२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

अपराधमा प्रयोग भएको डलर लुकाएको आरोपमा असइ पक्राउ

Logo
प्रकाशित आइतबार, चैत्र १३, २०७८

ABC ( Sanchar)                                     अपराधमा प्रयोग भएको डलर लुकाएको आरोपमा असइ पक्राउ परेका छन् । महानगरीय प्रहरी प्रभाग साँखुमा कार्यरत असइ दिलिप खड्का पक्राउ परेका हुन् । गत फागुन २ गते उनले डलर लुकाएका हुन् ।

सस्तोमा डलर साट्ने भन्दै ठगी गरेको घटनाको अनुसन्धानको क्रममा उनले डलर लुकाएका हुन् ।
सिन्धुपाल्चोकका रेशम बुढाथोकीले मकवानपुरका सुरेश न्यौपाने र कैलालीका वीरेन्द्रबहादुर खड्कालाई सस्तोमा डलर साटिदिने भन्दै आठ लाख लिएर ठगी गरेका थिए । यस्तो लेनदेन चाँगुनारायणमा भएको थियो । पछि डलर भनेर दिएको पोका कागजको बिटो मात्र भएको खुलेपछि बुढाथोकीमाथि लखेटेर कुटपिट भएको हो । गम्भीर घाइते भएका बुढाथोकीलाई साँखु प्रहरीले उद्धार गरी अस्पताल लगेको थियो । जसमा असइ खड्का गएका थिए। उनले बुढाथोकीसँग भेटिएको डलर लुकाएका हुन् । उनलाई समेत भक्तपुर प्रहरीले थुनामा राखी अनुसन्धान अघि बढाएको छ । उता गम्भीर घाइते भएका बुढाथोकीको उपचारको क्रममा मृत्यु भएपछि न्यौपोने र खड्कालाई पनि ज्यान मुद्दामा कारबाही अघि बढेको छ । साभार

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!