२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

धनुषामा प्रहरी र स्थानीय व्यापारीबीच झडप

Logo
प्रकाशित आइतबार, चैत्र १३, २०७८

ABC ( क्राईमबिट  )धनुषामा प्रहरी र स्थानीय व्यापारीबीच झडप भएको छ। झडपमा प्रहरीसहित दुई जना घाइते भएका छन्। पान पसलमा अज्ञात समूहले आगजनी गरेपछि आक्रोशित स्थानीयले गरेको विरोध प्रदर्शनलाई रोक्न खोज्दा झडप भएको हो।   धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले शनिबार राति सन्तोषकुमार मण्डलको शान्ता पान पसलमा आगजनी भएको छानबिनमा प्रहरी र जनप्रतिनिधिले बेवास्ता गरेको भन्दै स्थानीय आक्रोशित भएका हुन्।

‘पान पसलमा आगलागी भएपछि दोषीलाई कारबाहीको माग गर्दै व्यापारीले प्रदर्शन गरेछन्,’ प्रमुख जिल्ला अधिकारी पौढल भन्छन्, ‘उनीहरुले प्रहरीले, जनप्रतिनिधिले घटनाको छानबिन गर्न बेवास्ता गरेको भन्दै टायर बालेर प्रदर्शन गर्न थालेपछि प्रहरीले रोक्न खोज्यो रोक्न खोज्ने प्रहरीमाथि नै आक्रमण हुन थालेपछि अश्रुग्यास प्रहार भएको हो।’ अहिले अवस्था सामान्य भइसकेको उनको भनाइ छ। साभार

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]