२२ मंसिर २०८२, सोमबार
08-12-2025 , Mon
×

काठ ओसारपसार गरिरहेको अवस्थामा सुर्खेतबाट तीनजना पक्राउ

Logo
प्रकाशित आइतबार, चैत्र १३, २०७८

ABC (Sanchar)                                               अवैध रूपमा काठ ओसारपसार गरिरहेको अवस्थामा सुर्खेतबाट तीनजना पक्राउ परेका छन्। शनिबार राति १२ बजे लेकवेशी नगरपालिका-८ गन्नेपानीबाट ७८.९ क्युफिट काठसहित उनीहरूलाई पक्राउ गरिएको हो।

भे १ ख २७७९ नम्बरको मिनी ट्रकमा लोड गरी वीरेन्द्रनगरतर्फ ल्याउँदै गरेको भन्ने विशेष सूचनाका आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ। ट्रक चेकजाँच गर्नेक्रममा भुसको बोरामूनि लुकाएर राखिएको काठसहित ट्रक पनि नियन्त्रणमा लिइएको छ।

ओसारपसारमा संलग्न दैलेखको नारायण नगरपालिकाका यामबहादुर तारामी, बाजुराको बडिमालिका गाउँपालिका-६ का डम्मर बडुवाल र लेकवेशी नगरपालिका-८ का श्याम चपाइँ पक्राउ परेका हुन्।

अनुसन्धानका लागि काठ जिल्ला वन कार्यालय सुर्खेतलाई बुझाईएको प्रहरीले जनाएको छ।साभार

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नवलपरासी । बर्दघाट नगरपालिका पुनर्वासस्थित राष्ट्रिय आवास कम्पनीका प्रमुख (योजन प्रमुख) महेन्द्र थापालाई नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का कार्यकर्ताहरूले कालोमोसो दलेका छन् । नेकपा बहुमत धर्मेन्द्र बाँस्तोलाले नेतृत्व गरेको पार्टी हो । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीबाट छुट्टिएपछि बाँस्तोलाले नेकपा बहुमत गठन गरेका हुन् । आइतबार एक समूहले कार्यालयमा बसिरहेका थापामाथि लेदोजस्तो देखिने कालो पदार्थ […]

दाङ । दंगिशरणमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार गएराति करिब ८ बजेको समयमा तुलसीपुरबाट हंशपुरतर्फ जाँदै गरेको रा ६ प ५६७८ नम्बरको मोटरसाइकल र जाजरकोटबाट तुलसीपुरतर्फ आइरहेको ना।६ ख।२६३५ नम्बरको ट्रक दंगिशरण गाउँपालिका–६ श्रीगाउँस्थित तुलसीपुर–सुर्खेत सडकखण्डमा एकआपसमा ठोक्किँदा दुर्घटना भएको […]

सर्लाही । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न ठिक्क पारिएको एम्बुलेन्स आज आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज१च १५५८ नम्बरको एम्बुलेन्सलाई गोप्य सूचनाका आधारमा हरिवनस्थित इलाका प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो । एम्बुलेन्सका चालक रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई […]

error: Content is protected !!