२० चैत्र २०८२, शुक्रबार
03-04-2026 , Fri
×

लागुऔषध ब्राउनसुगरसहित तीन जनालाई पक्राउ

Logo
प्रकाशित सोमबार, चैत्र १४, २०७८

ABC (Sanchar)  काठमाडौंको कलंकीबाट लागुऔषध ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत्त कालिमाटीबाट आइतबार राति खटिएको टोलीले काठमाडौं महानगरपालिका-१४ कलंकीबाट तीन जनालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारत लखनउ घर भई कलंकी बस्ने १८ वर्षीय मोहमद गुफरान, १८ वर्षीय अह्यान अन्सारी र ललितपुर महानगरपालिका-४ धोबीघाट बस्ने ३९ वर्षीय गणेश रजक छन्। उनीहरूबाट प्रहरीले ४३ ग्राम लागु औषध ब्राउन सुगर बरामद गरेको कालिमाटी वृत्तले जनाएको छ।

लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो। उनीहरूबाट डिजिटल तराजु दुईवटा, दुई लाख ४५ हजार, प्याकिङ गर्ने प्रयोग हुने प्लास्टिकहरू, चार वटा मोबाइल फोन र एउटा मोटरसाइकल बरामद गरेको छ।

यसमा वृत्तले लागुऔषध नियन्त्रण ऐन, २०३३ बमोजिम थप अनुसन्धान गरिरहेको जनाएको छ।  रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेपाल पत्रकार महासंघले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने सचिवस्तरीय निर्णयमा नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । महासंघले सो निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग पनि गरेको छ । महासंघले आज विज्ञप्ति जारी गरी सरकारी सञ्चारमाध्यमबाट मात्रै सरकारी विज्ञापन सम्प्रेषण गर्ने सरकारको निर्णयबाट निजी सञ्चारमाध्यम बन्द भई श्रमजीवी पत्रकारहरूको रोजीरोटी खोसिने स्थिति […]

काठमाडौं । जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गरी चैत १७ गतेदेखि तीन दिनका लागि राति १०ः०० देखि बिहान ४ः०० बजेसम्म बन्द गरिएकामा भोलिदेखि पुनः तीन दिन बन्द गर्न लागिएको जनाइएको हो। सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार कडा चट्टान फोडी सफा गर्न समय लागेकाले पुनः तीन दिन सडक बन्द गर्न लागिएको हो। […]

दाङ । भालुबाङदेखि प्यूठानको बाग्दुलातर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१००१ ज ०७६२ नम्बरको ईभी गाडी दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । सरुमारानी गाउँपालिका–४, बड्डाडा दर्भान नजिक भएको दुर्घटनामा परी प्यूठानको नौबहिनी गाउँपालिका—१, स्याउलीबाङका ७६ वर्षीय दलबहादुर पुन, सोही ठाउँ निवासी करिब ८० वर्षीया हस्ती बुढा र दाङ घोराही उपमहानगरपालिका–१, रामपुरका खिमराज खनाल घाइते […]

error: Content is protected !!