२३ साउन २०८३, शनिबार
08-08-2026 , Sat
×

अमेरिकाको कार शोमा गोली चल्यो १० जना घाइते

Logo
प्रकाशित आइतबार, चैत्र ०६, २०७८


(ABC=SANCHAR)
काठमाडौं । संयुक्त राज्य अमेरिकाको अर्कान्सासमा एउटा कार शोमा गोली चल्दा कम्तीमा १० जना घाइते भएको शनिबार सञ्चारमाध्यमहरूले जनाएका छन्। ‘एएसपी (अर्कन्सास राज्य प्रहरी) लाई प्राप्त प्रारम्भिक जानकारी अनुसार गोली चल्दा कम्तीमा १० जना घाइते भएका छन्,’ प्रहरीले शनिबार अमेरिकी प्रसारण नेटवर्क नेसनल ब्रोडकास्टिङ कम्पनी (एनबीसी) लाई उद्धृत गर्दै विज्ञप्तिमार्फत जनाएको छ।

अर्कान्ससको देशा काउन्टीस्थित डुमस शहरमा शनिबार राति गोली चलेको हो । प्रहरीका अनुसार राजमार्ग गस्ती अधिकारी, सेना र अन्वेषकहरूलाई कार शो भइरहेको व्यावसायिक स्थानमा पठाइएको थियो। सम्भावित संदिग्धहरू र घाइतेहरूको अवस्थाबारे अहिलेसम्म कुनै जानकारी आएको छैन।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एक विशेष अन्तर्वार्ता १) प्रश्न: आउँदो स्थानीय तहको निर्वाचनमा मेयर पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ। तपाईंको मुख्य उद्देश्य के हो? उत्तर: मेरो उद्देश्य केवल चुनाव जित्ने होइन, घोराहीलाई समृद्ध, व्यवस्थित र अवसरले भरिएको नगर बनाउनु हो। मैले विगत तीन वर्षदेखि “घोराही बनाऔँ अभियान” मार्फत वडा–वडामा पुगेर नागरिकका समस्या सुनेको छु। विकास सरकारको मात्रै जिम्मेवारी […]

पाल्पा । गएरातीदेखि परेको अविरल वर्षाले कालीगण्डकी नदी तटीय क्षेत्रमा रहेको पाल्पाको प्रमुख पर्यटकीय स्थल रानीमहल आज बिहानैदेखि डुबाना परेको छ । कालीगण्डकी नदी र बराङ्दी खहरेखोला बढेपछि रानीमहल क्षेत्रमा पानीको सतह बढेको स्थानीय दीपक पाण्डेयले बताए । पर्यटकीय स्थल रानीमहल क्षेत्रमा निर्माण भएका आधा दर्जन होटल, रिसोर्ट तथा पसल टहराहरु डुवानमा परेको उनले बताए […]

बाँके । खडैचा प्रहरी  चाैकीले आफ्ने नाममा जग्गाधनी पुर्जा पाएकाे छ । खडैचा प्रहरी चाैकी इन्चार्ज कुलबहादुर विककाे अथक प्रयास र मेहनतले उक्त जग्गाधनी पुर्जा चाैकीकाे नाममा भएको  हाे । अब याे चाैकी आफ्नै जग्गामा रहने र यहाँ  आबश्यक भाैतिक पसर्वाधार निर्माण गरिने छ । जसले प्रहरीलाई स्वा प्रवाहदेखि बस्नका लागि समेत समस्या आउने छैन […]

error: Content is protected !!