२४ कार्तिक २०८२, सोमबार
10-11-2025 , Mon
×

कास्की जिल्ला अदालतमा तोडफोड गर्ने व्यक्ति पक्राउ

Logo
प्रकाशित बिहिबार, चैत्र १०, २०७८

(एबिसि संचार )                                                     कास्की जिल्ला अदालतभित्र प्रवेश गरी तोडफोड गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पोखरा महानगरपालिका-१५ टुटुङ्गाका २७ वर्षीय दावा भनिने अर्जुन परियारलाई प्रहरीले बिहीबार पक्रेको हो । परियारविरुद्ध अदालतबाट आठ दिनको म्याद लिएर प्रहरीले नकबजनी चोरी उद्योग र आपराधिक उपद्र मुद्दामा अनुसन्धान थालेको हो ।


उनले बुधबार राति पोखरा महानगरपालिका-६ बैदामस्थित जिल्ला अदालत परिसरभित्र प्रवेश गरी एक नम्बर इजलास र ६ नम्बर इजलासको कोठाको ढोकामा लगाएको ताला फोडेका थिए । उनी विगतमा पनि पटक पटक पक्राउ पर्दै जेल सजाय काटेको व्यक्ति रहेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ ।



६ जेठ २०७३ मा पनि उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले अभद्र व्यवहार मुद्दामा पक्राउ गरेको थिए । यस्तै भदौ २०७३ मा वडा प्रहरी कार्यालय रामबजारमा अभद्र व्यवहार मुद्दामा पक्राउ परेका थिए । त्यस्तै २०७३ सालकै असोजमा चोरी गरेको आरोपमा पक्राउ परेका थिए । २०७४ को कात्तिकमा लागु औषध मुद्दामा समेत प्रहरीले पक्राउ गरेको थियो ।

चैत २०७६ मा लागू औषध कसुरमा पक्राउ परेका थिए । पछि जेल बसेर २३ फागुन २०७८ मा थुनामुक्त भएका थिए । साभार

कमेन्ट गर्नुहोस्
सम्बन्धित

झापा । जेनजी आन्दोलनका क्रममा यहाँस्थित इलाका प्रहरी कार्यालय तोडफोड तथा आगजनी गर्ने इलामको चुलाचुलीका दुई युवा पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा चुलाचुली गाउँपालिका–३ बस्ने २२ वर्षीय नकुल अधिकारी र चुलाचुली–५ बस्ने १९ वर्षीय रियाज सिलवाल रहेका छन् । दुवैलाई आइतबार राति दमकबाट अनुसन्धानका लागि नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । […]

काठमाडौं । वर्तमान आइजिपी चन्द्रकुवेर खापुङ कात्तिक २६ गते रातिबाट अनिवार्य अवकाशमा जाने भएपछि चार एआइजीहरु आफूलाई अब्बल सावित गर्न लागिपरेका छन्। खापुङ ३० वर्षे सेवा अवधि पूरा उनी २७ गतेबाट विदा हुँदैछन्। प्रहरी नियमावली अनुसार प्रतिस्पर्धी एआइजीहरु मध्येबाट आइजीपी हुनेछन्। आइजिपीको प्रतिस्पर्धामा रहेका एआइजीहरू क्रमशः दानबहादुर कार्की, राजन अधिकारी, डा. मनोज केसी तथा सिद्धिविक्रम […]

काठमाडौं । कुनै पनि चिया पसलमा मानिसहरू एक हातमा चिया र अर्को हातमा चुरोट लिएर बसिरहेका भेटिन्छन्। तर, यो संयोजन निकै खतरनाक छ। मानिसहरू यसलाई तनावबाट आराम पाउनका लागि सेवन गर्छन्, तर यसले मुटुमा अतिरिक्त दबाब बढाउँछ, रक्तचाप बढाउँछ र दिमागलाई यसको लतको दास बनाउँछ। तातो चियासँग चुरोट पिउनाले एसिड रिफ्लक्स, क्यान्सर र दीर्घकालीन फोक्सो […]

error: Content is protected !!