२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

अपराधमा प्रयोग भएको डलर लुकाएको आरोपमा असइ पक्राउ

Logo
प्रकाशित आइतबार, चैत्र १३, २०७८

ABC ( Sanchar)                                     अपराधमा प्रयोग भएको डलर लुकाएको आरोपमा असइ पक्राउ परेका छन् । महानगरीय प्रहरी प्रभाग साँखुमा कार्यरत असइ दिलिप खड्का पक्राउ परेका हुन् । गत फागुन २ गते उनले डलर लुकाएका हुन् ।

सस्तोमा डलर साट्ने भन्दै ठगी गरेको घटनाको अनुसन्धानको क्रममा उनले डलर लुकाएका हुन् ।
सिन्धुपाल्चोकका रेशम बुढाथोकीले मकवानपुरका सुरेश न्यौपाने र कैलालीका वीरेन्द्रबहादुर खड्कालाई सस्तोमा डलर साटिदिने भन्दै आठ लाख लिएर ठगी गरेका थिए । यस्तो लेनदेन चाँगुनारायणमा भएको थियो । पछि डलर भनेर दिएको पोका कागजको बिटो मात्र भएको खुलेपछि बुढाथोकीमाथि लखेटेर कुटपिट भएको हो । गम्भीर घाइते भएका बुढाथोकीलाई साँखु प्रहरीले उद्धार गरी अस्पताल लगेको थियो । जसमा असइ खड्का गएका थिए। उनले बुढाथोकीसँग भेटिएको डलर लुकाएका हुन् । उनलाई समेत भक्तपुर प्रहरीले थुनामा राखी अनुसन्धान अघि बढाएको छ । उता गम्भीर घाइते भएका बुढाथोकीको उपचारको क्रममा मृत्यु भएपछि न्यौपोने र खड्कालाई पनि ज्यान मुद्दामा कारबाही अघि बढेको छ । साभार

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]