(सागर थापा)
काठमाडौँ । सुन्धारास्थित धरहरालाई पर्पल कलरले सजाएर छारे रोगसम्बन्धि सचेतना फैलाइएको छ । शनिबार, चैत १२, २०७८ साँझ छारे रोगसम्बन्धि सचेतना फैलाउन तथा रोगसम्बन्धि विभिन्न भ्रमहरुलाई चिर्न विभिन्न लाइटहरुको प्रयोग गरेर धरहरालाई पर्पल (बैजनी) रंगको बनाइएको थियो । मार्च २६ का दिन मनाइने विश्व छारे रोग सचेतना दिवसको अवसरमा महाराजगञ्जस्थित नेशनल न्युरो सेन्टर र इपिलेप्सी फाउन्डेसन अफ नेपालको संयुक्त आयोजनामा धरहरालाई पर्पल कलरले सजाइएको हो । पर्पल २६ नेपालको अवधारणामा आधारित रहेर छारेसम्बन्धि सचेतनामुलक सामग्री धरहरामार्फत देखाइएको आयोजकहरुले जनाएका छन । छारेसम्बन्धि धेरै भ्रम र अन्धविश्वास रहेकाले नेपाली समाजमा ती भ्रम चिर्न धरहरालाई पर्पल कलरले सजाएर सचेतनामुलक स…