२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

होलि पर्बलाई मर्यादित रुपामा मनाउन बाँके एसपी अधिकारीको आग्रह इच्छा बिपरित रङ्ग लगाउनेलाई कार्वाही हुने

Logo
प्रकाशित बुधबार, चैत्र ०२, २०७८

 

(महेन्द्र सिंह)
बाँके । होलि पर्वलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय बाँकेले सम्पूर्ण जिल्ला बासीमा अनुरोध गरेको छ। होलि पर्वमा उछ्रिङ्कल गतिविधि नगर्न र मर्यादित साथ मनाउन बाँके प्रहरी प्रमुख एसपि श्याम कृष्ण अधिकारीले बाँके जिल्ला बासीलाई आग्रह गर्नु भएको छ। होलि मनाउन नाममा जबर्जस्ती रङ दल्ने,लोला हाल्ने,मादक पद्धार्थ सेवन गरेर गाडि चलाउने,होहल्ला गर्ने र अपराध सिर्जना गर्ने जो कोहिलाई पनि कानुन अनुसार कार्वाहि गरिने प्रहरीले चेतावनि दिएको छ।साथै इच्छा विपरित रङ दल्ने,टाउकोमा अण्डा फोड्ने र ब्याट्रीको कालो दल्ने समेतलाई कानुनि दाएरामा ल्याउने प्रहरीले जनाएको छ। आत्मिएता र सध्भाव फैलाउने गरि पर्बलाई मनाउन आग्रह गर्दै प्रहरीले कुनै पनि उछ्रिङ्कल कार्य हुने देखिएमा र भएमा प्रहरीलाई १०० नम्बरमा फोन गरेर सघाउन समेत सबैमा अपिल गरेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]