२० चैत्र २०८२, शुक्रबार
03-04-2026 , Fri
×

बाराबाट ठूलो परिमाणमा लागुऔषधसहित एक जनालाई पक्राउ

Logo
प्रकाशित शुक्रबार, चैत्र ११, २०७८

ABC(क्राईमबिट)
प्रहरीले बाराबाट ठूलो परिमाणमा लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सर्लाही पर्सा गाउँपालिका वडा नम्बर २ संग्रामपुरका २० वर्षीय मिथिलेशकुमार मण्डल रहेका छन्।

मण्डललाई बिहीबार राति १० बजे बारा जितपुर-सिमरा उपमहानगरपालिका-१ स्थित पूर्व-पश्चिम राजमार्गबाट पक्राउ गरिएको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए।

मण्डल ना७ख २६८१ नम्बरको यात्रुबाहक बसबाट काठमाडौं हिँडेका थिए। बस रोकेर चेकजाँच गर्ने क्रममा डिकीबाट २ हजार ९९० पिस लागुऔषध फेला परेको थियो।

उक्त लागुऔषध मण्डलले काठमाडौं लगेको पत्ता लागेपछि उनलाई पक्राउ गरिएको थापाले जानकारी दिए।

बरामद भएको लागुऔषधमा ९९७ पिस डाइजेपाम, १००७ पिस फेनारगन र ९८६ पिस नुर्फिन रहेको छ।

पक्राउ परेका मण्डललाई जिल्ला अदालत बाराबाट पाँच दिन थुनामा राख्ने अनुमति लिई अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। साभार

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेपाल पत्रकार महासंघले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने सचिवस्तरीय निर्णयमा नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । महासंघले सो निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग पनि गरेको छ । महासंघले आज विज्ञप्ति जारी गरी सरकारी सञ्चारमाध्यमबाट मात्रै सरकारी विज्ञापन सम्प्रेषण गर्ने सरकारको निर्णयबाट निजी सञ्चारमाध्यम बन्द भई श्रमजीवी पत्रकारहरूको रोजीरोटी खोसिने स्थिति […]

काठमाडौं । जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गरी चैत १७ गतेदेखि तीन दिनका लागि राति १०ः०० देखि बिहान ४ः०० बजेसम्म बन्द गरिएकामा भोलिदेखि पुनः तीन दिन बन्द गर्न लागिएको जनाइएको हो। सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार कडा चट्टान फोडी सफा गर्न समय लागेकाले पुनः तीन दिन सडक बन्द गर्न लागिएको हो। […]

दाङ । भालुबाङदेखि प्यूठानको बाग्दुलातर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१००१ ज ०७६२ नम्बरको ईभी गाडी दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । सरुमारानी गाउँपालिका–४, बड्डाडा दर्भान नजिक भएको दुर्घटनामा परी प्यूठानको नौबहिनी गाउँपालिका—१, स्याउलीबाङका ७६ वर्षीय दलबहादुर पुन, सोही ठाउँ निवासी करिब ८० वर्षीया हस्ती बुढा र दाङ घोराही उपमहानगरपालिका–१, रामपुरका खिमराज खनाल घाइते […]

error: Content is protected !!