(ABC-SANCHAR)
दाङ । घोराही खानेपानी उपभोक्ता तथा सरसफाई सस्था अधिबेशनको संघारमा छ । बर्तमान पदाधिकारीको कार्य अबधि सकिएपछि उक्त सस्थामा अधिबेशनको चटारो छ ।
सर्बदलिय तथा सर्बपक्षिय बैठकबाट सस्थाको अधिबेशन मिति तय गर्ने तयारी छ । बर्तमान अध्यक्ष देबि बहादुर डिसि नेतृत्वको कार्य समिति यसअघि म्याद थप गर्न साधारण सभामा प्रस्ताब तयार गरेपछि कोभीडका कारण साधारण सभा हुन सकेको थिएन् । अध्यक्ष डिसिले आफु एक कार्यकालका लागि अध्यक्ष बन्ने दाबी गरेका छन । आफुले सुरु गरेको लिफ्टबाट पानी ल्याउने योजना कार्यान्वयन गर्ने समय आएकाले थप एक कार्यकाल आफुलाई अवसर दिन कांग्रेसको क्षेत्र र जिल्ला नेतृत्वलाई आग्रह गरेका छन । त्यस्तै डिसि अध्यक्ष रहेका समितिका कोषाध्यक्ष धुर्ब केसि आफ्नो खानेपानीको अध्यक्षमा दाबी रहेको बताए ।
कांग्रेसका नेताहरुले पार्टीको चुनाबको बेला आफुलाई खानेपानीको अध्यक्ष बन्न सुझाएकाले आफु पार्टीको कुनै जिम्मेवारी नबसि खानेपानी अध्यक्षको तयारी गरेको बताए ।
सर्बदलिय सर्बपक्षिय बैठकले अधिबेशनको मिति तय गरेर आफुलाई अध्यक्षको जिम्मेवारी दिए सर्बसम्मत बन्ने, नभए चुनाब नै लड्ने बताए । यसपाली कुनै हालतमा अध्यक्षको दाबीबाट पछि नहट्ने केसिले बताए । दुई कार्यकाल आफु कोषाध्यक्ष भइसकेको र सस्थाको बारेमा बुझेको र अध्यक्ष भएर सम्हाल्न सक्ने उनको भनाई छ ।
खानेपानीको अध्यक्षमा पुरानैलाई दोहोर्याएर तपाईलाई घोराही १५ को वडा अध्यक्षमा उम्मेद्वार बनाउने चर्चा सुनिन्छ, खासमा कुरा के हो भन्ने जिज्ञासामा केसिले भने-`म वडा अध्यक्षमा उठ्दिन, खानेपानीकै अध्यक्षमै उठ्ने हो, बिषय डाईभर्ट गर्न र मलाई अल्झाउने कुरा मात्रै हो, अहिले वडा अध्यक्षमा मेरो इच्छा छैन । साथै केसिले अध्यक्ष डिसिले अँाखा अप्रेसन गरेकाले सर्बदलिय बैठक केही दिनपछि बस्ने पनि बताए ।