२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

नेपाल प्रहरीको २० हजार बढुवा गर्न नियमवाली नयाँ संशोधन हुँदै

Logo
प्रकाशित आइतबार, चैत्र ०६, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक(एआइजी) पद थपेको एक महिनामा गत साता बढुवा सिफारिस भयो । तल्लो तहमा भने नयाँ दरबन्दी थपिएको तीन महिना हुन लाग्दा पनि बढुवा हुन सकेको छैन ।

१५ वर्षसम्म एउटै पदमा रहनुपर्ने समस्या समाधान गर्न भन्दै सरकारले प्रहरी नियमावली संशोधन गरी तीन वटा पद थप गरेको थियो । नायब निरीक्षक र इन्सपेक्टरको बीचमा वरिष्ठ नायब निरीक्षक तथा जवान र हवल्दारको बीचमा सहायक हवल्दार र हवल्दार र असईको बीचमा वरिष्ठ हवल्दार पद थपिएको थियो ।

प्रहरी प्रधान कार्यालयले हालकै ज्येष्ठता कायम गरी बढुवा गर्ने गर्न गृहकार्य गरेको थियो । तर, त्यसरी बढुवा गर्न ज्येष्ठताअनुसारकै अरु नम्बर मिलान नसक्ने अवस्था आएपछि प्रहरी नियमावली संशोधन नै लागिएको छ । गृह मन्त्रालयका अनुसार यसरी थपिएका नयाँ दरबन्दीमा एक पटकका लागि हालकै ज्येष्ठताअनुसार नै बढुवा गर्न लागिएको छ । ‘यसका लागि नियमावली संशोधनको प्रक्रिया अघि बढेको छ,’ गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले भने,‘केही दिनभित्रै यससम्बन्धि निर्णय गर्छाै ।’

नयाँ नियमावलीअनुसार करिब २० हजार प्रहरी एकैपटक बढुवा हुनेछन् । हाल जवानको दरबन्दीबाट ३३ प्रतिशत सहायक हवल्दारमा रूपान्तरण हुनेछ । जसअनुसार ४६ हजार दुई सय २९ जवानमध्ये १५ हजार चार सय दुईजना सहायक हवल्दार हुनेछन् । तीन हजार सात सय ४७ जना हवल्दार वरिष्ठ हवल्दारमा र एक हजार ७४ जना सइ वरिष्ठ सइमा बढुवा हुनेछन् । प्रहरीको तल्लो तहमा देखिएको बढुवा जामको समस्या हल गर्न नयाँ पद थपिएको हो । समयमा निर्णय नहुँदा उनीहरु मर्कामा परेका छन् । १८ बैशाखमा अवकाश पाउन लागेका महानिरीक्षक शैलेश थापा क्षेत्रीले आफ्नै कार्यकालमा बढुवा गर्ने प्रयासमा छन् । आफ्नो कार्यकालमा जुनियर प्रहरीको बढुवाको समस्या केही हदसम्म समाधान गर्न सकेको उनको जस उनले पाउनेछन् ।दृष्टिन्युजबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]