(महेन्द्र सिंह ) नेपाली काँग्रेसका केन्द्रीय सदस्य जानकी सिंहले नेपाली काँग्रेस बाहेक अन्य पाटीले मुलुकको गति दिन नसक्ने बताएकी छिन् । आइतवार प्रेस युनियन दैलेखले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा केन्द्रीय सदस्य सिंहले काँग्रेस बाहेक अन्य राजनीतिक दलले मुलुकको विकास र गति दिन नसक्ने बताएकी हुन् ।
उनले अफ्ठेरो अवस्थामा पनि नेपाली काँग्रेसले मुलुकलाई निकास दिएको केन्द्रीय सदस्य सिंहको भनाई छ । ‘जब जब नेपाल अफ्ट्यारो अवस्था हुन्छ, त्यसबेला नेपाली काँग्रेसको काँधमा मुलुकको जिम्मेवारी आउँछ,’ उनले भनिन् ।
नेपाली काँग्रेसको नेतृत्वमा अमेरिकी अनुदान सहयोग सम्बन्धी सम्झौता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट अनुमोदन भएको बताइन् । उनले एमसीसी परियोजना विकास परियोजना मात्रै भएको केन्द्रीय सदस्य सिंहको भनाई छ । एमसीसीबारे तोडमोड गरेर गलत प्रचार गरिएको समेत धारणा राखिन् । रास्स 