०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

नेपालगन्ज १८ का वडाध्यक्ष दिपक बर्माले गुन्डागर्दी सैलिमा सरसफाइ गर्नेलाई कुटपिट गरेर घाइते

Logo
प्रकाशित मंगलबार, चैत्र ०८, २०७८


ABC (क्राईमबिट)
बाँके । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष दिपक बर्माले नगरपालिकाबाट खटिएका ५ जना सरसफाइ कर्मचारीमाथी कुटपिट गरेकाछन |

यो घटना ७ गते आइतबारका दिन करिब ११ र १२ बजेको बीचमा भएको पीडितको भनाइ रहेको छ | वडा कार्यालयमा बिहान करिब ५ बजेदेखि १२ बजे सम्म सरसफाइ गर्दै गर्दा आफ्नो ड्युटीको समय पनि सक्कीसकेको र निकै नै कामबाट थकान अनि भोक लागेको महसुस हुँदा दिनेश कुमार बालमेकीले वडा अध्यक्ष दिपक बर्मालाई म खान खाना जान्छु भन्दै गर्दा त बडी बोलिस भन्दै भित्र कोठामा लगि कोठाको चुक्कुल लगाएर निर्घात कुटपिट गरेको कुरा पीडित दिनेश कुमारले बताएका छन |

आफु संग काम गर्ने अन्य ४ जना सफाइ कर्मचारीहरु पनि रहेको उनले बताएका छन |
सबैजनालाई एकएक गरि कुटपिट गरेपछि नगर भित्र रहेका २३ वटै वडाका सफाइ कर्मचारीहरुले सोमबार ८ गते नेपालगन्ज उ.प.म. नगरपालिका भित्र धर्ना समेत दिएका थिए |

धर्नामा अध्यक्ष दिपक बर्मा मुर्दावाद समेतका नारा लगाएका हुन एउटा दलित समुदायका मजदुरमाथीको अत्याचारले आफुहरु निकैनै दुखी भएको उनका आफन्तहरु समेतको गुनासो रहेको भिडियो हामीसंग सुरक्षित रहेको छ |

भिडियोमा बोल्दै यो कुरा यदि कसैले पनि बाहिर आउटगरे अथवा मिडियामा बोल्ने प्रयासगरेमा जागीरसमेत खाइदिने अध्यक्ष बर्माले आफुहरुलाइ धम्की दिएको कुरा पीडितले हामीसंग बताएका छन |

पहिले देखीनै गुण्डा शसैलीका बर्माको जीवन उनका लागी यो कुनै नौलो घटना भने होइन यो भन्दा पहिले पनि अनेकौं घटना मध्य केहि स्थानीय जनतालाई कुटपिट गरेको भिडियो हाम्रो सञ्चार माध्यममा पनि रहेको छ | जनताको हकहितमा कामगर्ने प्रतिबद्ध भएका जनप्रतिनिधिको हातबाट आफनै कार्यालयका कर्मचारीहरुले कुटाइ खाए भने यस्ता खाले जनप्रतिनिधिबाट अरु आम-सर्वसाधारणले के आशा गर्ने आम नागरिकहरुले चिन्ता व्यक्त गरेकाछन|

यश घटनालाई लिएर नेपालगन्ज उ.प.म नगरपालिका भित्र ठूलो छलफल चलेपछि अध्यक्ष बर्माले सामान्य माफी माग्दै छलफल टुंगिएको हो |
सुरक्षामा खटिएका वडा प्रहरी कार्यालयका प्रमुख डिल्ली खड्कालाई सोही बिषयमा हामीले कुरा गर्दा आफुलाइ यो बिषयमा कुनै जानकारी नभएको बताएकाछन भने आफ्नो काम ड्युटी निभाउने हो हामी बाहिर सुरक्षा दिरहेका थियौ भित्र छलफलमा के भयो भन्ने बिषयमा कुनै जानकारी नभएको बताएकाछन |

छलफल टुंगिए पछि अध्यक्ष बर्मासंग आएका गुण्डा टाएपका केहि ब्याक्तीहरुले दिपक बर्मा जिन्दावाद जस्ता नारा लगाउदै पिडितको मनोबल खस्कीने गरि उनीहरु त्यसै स्थानबाट आफ्नो गन्तव्य तिर लागेका थिए |

जो गलत छ त्यसकै बढाइचढाइ गर्नले भोलिको दिनमा हाम्रो समाज कतापो जाने हो ? भन्ने कुराको समेत आम-नागरिकहरुका लागि चिन्ताको बिषय बनेको छ |

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । कसैले उहाँ देश छोडेर भाग्नुहुन्छ भन्ठाने, कसैले विदेशी शक्तिको शरण लिनुहुन्छ भन्ने अड्कल काटे। तर समय स्वयं साक्षी बन्यो—ती सबै अनुमानहरू मौनतामै ढले। इतिहासले स्पष्ट भन्यो—उहाँले श्रीपेच त्याग्नुभयो, तर आफ्नो टोपी र आफ्नो माटो कहिल्यै त्याग्नुभएन। यही भूमिसँगको अटुट नाताले उहाँको पहिचान बनिरह्यो। हजारौँ अपमान, आरोप र लाञ्छनाहरूको वर्षाबीच पनि उहाँले आक्रोश होइन, […]

काठमाडौं । नेपाल सरकारले सन् २०१६ नोभेम्बर ९ देखि निष्काशनमा आएका ती दरका नोट नेपाली तथा भारतीय नागरिकले प्रतिव्यक्ति अधिकतम २५ हजारसम्म भारतबाट नेपाल भित्र्याउन र नेपालबाट भारत लैजान पाउने व्यवस्था गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको जानकारी दिए।

बाँके । पुष महिनाको पहिलो दिनदेखिनै हुस्सुले छपक्कै ढाकेको छ । बिहान सबेरैदेखि लागेको हुस्सु दिनभरि पनि नखुल्दा चिसो बढेको छ । हुस्सु र चिसोका कारण दैनिक जनजीवन प्रभावित हुन थालेको छ भने सर्वसाधारण नागरिकहरू अत्यावश्यक कामकाज बाहेक घर बाहिर निस्किएका छैनन् । विशेष गरी ज्येष्ठ नागरिक, बालबालिका र दीर्घरोगीहरू बढी प्रभावित भएका छन् । […]

error: Content is protected !!