१२ साउन २०८३, मंगलबार
28-07-2026 , Tue
×

दुई बालक बेपत्ता

Logo
प्रकाशित मंगलबार, चैत्र ०८, २०७८

गलकोट । बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–७ रेशका दुई जना बालक दुई दिनदेखि परिवारको सम्पर्कमा आएका छैनन् ।

चैत ६ गते आइतबार बिहान १० बजेदेखि रेशनुन्थलाका रामबहादुर थापाका १५ वर्षीय छोरा विष्णु थापा र सोही स्थानका उनका साथी लोर्के थापाका १६ वर्षीय छोरा आशिष थापा बेपत्ता भएका हुन् । बेपत्ता भएका दुई जना बालक रेशनुन्थला माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत् रहेका विद्यालयका प्रधानाध्यापक ओमबहादुर थापाले जानकारी दिए । आइतबार बिहान घरबाट विद्यालय हिँडेका बालक विद्यालय नपुगी सम्पर्कविहीन भएका पाइएको छ ।

ती बालकलाई कसैले देखेमा नजिकैको प्रहरी कार्यालय अथवा अभिभावकसँग सम्पर्क गर्न आफन्तले अनुरोध गरेका छन् ।परिवारले उनीहरुलाई खोजीदिनका लागि जिल्ला प्रहरी कार्यालय बागलुङमा जानकारी गराएपछि सबै प्रहरी एकाइलाई सो विवरण पठाइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक विजय भण्डारीले जानकारी दिए । साभर

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । चुरोटमा विभिन्न खाले अक्सिडेन्ट रसायन पाइन्छ जसले आँखामा समेत असर गर्दछ । जसका कारण आँखाको ज्योति कम हुने, मोतियाविन्दु, म्याकुलर डिजेनेरेसन तथा अप्टिक न्यूरोप्याथी जस्ता समस्या उत्पन्न हुन सक्दछन् । ·  चुरोटमा हुने निकोटिनले सरीरमा एस्ट्रोजेन हर्मोनको प्रभाव कम गरिदिन्छ । जसका कारण हड्डी कमजोर हुन्छ । · चुरोटको धुवाँले सरीरमा रक्तप्रवाह कम गरिदिन्छ । […]

बिरगंज । सुनसरीमा भएको घटनाको विरोधमा आज वीरगञ्जमा पनि हिन्दु संगठनहरूले प्रदर्शन गरेका छन्। सुनसरीको इनरुवामा केही दिनअघि धार्मिक आस्था र संस्कृतिमाथि प्रहार भएको भन्दै स्थानीयमा आक्रोश छ। त्यही घटनालाई लिएर देशभरका विभिन्न जिल्लामा विरोध सुरु भएको हो। विश्व हिन्दु परिषद, बजरंग दल लगायतका संगठन सडकमा उत्रिए दोषीलाई कडा कारबाही गर, धार्मिक भावना माथि प्रहार […]

सशस्त्र प्रहरी बलले देशभरको भारतसंग जोडिएको सीमा नाकामा APF BIT फोर्स परिचालन, रुपन्देही । भारतसँग सीमा जोडिएको बाँकेको नेपालगन्जस्थित जमुनाह सीमा नाकामा आइतबारदेखि सशस्त्र प्रहरी बलको बोर्डर इन्ट्रयाक्सन टोली (बीआइटी) परिचालन गरिएको छ। सीमामा आवतजावतलाई सहज बनाउने, मानव बेचबिखन नियन्त्रण गर्ने तथा लागूऔषध र अवैध सामान ओसारपसार रोक्ने उद्देश्यले सशस्त्र प्रहरी बल प्रधान कार्यालयको निर्देशनमा […]

error: Content is protected !!