२३ साउन २०८३, शनिबार
08-08-2026 , Sat
×

नेपालगन्जमा माटो बोकेको भारतीय टिप्परमा अचानक आगलागीहुँदा टिप्पर नष्ट

Logo
प्रकाशित शनिबार, फाल्गुण २८, २०७८


(ABC-SANCHAR)
बाँके । नेपालगन्ज वडा नम्बर १० को कार्यालय र ट्राफिक चोकको बीचको सडकमा गुडिरहेको KA 29B-3640 नम्बरको भारतीय टिपरमा आज दिउँसो सवा १ बजे आगलागी भएको जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक हिमालय शाहले बताए ।

गुडिरहेको टिपरको चालक बस्ने भित्रपट्टि एक्कासी ब्याट्री सर्ट भएर आगलागी हुँदा अगाडिको भाग जलेर पूर्ण रुपमा नष्ट भएको बाँके ट्राफिक प्रमुख शाहले जानकारी दिएका छन् । आगलागी हुने बित्तिकै दमकल आएर आगलागी नियन्त्रण गरेपनि अगाडिको भाग जलेर नष्ट भएको छ । नेपालगन्जको सुख्खा बन्दरगाहको कामको लागि माटो लिएर जाँदै गरेको अवस्थामा आगलागी भएको बाँके प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारीले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एक विशेष अन्तर्वार्ता १) प्रश्न: आउँदो स्थानीय तहको निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ। तपाईंको मुख्य उद्देश्य के हो? उत्तर: मेरो उद्देश्य केवल चुनाव जित्ने होइन, घोराहीलाई समृद्ध, व्यवस्थित र अवसरले भरिएको नगर बनाउनु हो। मैले विगत तीन वर्षदेखि “घोराही बनाऔँ अभियान” मार्फत वडा–वडामा पुगेर नागरिकका समस्या सुनेको छु। विकास सरकारको मात्रै जिम्मेवारी […]

पाल्पा । गएरातीदेखि परेको अविरल वर्षाले कालीगण्डकी नदी तटीय क्षेत्रमा रहेको पाल्पाको प्रमुख पर्यटकीय स्थल रानीमहल आज बिहानैदेखि डुबाना परेको छ । कालीगण्डकी नदी र बराङ्दी खहरेखोला बढेपछि रानीमहल क्षेत्रमा पानीको सतह बढेको स्थानीय दीपक पाण्डेयले बताए । पर्यटकीय स्थल रानीमहल क्षेत्रमा निर्माण भएका आधा दर्जन होटल, रिसोर्ट तथा पसल टहराहरु डुवानमा परेको उनले बताए […]

बाँके । खडैचा प्रहरी  चाैकीले आफ्ने नाममा जग्गाधनी पुर्जा पाएकाे छ । खडैचा प्रहरी चाैकी इन्चार्ज कुलबहादुर विककाे अथक प्रयास र मेहनतले उक्त जग्गाधनी पुर्जा चाैकीकाे नाममा भएको  हाे । अब याे चाैकी आफ्नै जग्गामा रहने र यहाँ  आबश्यक भाैतिक पसर्वाधार निर्माण गरिने छ । जसले प्रहरीलाई स्वा प्रवाहदेखि बस्नका लागि समेत समस्या आउने छैन […]

error: Content is protected !!