०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

एसएसपी गोबिन्द साहले निर्वाचनमा मेयर उठ्ने भन्दै दिए पदबाट राजीनामा किन?

Logo
प्रकाशित मंगलबार, चैत्र ०८, २०७८


ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक एसएसपी गोविन्द साहले राजीनामा दिएका छन् । बैशाख ३० गते तोकिएको स्थानीय तहको निर्वाचनमा मेयरको उम्मेदवार बन्न एसएसपी साहले राजीनामा दिएका हुन् ।

प्रहरी प्रधान कार्यालयका स्राेतका अनुसार गत फागुन १० गते शाहले दिएको राजीनामा स्वीकृत भइसकेको छ । डीआईजीमा बढुवा नहुने देखेपछि उनले राजीनामा दिएको बताएका छन् ।

राजीनामा दिएर गृह जिल्ला धनुषा पुगेका शाह संघीय प्रहरी कार्यालय धरानमा कार्यरत थिए । उनी नेपाली कांग्रेसबाट धनुषाको विदेह नगरपालिकाको मेयर पदमा उठ्ने तयारीमा छन् ।

२०७७ पुसमा एसएसपीमा बढुवा भएका उनले २०४९ चैतमा प्रहरी इन्सपेक्टरबाट सेवा थालेका हुन् । उनको इन्सपेक्टरका ब्याची नेपाल प्रहरीको भावी आईजीपीको लाइनमा छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । कसैले उहाँ देश छोडेर भाग्नुहुन्छ भन्ठाने, कसैले विदेशी शक्तिको शरण लिनुहुन्छ भन्ने अड्कल काटे। तर समय स्वयं साक्षी बन्यो—ती सबै अनुमानहरू मौनतामै ढले। इतिहासले स्पष्ट भन्यो—उहाँले श्रीपेच त्याग्नुभयो, तर आफ्नो टोपी र आफ्नो माटो कहिल्यै त्याग्नुभएन। यही भूमिसँगको अटुट नाताले उहाँको पहिचान बनिरह्यो। हजारौँ अपमान, आरोप र लाञ्छनाहरूको वर्षाबीच पनि उहाँले आक्रोश होइन, […]

काठमाडौं । नेपाल सरकारले सन् २०१६ नोभेम्बर ९ देखि निष्काशनमा आएका ती दरका नोट नेपाली तथा भारतीय नागरिकले प्रतिव्यक्ति अधिकतम २५ हजारसम्म भारतबाट नेपाल भित्र्याउन र नेपालबाट भारत लैजान पाउने व्यवस्था गरेको हो । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आज बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको जानकारी दिए।

बाँके । पुष महिनाको पहिलो दिनदेखिनै हुस्सुले छपक्कै ढाकेको छ । बिहान सबेरैदेखि लागेको हुस्सु दिनभरि पनि नखुल्दा चिसो बढेको छ । हुस्सु र चिसोका कारण दैनिक जनजीवन प्रभावित हुन थालेको छ भने सर्वसाधारण नागरिकहरू अत्यावश्यक कामकाज बाहेक घर बाहिर निस्किएका छैनन् । विशेष गरी ज्येष्ठ नागरिक, बालबालिका र दीर्घरोगीहरू बढी प्रभावित भएका छन् । […]

error: Content is protected !!