२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

दुई क्विन्टलभन्दा बढी गाँजासहित ५ जना पक्राउ

Logo
प्रकाशित सोमबार, चैत्र १४, २०७८

ABC( Sanchar)
हेटौँडाः मकवानपुर प्रहरीले २ क्विन्टल ६५ केजी गाँजासहित ५ जना पक्राउलाई पक्राउ गरेको छ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रहरी चौकी चौकीटोल मकवानपुरबाट खटिएको प्रहरी टोलीले सो परिणाममा गाँजा बरामद गरेको हो।

सवारीसाधन चेकजाँच गर्ने क्रममा भैँसेबाट हेटौँडातर्फ आउँदै गरेको प्र ३–०१–०२३ च ५६४० नम्बरको पिकअप गाडीमा गाँजा १६५ किलो ८०० ग्रामसहित एक जनालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा हेटौंडा १३ पदमपोखरी बस्ने २८ वर्षीय अरबिन्द नेपाली रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

यसैगरी, इलाका प्रहरी कार्यालय मनहरिले १०० किलो गाँजासहित ४ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धादिङ रोराङ गाउँपालिका २ का मानबहादुर चेपाङ सोही ठाउँका ३९ वर्षीय सन्तबहादुर चेपाङ, मनहरि गाउँपालिका ३ का बुद्धिबहादुर थिङ र चितवन राप्ती नगरपालिका ११ का सञ्चबहादुर थिङ रहेका छन्। रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!