०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

सात लाख ५९ हजार बराबरको सुनको गहना र नगदसहित एक जनालाई पक्राउ

Logo
प्रकाशित मंगलबार, चैत्र १५, २०७८

ABC ( Sanchar)                                          प्रहरीले रु सात लाख ५९ हजार बराबरको सुनको गहना र नगदसहित एक जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग कोटेश्वरको टोलीले सिन्धुलीका २४ वर्षीय राजेश पाख्रिनलाई आज पक्राउ गरेको हो ।

काठमाडौँ महानगरपालिका–३२ नरेफाँट बस्दै आएकी तिलमाया मगरको कोठाबाट उनले गहना र नगद चोरी गरेका हुन् । महानगरीय प्रहरी परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार पाख्रिनको साथबाट प्रहरीले दुई तोलाको सुनको हार, एक तोलाको सुनको बाला, एक तोला सुनको झुम्का तथा रु २८ हजार नगद बरामद गरेको छ ।

प्रहरीले पक्राउ पाख्रिनसँग मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद–२० अन्तर्गत दफा २४१ को ‘चोरी गर्न नहुने कसूर’ मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट चार दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

काठमाडौं । धेरै जसो नेपालीका छोराछोरी अमेरिका, अस्ट्रेलिया, क्यानडा,बेलायतलगायत विकसित मुलुकमा छन्। उनीहरु पढ्न अर्थात् अध्ययन भिसामा त्यता गएका हुन्। पढ्न भनेर गएपनि नेपाली विद्यार्थीहरु त्यहाँ काम गर्ने गर्छन्। तर, अहिले छोराछोरी विकसित मुलुकमा रहेका अभिभावकहरु भन्छन्, ‘त्यहाँको सरकारले काम गर्नै दिएको छैन रे। काम गर्न नपाएपछि पैसा हुँदैन। यताबाट पठाउन पनि पैसा छैन। कलेज […]

error: Content is protected !!