०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

नेपाल प्रहरीको २० हजार बढुवा गर्न नियमवाली नयाँ संशोधन हुँदै

Logo
प्रकाशित आइतबार, चैत्र ०६, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक(एआइजी) पद थपेको एक महिनामा गत साता बढुवा सिफारिस भयो । तल्लो तहमा भने नयाँ दरबन्दी थपिएको तीन महिना हुन लाग्दा पनि बढुवा हुन सकेको छैन ।

१५ वर्षसम्म एउटै पदमा रहनुपर्ने समस्या समाधान गर्न भन्दै सरकारले प्रहरी नियमावली संशोधन गरी तीन वटा पद थप गरेको थियो । नायब निरीक्षक र इन्सपेक्टरको बीचमा वरिष्ठ नायब निरीक्षक तथा जवान र हवल्दारको बीचमा सहायक हवल्दार र हवल्दार र असईको बीचमा वरिष्ठ हवल्दार पद थपिएको थियो ।

प्रहरी प्रधान कार्यालयले हालकै ज्येष्ठता कायम गरी बढुवा गर्ने गर्न गृहकार्य गरेको थियो । तर, त्यसरी बढुवा गर्न ज्येष्ठताअनुसारकै अरु नम्बर मिलान नसक्ने अवस्था आएपछि प्रहरी नियमावली संशोधन नै लागिएको छ । गृह मन्त्रालयका अनुसार यसरी थपिएका नयाँ दरबन्दीमा एक पटकका लागि हालकै ज्येष्ठताअनुसार नै बढुवा गर्न लागिएको छ । ‘यसका लागि नियमावली संशोधनको प्रक्रिया अघि बढेको छ,’ गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले भने,‘केही दिनभित्रै यससम्बन्धि निर्णय गर्छाै ।’

नयाँ नियमावलीअनुसार करिब २० हजार प्रहरी एकैपटक बढुवा हुनेछन् । हाल जवानको दरबन्दीबाट ३३ प्रतिशत सहायक हवल्दारमा रूपान्तरण हुनेछ । जसअनुसार ४६ हजार दुई सय २९ जवानमध्ये १५ हजार चार सय दुईजना सहायक हवल्दार हुनेछन् । तीन हजार सात सय ४७ जना हवल्दार वरिष्ठ हवल्दारमा र एक हजार ७४ जना सइ वरिष्ठ सइमा बढुवा हुनेछन् । प्रहरीको तल्लो तहमा देखिएको बढुवा जामको समस्या हल गर्न नयाँ पद थपिएको हो । समयमा निर्णय नहुँदा उनीहरु मर्कामा परेका छन् । १८ बैशाखमा अवकाश पाउन लागेका महानिरीक्षक शैलेश थापा क्षेत्रीले आफ्नै कार्यकालमा बढुवा गर्ने प्रयासमा छन् । आफ्नो कार्यकालमा जुनियर प्रहरीको बढुवाको समस्या केही हदसम्म समाधान गर्न सकेको उनको जस उनले पाउनेछन् ।दृष्टिन्युजबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सशस्त्र प्रहरी बलका सबै एआईजीलाई एकसाथ सरुवा गर्ने निर्णय गरेको हो। सरुवा निर्णयअनुसार हाल सीमा सुरक्षा विभागमा कार्यरत एआईजी गणेश ठाडा मगरलाई कार्य विभागमा सरुवा गरिएको छ। त्यस्तै, कार्य विभागमा कार्यरत एआईजी नारायणदत्त पौडेललाई मानव स्रोत विभागमा जिम्मेवारी दिइएको छ। यसअघि मानव स्रोत विभागमा कार्यरत एआईजी वंशीराज दाहाललाई सीमा […]

काठमाडौं । कसैले उहाँ देश छोडेर भाग्नुहुन्छ भन्ठाने, कसैले विदेशी शक्तिको शरण लिनुहुन्छ भन्ने अड्कल काटे। तर समय स्वयं साक्षी बन्यो—ती सबै अनुमानहरू मौनतामै ढले। इतिहासले स्पष्ट भन्यो—उहाँले श्रीपेच त्याग्नुभयो, तर आफ्नो टोपी र आफ्नो माटो कहिल्यै त्याग्नुभएन। यही भूमिसँगको अटुट नाताले उहाँको पहिचान बनिरह्यो। हजारौँ अपमान, आरोप र लाञ्छनाहरूको वर्षाबीच पनि उहाँले आक्रोश होइन, […]

काठमाडौं । नेपाल सरकारले सन् २०१६ नोभेम्बर ९ देखि निष्काशनमा आएका ती दरका नोट नेपाली तथा भारतीय नागरिकले प्रतिव्यक्ति अधिकतम २५ हजारसम्म भारतबाट नेपाल भित्र्याउन र नेपालबाट भारत लैजान पाउने व्यवस्था गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको जानकारी दिए।

error: Content is protected !!