२२ मंसिर २०८२, सोमबार
08-12-2025 , Mon
×

जबर्जस्ती करणी गरेको आरोपित ८ वर्षपछि कारागार चलान

Logo
प्रकाशित बिहिबार, फाल्गुण २६, २०७८

(ABC-SANCHAR)
सप्तरी । जबरजस्ती करणीको आरोपमा फरार रहेका आरोपितलाई सप्तरी प्रहरीले पक्राउ गरेको छ। बिहीबार प्रहरीले एकजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सप्तकोसी नगरपालिका कमलपुर-९ बस्ने ५३ वर्षीय जगदीश यादव रहेका छन् । ईलाका प्रहरी कार्यालय कंचनपुर सप्तरीबाट खटिएका टोलीले यादवलाई घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिए ।
तत्कालीन पुनरावेदन अदालत राजविराजले उनीविरुद्ध २०७१ साल वैशाख २९ गते ६ वर्ष कैद सजायको फैसला गरेको थियो ।

८ वर्षदेखि फरार रहेका यादवलाई खोजतलासको क्रममा पक्राउ गरेको हो ।
पक्राउ परेका यादवलाई सप्तरी जिल्ला अदालतमा उपस्थित गराई अदालतको आदेशले कैद भुक्तानको लागी कारागार चलान गरेको ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नवलपरासी । बर्दघाट नगरपालिका पुनर्वासस्थित राष्ट्रिय आवास कम्पनीका प्रमुख (योजन प्रमुख) महेन्द्र थापालाई नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का कार्यकर्ताहरूले कालोमोसो दलेका छन् । नेकपा बहुमत धर्मेन्द्र बाँस्तोलाले नेतृत्व गरेको पार्टी हो । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीबाट छुट्टिएपछि बाँस्तोलाले नेकपा बहुमत गठन गरेका हुन् । आइतबार एक समूहले कार्यालयमा बसिरहेका थापामाथि लेदोजस्तो देखिने कालो पदार्थ […]

दाङ । दंगिशरणमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार गएराति करिब ८ बजेको समयमा तुलसीपुरबाट हंशपुरतर्फ जाँदै गरेको रा ६ प ५६७८ नम्बरको मोटरसाइकल र जाजरकोटबाट तुलसीपुरतर्फ आइरहेको ना।६ ख।२६३५ नम्बरको ट्रक दंगिशरण गाउँपालिका–६ श्रीगाउँस्थित तुलसीपुर–सुर्खेत सडकखण्डमा एकआपसमा ठोक्किँदा दुर्घटना भएको […]

सर्लाही । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न ठिक्क पारिएको एम्बुलेन्स आज आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज१च १५५८ नम्बरको एम्बुलेन्सलाई गोप्य सूचनाका आधारमा हरिवनस्थित इलाका प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो । एम्बुलेन्सका चालक रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई […]

error: Content is protected !!