२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

एसएसपी गोबिन्द साहले निर्वाचनमा मेयर उठ्ने भन्दै दिए पदबाट राजीनामा किन?

Logo
प्रकाशित मंगलबार, चैत्र ०८, २०७८


ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक एसएसपी गोविन्द साहले राजीनामा दिएका छन् । बैशाख ३० गते तोकिएको स्थानीय तहको निर्वाचनमा मेयरको उम्मेदवार बन्न एसएसपी साहले राजीनामा दिएका हुन् ।

प्रहरी प्रधान कार्यालयका स्राेतका अनुसार गत फागुन १० गते शाहले दिएको राजीनामा स्वीकृत भइसकेको छ । डीआईजीमा बढुवा नहुने देखेपछि उनले राजीनामा दिएको बताएका छन् ।

राजीनामा दिएर गृह जिल्ला धनुषा पुगेका शाह संघीय प्रहरी कार्यालय धरानमा कार्यरत थिए । उनी नेपाली कांग्रेसबाट धनुषाको विदेह नगरपालिकाको मेयर पदमा उठ्ने तयारीमा छन् ।

२०७७ पुसमा एसएसपीमा बढुवा भएका उनले २०४९ चैतमा प्रहरी इन्सपेक्टरबाट सेवा थालेका हुन् । उनको इन्सपेक्टरका ब्याची नेपाल प्रहरीको भावी आईजीपीको लाइनमा छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]