२० चैत्र २०८२, शुक्रबार
03-04-2026 , Fri
×

६ करोड ठगीको मुद्धामा अनुप पाण्डे काठमाडौंबाट पक्राउ दाङ ल्याउदै एसपी काफ्ले

Logo
प्रकाशित शनिबार, फाल्गुण २८, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । तुलसीपुर ठेकेदार अनुप पाण्डे ठगी मुद्दामा पक्राउ परेका छन् । पाण्डेलाई शनिबार बिहान काठमाडौंमा लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी सुरेश काफ्लेले पक्राउ परेका पाण्डेलाई दाङ ल्याउने तयारी भइरहेको जानकारी दिए ।
पाण्डेका बिरुद्ध बिभिन्न ब्यक्तिले झन्डै ६ करोड ठगी गरेको भन्दै प्रहरी प्रशासनमा उजुरी दिएका छन् ।

पछिल्लो समय घोराही उपमहानगरपालिका वडा नं. १५ का गेहेन्द्र बस्नेतले १ करोड ४४ लाख ठगी गरेको भन्दै प्रहरीमा जाहेरी दिएका थिए । बस्नेत नेकपा एमाले दाङका जिल्ला कमिटी सदस्य र घोराहीका इञ्चार्ज हुन ।

पक्राउ परेका पाण्डेपनि तुलसीपुरका मेयर तथा नेकपा एमालेका नेता घनश्याम पाण्डेका छोरा हुन ।

पाण्डेले तुलसीपुर– घोराही चार लेन सडक बिस्तको काम गर्दा बिभिन्न ब्यक्तिलाई ठगी गरेको जाहेरी परेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गरी चैत १७ गतेदेखि तीन दिनका लागि राति १०ः०० देखि बिहान ४ः०० बजेसम्म बन्द गरिएकामा भोलिदेखि पुनः तीन दिन बन्द गर्न लागिएको जनाइएको हो। सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार कडा चट्टान फोडी सफा गर्न समय लागेकाले पुनः तीन दिन सडक बन्द गर्न लागिएको हो। […]

दाङ । भालुबाङदेखि प्यूठानको बाग्दुलातर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१००१ ज ०७६२ नम्बरको ईभी गाडी दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । सरुमारानी गाउँपालिका–४, बड्डाडा दर्भान नजिक भएको दुर्घटनामा परी प्यूठानको नौबहिनी गाउँपालिका—१, स्याउलीबाङका ७६ वर्षीय दलबहादुर पुन, सोही ठाउँ निवासी करिब ८० वर्षीया हस्ती बुढा र दाङ घोराही उपमहानगरपालिका–१, रामपुरका खिमराज खनाल घाइते […]

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा मूल्यवृद्धिको कारण देखाउँदै पेट्रोलियम पदार्थको मूल्य बढाएको हो । निगम सञ्चालक समितिको चैत १९ गतेको निर्णयअनुसार आज राति १२ बजेपछि लागु हुने गरी पेट्रोल र डिजेल र मट्टीतेलमा  प्रतिलिटर १५ रुपैयाँ वृद्धि गरिएको छ । नयाँ मूल्यअनुसार अब काठमाडौँ उपत्यकामा पेट्रोल प्रतिलिटर २०२ रुपैयाँ र डिजेलरमट्टितेल १७२ रुपैयाँ पुगेको छ । […]

error: Content is protected !!