(महेन्द्र सिंह)
बाँके । होलि पर्वलाई मध्यनजर गर्दै जिल्ला प्रहरी कार्यालय बाँकेले सम्पूर्ण जिल्ला बासीमा अनुरोध गरेको छ। होलि पर्वमा उछ्रिङ्कल गतिविधि नगर्न र मर्यादित साथ मनाउन बाँके प्रहरी प्रमुख एसपि श्याम कृष्ण अधिकारीले बाँके जिल्ला बासीलाई आग्रह गर्नु भएको छ। होलि मनाउन नाममा जबर्जस्ती रङ दल्ने,लोला हाल्ने,मादक पद्धार्थ सेवन गरेर गाडि चलाउने,होहल्ला गर्ने र अपराध सिर्जना गर्ने जो कोहिलाई पनि कानुन अनुसार कार्वाहि गरिने प्रहरीले चेतावनि दिएको छ।साथै इच्छा विपरित रङ दल्ने,टाउकोमा अण्डा फोड्ने र ब्याट्रीको कालो दल्ने समेतलाई कानुनि दाएरामा ल्याउने प्रहरीले जनाएको छ। आत्मिएता र सध्भाव फैलाउने गरि पर्बलाई मनाउन आग्रह गर्दै प्रहरीले कुनै पनि उछ्रिङ्कल कार्य हुने देखिएमा र भएमा प्रहरीलाई १०० नम्बरमा फोन गरेर सघाउन समेत सबैमा अपिल गरेको छ।