१९ चैत्र २०८२, बिहिबार
02-04-2026 , Thu
×

रुकुममा हावाहुरीले विद्यालयको छाना उडाउँदा ५ जना घाइते

Logo
प्रकाशित शुक्रबार, फाल्गुण २७, २०७८

(ABC-SANCHAR)
रुकुम । आठबिसकोट नगरपालिका वडा नम्बर ९ को बालकल्याण माध्यमिक विद्यालयको जस्ता हिजो बेलुका आएको हावाहुरीले उडाउँदा शिक्षकरविद्यार्थीसहित पाँच जना घाइते भएका हुन् ।

हावाहुरीका बेला विद्यालयमा नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता चलिरहेको थियो । खेलकुद कार्यक्रममा सहभागी हुन र हेर्न आएका पाँच जना घाइते भएका हुन् ।

जनविकास माध्यमिक विद्यालय आठबिसकोटका प्रधानाध्यापक दीपक सङ्गम थापाका अनुसार विद्यार्थी रामबहादुर मल्ल, जनकल्याण माध्यमिक विद्यालय गोइरीका शिक्षिका अमृता रसाइली र छात्रा कविता विक, आदर्श माध्यमिक विद्यालयका क्यान्टिन सञ्चालक राजेन्द्र मल्ल र स्थानीय सुशीला बस्नेत घाइते भएका छन् ।

घाइतेको टाउको, अनुहार तथा शरीरका अन्य भागमा चोट लागेको छ । घाइते सबैजनाको आठबिसकोट नगर अस्पतालमा उपचार भइरहेको छ । उनीहरुको अवस्था सामान्य रहेको अस्पतालले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुबाङदेखि प्यूठानको बाग्दुलातर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१००१ ज ०७६२ नम्बरको ईभी गाडी दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । सरुमारानी गाउँपालिका–४, बड्डाडा दर्भान नजिक भएको दुर्घटनामा परी प्यूठानको नौबहिनी गाउँपालिका—१, स्याउलीबाङका ७६ वर्षीय दलबहादुर पुन, सोही ठाउँ निवासी करिब ८० वर्षीया हस्ती बुढा र दाङ घोराही उपमहानगरपालिका–१, रामपुरका खिमराज खनाल घाइते […]

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धिको कारण देखाउँदै पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगम सञ्चालक समितिको चैत १९ गतेको निर्णयअनुसार आज राति १२ बजेपछि लागु हुने गरी पेट्रोल र डिजेल र मट्टीतेलमा  प्रतिलिटर १५ रुपैयाँ वृद्धि गरिएको छ । नयाँ मूल्यअनुसार अब काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटर २०२ रुपैयाँ र डिजेलरमट्टितेल १७२ रुपैयाँ पुगेको छ । […]

दाङ । गढवा निर्माण सम्झौता २०८१ साल मंसिर १४ गते गरिएको थियो र निर्धारित समयमै काम सम्पन्न गरिएको जनाइएको छ। नयाँ भवन सञ्चालनमा आएपछि सेवा प्रवाह अझ प्रभावकारी, व्यवस्थित र नागरिकमैत्री हुने अपेक्षा गरिएको छ। साथै यसले पीडितहरूको विश्वास अभिवृद्धि गर्दै न्यायिक प्रक्रियामा पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ। कार्यक्रममा संयुक्त राष्ट्रसंघीय […]

error: Content is protected !!