउखुरी चुरे वन तथा […]

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उक्त सम्मेलनको मुख्य सत्रलाई गत मङ्गलबार सम्बोधन गरेका थिए। सम्मेलनका क्रममा आयोजित सामाजिक विकासका तीन स्तम्भको सुदृढीकरण ः गरिबी निवारण, पूर्ण र उत्पादनशील रोजगारी एवं सबैका लागि मर्यादित काम र सामाजिक समावेशीकरण विषयक उच्चस्तरीय गोलमेच सम्मेलनलाई पनि सम्बोधन गरेका थिए।

काठमाडौं । जेनजी आन्दोलनका क्रममा फिल्डमा खटिएका प्रहरीको बयान आज (बिहीबार) देखि सुरु हुने भएको छ ।विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय जाँचबुझ आयोगले बिहीबारदेखि फिल्डमा खटिएका प्रहरीहरुको बयान लिन सुरु गरेको हो । यसका लागि फिल्डमा इन्चार्जको रुपमा खटिएका प्रहरी कर्मचारीहरूको विवरणहरू समेत आइसकेको आयोगले बताएको छ ।२३ भदौमा भएको जेनजी आन्दोलनको क्रममा […]

error: Content is protected !!