२९ मंसिर २०८२, सोमबार
15-12-2025 , Mon
×

कारबाहीमा परेका डिएसपीलाई फेरि पुरस्कृत

Logo
प्रकाशित बिहिबार, चैत्र १०, २०७८

(एबिसि सञ्चार )                                                    प्रहरी  प्रधान कार्यालयले मंगलबार गरेको डिएसपीको काज सरुवा विवादमा तानिएको छ । यसअघि विभागीय कारबाहीमा परेका डिएसपीलाई फेरि पुरस्कृत गर्दै जिल्ला इन्चार्जको जिम्मेवारी दिइएको छ ।

म्याग्दीको प्रहरी प्रमुखको जिम्मेवारी पाएका तिलक भारती तिनै अधिकृत हुन् जसले दरबारमार्ग वृत्तको प्रमुख हुँदा बलात्कार जस्तो गम्भीर मुद्दा मिलापत्र गराएका थिए । होटल ल्यान्डमार्गमा भएको सामूहकि बलात्कारको घटना प्रहरीकै मिलेमतोमा मिलापत्र गराइएको थियो । जसमा वृत्तका प्रहरीले आर्थिक लेनदेन गरेको समेत पुष्टि भएको थियो । जसमा भारतीलाई पनि कारबाही भएको थियो ।

तर, पछि उनलाई सातदोबाटो वृत्तको जिम्मेवारी दिइयो । उनले नै डिएसपीको तेस्रो इन्चार्जको पाएका छन् । पूर्व सभामुख कृष्णबहादुर महराको आफन्त भएकै आधारमा उनले उन्मुक्ति मात्र होइन अवसर समेत पाइरहेका छन् । जसले प्रहरी संगठनका इमान्दार अधिकृतहरुको फेरि पनि शिर निहुरिएको छ । यसअघि पनि प्रहरी महानिरीक्षक शैलेश थापाले रंगेहात घुस प्रकरणमा परेका डिएसपी श्याम राईलाई म्याग्दीको जिम्मेवारी दिएका थिए । म्याग्दीमा कमाण्डरको कमजोरीले मानव बेचबिखनका अभियुक्त सहजै भागेको घटनामा पनि कारबाही भएन । साभार

कमेन्ट गर्नुहोस्
सम्बन्धित

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

काठमाडौं । धेरै जसो नेपालीका छोराछोरी अमेरिका, अस्ट्रेलिया, क्यानडा,बेलायतलगायत विकसित मुलुकमा छन्। उनीहरु पढ्न अर्थात् अध्ययन भिसामा त्यता गएका हुन्। पढ्न भनेर गएपनि नेपाली विद्यार्थीहरु त्यहाँ काम गर्ने गर्छन्। तर, अहिले छोराछोरी विकसित मुलुकमा रहेका अभिभावकहरु भन्छन्, ‘त्यहाँको सरकारले काम गर्नै दिएको छैन रे। काम गर्न नपाएपछि पैसा हुँदैन। यताबाट पठाउन पनि पैसा छैन। कलेज […]

कपिलवस्तु । प्रहरी र प्रशासनका उच्च अधिकारीहरूसँग चिनजान रहेको भन्दै हिरासतमा रहेका व्यक्तिको मुद्दा मिलाइदिने प्रलोभन देखाई रकम ठगी गर्ने दुई जनालाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ। कुटपिट तथा ज्यान मार्ने उद्योग मुद्दामा थुनामा रहेका प्रलाहद केवटकी श्रीमतीसँग मुद्दा दर्ता गर्न नदिने र मिलाइदिने भन्दै १० हजार रुपैयाँ असुल्ने बुद्धभुमी नगरपालिका–१० का ५० वर्षीय अयोध्यालाल […]

error: Content is protected !!