२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

दुई क्विन्टलभन्दा बढी गाँजासहित ५ जना पक्राउ

Logo
प्रकाशित सोमबार, चैत्र १४, २०७८

ABC( Sanchar)
हेटौँडाः मकवानपुर प्रहरीले २ क्विन्टल ६५ केजी गाँजासहित ५ जना पक्राउलाई पक्राउ गरेको छ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुर र प्रहरी चौकी चौकीटोल मकवानपुरबाट खटिएको प्रहरी टोलीले सो परिणाममा गाँजा बरामद गरेको हो।

सवारीसाधन चेकजाँच गर्ने क्रममा भैँसेबाट हेटौँडातर्फ आउँदै गरेको प्र ३–०१–०२३ च ५६४० नम्बरको पिकअप गाडीमा गाँजा १६५ किलो ८०० ग्रामसहित एक जनालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेमा हेटौंडा १३ पदमपोखरी बस्ने २८ वर्षीय अरबिन्द नेपाली रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

यसैगरी, इलाका प्रहरी कार्यालय मनहरिले १०० किलो गाँजासहित ४ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धादिङ रोराङ गाउँपालिका २ का मानबहादुर चेपाङ सोही ठाउँका ३९ वर्षीय सन्तबहादुर चेपाङ, मनहरि गाउँपालिका ३ का बुद्धिबहादुर थिङ र चितवन राप्ती नगरपालिका ११ का सञ्चबहादुर थिङ रहेका छन्। रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]