२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

स्थानीय निर्वाचनको लागि चैत ६ गतेदेखि म्यादी प्रहरीको भर्ना खुल्यो

Logo
प्रकाशित आइतबार, चैत्र ०६, २०७८


ABC (क्राईमबिट)
बर्दिया जिल्ला प्रहरी कार्यालय बर्दिया आगाडी दरखास्त दिनेको भिड जम्मा भएको छ ।

प्रहरी प्रधान कार्यालयले चैत ६ देखि ११ गतेसम्म ७७ वटै जिल्ला प्रहरी कार्यालयमा म्यादी प्रहरीका लागि आवेदन दिन सकिने जनाएको छ । आज सबै जिल्ला प्रहरी कार्यालयमा भिड जम्मा भएको छ ।

निर्वाचनका लागि देशभरीबाट १ लाख म्यादी प्रहरीको माग गरिएको छ ।

आवेदनका लागि अठार वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले दरखास्त दिन सक्ने भए पनि पूर्वनेपाली सेना, प्रहरी तथा विगतमा पनि म्यादी प्रहरीको अनुभव बटुलेकाहरूलाई प्राथमिकतामा राखिने जनाइएको छ ।

भर्ना भएका म्यादी प्रहरीले ४० दिन काम गर्न पाउनेछन् । त्यसका लागि मासिक रु ३० हजार २४० पारिश्रमिक निर्धारण गरिएको छ ।

पारिश्रमिकका साथै प्रत्येक म्यादी प्रहरीले खाद्यान्नबापत ७ हजार २००, पोसाक र अन्य खर्च गर्ने गरी ६ हजार रुपैयाँ, यातायात खर्चबापत १ हजार र बीमा सुविधासमेत उपलब्ध गराइने व्यवस्था गरिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । दंगिशरणमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार गएराति करिब ८ बजेको समयमा तुलसीपुरबाट हंशपुरतर्फ जाँदै गरेको रा ६ प ५६७८ नम्बरको मोटरसाइकल र जाजरकोटबाट तुलसीपुरतर्फ आइरहेको ना।६ ख।२६३५ नम्बरको ट्रक दंगिशरण गाउँपालिका–६ श्रीगाउँस्थित तुलसीपुर–सुर्खेत सडकखण्डमा एकआपसमा ठोक्किँदा दुर्घटना भएको […]

सर्लाही । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न ठिक्क पारिएको एम्बुलेन्स आज आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज१च १५५८ नम्बरको एम्बुलेन्सलाई गोप्य सूचनाका आधारमा हरिवनस्थित इलाका प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो । एम्बुलेन्सका चालक रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई […]

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेका जनार्दन शर्मालाई उनकै गृहजिल्लामा कालो झण्डा देखाइएको छ । कुनै बेला तामाझामका साथ विमानस्थलमा लिन जाने शर्मानिकट नेकपाका कार्यकर्ताले आज विमानस्थलको गेटमै कालो झण्डा देखाएका हुन् । आइतबार पार्टीको कामका लागि गृह जिल्ला रुकुम पश्चिम पुगेका शर्मालाई रुकुमको सल्ले विमानस्थलअगाडि कालो झण्डा […]

error: Content is protected !!