३१ भाद्र २०८३, बुधबार
16-09-2026 , Wed
×

विवेकशील साझा पार्टीले २६ जनालाई केन्द्रीय सदस्यबाट किन हटाए

Logo
प्रकाशित मंगलबार, चैत्र ०१, २०७८

(ABC-SANCHAR)
काठमाडौं । केन्द्रीय कार्यसम्पादन समितिको बैठकले वाग्मती प्रदेश सांसद समेत रहेका रमेश पौड्यालसहित २६ जनालाई केन्द्रीय सदस्यबाट हटाउने निर्णय गरेको हो ।

चार वटा केन्द्रीय समिति बैठकमा लगातार अनुपस्थित रहेको र लेभी नबुझाएको विवेकशील साझा पार्टीले जनाएको छ । गएको साउनमा अध्यक्ष रवीन्द्र मिश्रले सङ्घीयता र धर्मनिरपेक्षताको विषयमा जनमत संग्रह गर्नुपर्नेसहितको धारणा सार्वजनिक गरेपछि साझा पार्टीभित्र विवाद सुरु भएको थियो । मिश्रले किर्ते गरेर आफ्नो पक्षमा बहुमत पुर्याएको भन्दै मिलन पाण्डे समूह अदालत पुगेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । माइतीघर मण्डलामा झण्डै एक वर्षदेखि टेन्ट लगाएर बसेका प्रदर्शनकारीहरूलाई प्रहरीले आज बिहान हटाएको छ। आज बिहान करिब ५ बजे जिल्ला प्रहरी परिसर काठमाडौं र काठमाडौं महानगर प्रहरीको टोलीले माइतीघरमा रहेका टेन्टहरू हटाएको हो। प्रशासनले यसअघि नै माइतीघर क्षेत्रमा रातको समयमा बस्न नपाइने र अनिश्चितकालीन रूपमा टेन्ट राखेर धर्ना दिन नपाइने निर्णय गरेको थियो। […]

काठमाडौं । टिकटकलगायतका सामाजिक सञ्जालमा युवतीहरूको कामु भिडिओ राखेर प्रचार गर्ने एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । विभिन्न युवतीका भिडिओ र कामुक हाउभाउसहितको दृश्य अपलोड गर्दै त्यस्तो कार्यको प्रचारमा सक्रिय पाँचथर, फिदिम ३ घर भई काठमाडौं महानगरपालिका २६, नयाँ बसपार्क बस्ने २४ वर्षीय सरोज लामा पक्राउ परेका हुन् । प्रहरीले खोजी गर्न थालेको सूचना पाएपछि […]

काठमाडौं । भोटेकोसी र त्रिशूलीमा आएको बाढीका कारण कृष्णभीरमा पहिरोले अवरुद्ध पारेको सडक ट्रयाक खुलेसँगै आइतबार २१ वटा ठुला सवारी साधन काठमाडौँबाट बाहिरिएका छन्। सडक विभागले साँझ प्रेस विज्ञप्ति जारी गरी ‘निर्माणाधीन ट्रयाकको अवस्था तथा सवारी आवागमनको सम्भाव्यता परीक्षण गर्न काठमाडौँबाट चितवनतर्फ एउटा ग्यास बुलेट सहित करिब २० वटा र चितवनबाट काठमाडौँतर्फ एउटा भारी सहित […]