२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

स्थानीय तह निर्वाचनको दाङमा २२ राजनीतिक दल दर्ता

Logo
प्रकाशित शनिबार, चैत्र १२, २०७८


(ABC=SANCHAR)
दाङ । प्रदेश निर्वाचन कार्यालयका दाङले दिएको जानकारी अनुसार ६ प्रमुख दल बाहेक २२ साना दलले निर्वाचनका लागि चिह्न लिन आयोगमा दल दर्ता गराएका हुन् ।

प्रदेश निर्वाचन अधिकारी नारायणप्रसाद भण्डारीले आयोगले दलहरूलाई आफ्नै निर्वाचन चिह्न लिनका लागि यही चैत ४ गतेदेखि ६ गतेसम्म आवेदन दिने समय तोकिएको बताए । आयोगले तोकेको समयमा जिल्लामा रहेका २२ दलले आफ्नै निर्वाचन चिह्नका लागि विवरण बुझाएका छन् । भण्डारीका अनुसार राष्ट्रिय मान्यता प्राप्त दल नेपाली काँग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले जिल्लामा विवरण बुझाउनु नपर्ने भएकाले २२ दलले चिह्नका लागि विवरण बुझाएका हुन् । उनीहरूको विवरण निर्वाचन आयोगमा पठाइएको छ ।

जिल्लामा नेपाली काँग्रेस वीपी, मंगोल नेशनल अर्गनाइजेशन, राष्ट्रिय जनमोर्चा, सामाजिक एकता पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, मौलिक जरोकिलो पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनजागरण पार्टी नेपाल, नेपाल परिवार दल, राष्ट्रिय जनमुक्ति पार्टी, राप्रपा नेपाल, नेपाल लोकतान्त्रिक पार्टी दर्ता भएका सूचना अधिकारी गेहेन्द्र कुँवरले जानकारी दिए ।

समाजवादी लोकतान्त्रिक पार्टी नेपाल, नेश्नलिष्ट पिपल्स पाटी, नेकपा मार्क्सवाद–लेनिनवाद, विवेकशील साझा पार्टी, उन्नत लोकतान्त्रिक पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय उन्मुक्ति (थरुहट), नेकपा (समाजवादी), राष्ट्रिय मुक्ति आन्दोलन नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी दर्ता भएका हुन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।