२२ कार्तिक २०८२, शनिबार
08-11-2025 , Sat
×

अमेरिकाको कार शोमा गोली चल्यो १० जना घाइते

Logo
प्रकाशित आइतबार, चैत्र ०६, २०७८

(ABC=SANCHAR)
काठमाडौं । संयुक्त राज्य अमेरिकाको अर्कान्सासमा एउटा कार शोमा गोली चल्दा कम्तीमा १० जना घाइते भएको शनिबार सञ्चारमाध्यमहरूले जनाएका छन्। ‘एएसपी (अर्कन्सास राज्य प्रहरी) लाई प्राप्त प्रारम्भिक जानकारी अनुसार गोली चल्दा कम्तीमा १० जना घाइते भएका छन्,’ प्रहरीले शनिबार अमेरिकी प्रसारण नेटवर्क नेसनल ब्रोडकास्टिङ कम्पनी (एनबीसी) लाई उद्धृत गर्दै विज्ञप्तिमार्फत जनाएको छ।

अर्कान्ससको देशा काउन्टीस्थित डुमस शहरमा शनिबार राति गोली चलेको हो । प्रहरीका अनुसार राजमार्ग गस्ती अधिकारी, सेना र अन्वेषकहरूलाई कार शो भइरहेको व्यावसायिक स्थानमा पठाइएको थियो। सम्भावित संदिग्धहरू र घाइतेहरूको अवस्थाबारे अहिलेसम्म कुनै जानकारी आएको छैन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  रुस । क्षेत्रीय स्वास्थ्य मन्त्रालयले चार जनाको घटनास्थलमै मृत्यु भएको र अस्पतालमा भर्ना भएका तीन जनामध्ये एक जनाको मृत्यु भएको जनाएको छ। स्थानीय अधिकारीहरूकाअनुसार दागेस्तान गणराज्यका प्रथम उप–स्वास्थ्यमन्त्री नबी कुरायेभले रिपब्लिकन क्लिनिकल अस्पतालमा घाइतेहरूलाई भेटेका थिए। जसमध्ये एक जनाको अवस्था गम्भीर छ भने अर्को मध्यम छ। दागेस्तान गणराज्यका प्रमुख सर्गेई मेलिकोभले हेलिकप्टरमा सात जना […]

काठमाडौं । नेपाल ट्रष्टको नाममा दर्ता रहेको दरबारमार्गस्थित जग्गा ठगी तथा आपराधिक विश्वासघातको आरोपमा पूर्व सह-सचिव लेखबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार कार्कीले नेपाल ट्रष्टको कार्यालय र थामशेर्क ट्रेकिङ प्रालि बीच भएको लिज सम्झौतामा बदनियतपूर्वक कानुनी प्रक्रिया उल्लंघन गरी ट्रष्टलाई दीर्घकालीन हानि नोक्सानी हुने गरी सम्झौता गरेको ठहर गरिएको छ। एसएसपी शिवकुमार श्रेष्ठका अनुसार, […]

जलेश्वर (महोत्तरी)। भारतको विहार राज्यमा आगामी मंगलबार हुन लागेको विधानसभा निर्वाचनलाई लक्षित गरी महोत्तरी जिल्लासँग जोडिएका ११ वटा सीमानाका आजदेखि ७२ घण्टाका लागि बन्द गरिने भएको छ। भारतको बिहार राज्यको विभिन्न विधानसभाको सिटमा यही कात्तिक २५ गते हुन लागेको दोस्रो चरणको निर्वाचनलाई लक्षित गरी आज साँझ ६ बजेदेखि कात्तिक २५ गते साँझ ६ बजेसम्मका लागि महोत्तरीसँग […]

error: Content is protected !!