
ABC (क्राईमबिट)
काठमाडौं । प्रहरी प्रधान कार्यालयले प्रहरी नियमावलीमा भएको दशौं संशोधन राजपत्रमा प्रकाशित भएसँगै नयाँ सृजना भएको वरिष्ठ नायब निरीक्षक पदमा आइतबार ४८८ जनालाई बढुवा सिफारिस गरेको छ ।
यसअघि तेस्रो सूचीमा शनिवार ३२२ जनाको बढुवा सिफारिस भएको थियो । बढुवा सिफारिस हुनेहरु २०७० र २०७१ मा प्रहरी सेवामा भर्ना भएकाहरु हुन् ।
प्रहरी प्रधान कार्यालय बढुवा समितिका अनुसार वरिष्ठ नायब निरीक्षकमा बढुवा गर्नुपर्ने ११७१ मध्ये दोस्रो सूचीमा शुक्रबार १७० जनाको बढुवा सिफारिस भएको थियो । यसअघि बिहीवार मात्रै १९१ जनाको बढुवा सिफारिस भएको थियो ।