२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

प्रहरीले महिलाहरुको हरेक समस्या उच्च प्राथामिकताको साथमा काम गर्ने डिएसपी केसी

Logo
प्रकाशित शनिबार, फाल्गुण २८, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । ललितपुर सामुदाय प्रहरी साझेदारी सामुदायिक केन्द्र तिखेदेवलको आयोजनामा महिला स शक्तिकरण तथा कानुनी परामर्श कार्यक्रम सम्पन्न भएको छ । ११२ औँ अन्तराष्ट्रिय महिला दिवसको सन्दर्भमा सामुदायिक केन्द्र उक्त कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा मन्तव्य राख्दै महानगरीय प्रहरी वृत्त सादोबाटोका डिएसपी मदन के.सी.ले नेपाल प्रहरीले महिलाहरुका हरेक समस्या र गुनासाहरुलाई उच्च प्राथामिकतामा राखेर काम गर्ने बताए । उनले भने, ‘महिलाहरुका समस्याहरु हामीकहाँ आउँदा हामी पहिलो प्राथामितामा नै राखेर समाधान गछौं हामीहरुले गर्नुपर्ने सबै सहयोग सहज रुपमै उपलब्ध गराउछौं।’ महिलाहरुका विभिन्न किसिमका समस्याहरु समाधानका लागि सामुदायिक प्रहरी वा कुनै कानुन व्यवसायीहरुसंग समन्वय गरेर हप्तामा एउटा महिलाहरुको समस्यासंग सम्बन्धित अन्तरक्रिया राख्न सके उपयोगी हुने समेत केसीले बताए ।2 Tikhedebal .jpg

महिलाहरूमा भएका समस्याहरूको निराकरण तथा समस्याको समाधान गर्ने उद्देश्यले यो कार्यक्रम गरिएको सामुदाय प्रहरी साझेदारी सामुदायिक केन्द्र तिखेदेवलकी प्रहरी नायव निरीक्षक फुलकुमारी पौडेलले बताइन् । प्रहरी नायव निरीक्षक पौडेलले भनिन्, ‘यस किसिमका कार्यक्रमबाट पीडीत महिलाहरूले आफ्नो कानूनी हक र अधिकारको बारेमा जानकारी प्राप्त गर्छन् । जसबाट आफूलाई परेका मर्काहरु, गुनासोहरू व्यक्त गर्न सक्छन् , कानूनी उपचारका लागि उनीहरुलाई सहज हुन्छ ।’

अन्र्तराष्ट्रिय सहयोय सञ्जाल नेपालकी निर्देशक ऊमा बुढामगरले महिलाहरूको हक अधिकारको मात्रै कुरा गर्ने नभएर उनीहरुमा भएको पीडा, गुनासो जस्ता भित्री समस्याहरूलाई बाहिर निकाल्नका लागि क्रियाशील रहन समेत सामुदायिक प्रहरीलाई अनुरोध गरिन् । निर्देशक बुढामगरले भनिन्, ‘आफनो लागि आफनै लड्नुपर्छ, हिम्मत राख्नुपर्छ र निर्धक रुपमा बलियो भई समाजमा अगाडि बढ्न सक्नु पर्छ ।’

राइन एण्ड शाइन नेपालका निदेशक सबिना चामलिङ्गले एकल महिलाहरुलाई पीडा पोख्नैका लागि भएपनि यस्ता कार्यक्रमहरु आयोजना भइरहनु पर्ने बताइन् । उनले भनिन, ‘समस्या भनेको जसले भोगेको हुन्छ, त्यसलाई मात्र पीडा थाहा हुन्छ । महिला तथा एकल महिलाको पीडा तथा समस्या पोख्न यो र यस्ता कार्यक्रमहरुको महत्वपूर्ण भूमिका हुन्छ।
त्यसबाट समाधान पनि निक्लन सक्छ ।’ चामलिङ्गले भनिन्, ‘यस्तो कार्यक्रममा आउन पाएकोमा म अत्यन्तै खुसी छु। अनलाईन पत्रिकाबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]