२० चैत्र २०८२, शुक्रबार
03-04-2026 , Fri
×

नेपाल प्रहरीको एआईजी बढुवा सिफारिस डीआईजीहरुको उजुरी खारेज

Logo
प्रकाशित मंगलबार, चैत्र १५, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी बढुवा सिफारिसमा लोक सेवा आयोगको बढुवा पुनरावलोकन समितिले कुनै कैफियत नभेटिएको जनाएको छ ।

सरकारले प्रहरीमा थपेक ३ एआईजी दरबन्दीमा तीन जना डीआईजीलाई बढुवा सिफारिस गरेपछि अन्य असन्तुष्ट डीआईजीहरुले बढुवा पुनरावलोकन समितिमा उजुरी दिएका थिए । त्यसपछि समितिले बढुवा सिफारिस समितिको सचिवालयलाई बढुवाको आधार पठाउन पत्राचार गरेको थियो ।

सचिवालयले पठाएको कार्यसम्पादन मूल्यांकन अध्ययन गरेपछि बढुवा पुनरावलोकन समितिले कुनै कैफियत नभेटेको स्रोतले जानकारी दिएको छ । यससँगै डीआईजीहरुको उजुरी खारेज भएको छ । एआईजी बढुवा यही साता हुने स्राेतले जनाएकाे छ।

सरकारले यही १ चैतमा तीन जना डीआईजीलाई एआईजीमा बढुवा सिफारिस गरेको थियो । बढुवा सिफारिस हुनेमा डीआईजीहरु वसन्तकुमार पन्त, धीरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुक छन् ।

यसविरुद्ध ६ चैतमा डीआईजी ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाशजंग कार्कीले उजुरी दिएका थिए । बढुवा सिफारिसको क्रममा डीआईजीहरुको वरिष्ठता र कार्यक्षमता नहेरिएको उनको तर्क थियो । बढुवा सिफारिस गरिएकामध्ये पन्त आईजीपी शैलेश थापा क्षेत्रीका ब्याची हुन् भने सिंह र धानुक त्यसपछिका ब्याचका ।

अदालत जाने तयारीमा असन्तुष्ट डीआईजीहरु

बढुवा सिफारिसप्रति असन्तुष्ट डीआईजीहरुले लोक सेवा आयोगको बढुवा पुनरावलोकन समितिको निर्णय पनि चित्त नबुझेपछि रिट निवेदन लिएर सर्वोच्च अदालत जाने तयारी गरेका छन् ।

एक डीआईजीले समितिको निर्णय चित्त नबुझेकाले अदालत जाने तयारी गरिएको पर्दाफासलाई बताए । ‘बढुवा पुनरावलोकन समितिबाट पनि न्याय पाएनौं, अब अदालत जान्छौं,’ ती प्रहरी अधिकारीले भने ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेपाल पत्रकार महासंघले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने सचिवस्तरीय निर्णयमा नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । महासंघले सो निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग पनि गरेको छ । महासंघले आज विज्ञप्ति जारी गरी सरकारी सञ्चारमाध्यमबाट मात्रै सरकारी विज्ञापन सम्प्रेषण गर्ने सरकारको निर्णयबाट निजी सञ्चारमाध्यम बन्द भई श्रमजीवी पत्रकारहरूको रोजीरोटी खोसिने स्थिति […]

काठमाडौं । जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गरी चैत १७ गतेदेखि तीन दिनका लागि राति १०ः०० देखि बिहान ४ः०० बजेसम्म बन्द गरिएकामा भोलिदेखि पुनः तीन दिन बन्द गर्न लागिएको जनाइएको हो। सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार कडा चट्टान फोडी सफा गर्न समय लागेकाले पुनः तीन दिन सडक बन्द गर्न लागिएको हो। […]

दाङ । भालुबाङदेखि प्यूठानको बाग्दुलातर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१००१ ज ०७६२ नम्बरको ईभी गाडी दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । सरुमारानी गाउँपालिका–४, बड्डाडा दर्भान नजिक भएको दुर्घटनामा परी प्यूठानको नौबहिनी गाउँपालिका—१, स्याउलीबाङका ७६ वर्षीय दलबहादुर पुन, सोही ठाउँ निवासी करिब ८० वर्षीया हस्ती बुढा र दाङ घोराही उपमहानगरपालिका–१, रामपुरका खिमराज खनाल घाइते […]

error: Content is protected !!