२२ मंसिर २०८२, सोमबार
08-12-2025 , Mon
×

सर्लाहीका एसपीको ६ महिनामै सरूवा

Logo
प्रकाशित बुधबार, चैत्र १६, २०७८

 

ABC ( Sanchar)
प्रहरी प्रधान कार्यालयले सर्लाहीका प्रहरी उपरीक्षकको आकस्मिक सरूवा गरेको छ।

प्रहरी उपरीक्षक कृष्ण प्रसाईंलाई कार्यक्षेत्रमा खटाएको छ महिनामै प्रधान कार्यालयले काज सरूवा गरेको हो।

प्रसाईंलाई प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास कार्यालयमा सरूवा गरिएको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले बताए।

प्रसाईंको ठाउँमा अन्वेषण योजना तथा विकास कार्यालयमा कार्यरत् प्रहरी उपरीक्षक प्रवीणकुमार पोखरेलको सरूवा भएको केसीले बताए
छ महिनाअघि प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरको आकस्मिक सरूवा गर्दा प्रदेश २ प्रहरी कार्यालयमा कार्यरत् प्रसाईंलाई सर्लाही जिल्ला पठाइएको थियो।

कार्यसम्पादन सन्तोषजनक नभएपछि प्रसाईंलाई हटाइएको प्रधान कार्यालय स्रोतले बतायो। गत शनिबार जनता समाजवादी पार्टीका प्रमुख सचेतक प्रमोद साहमाथि आक्रमण भएको थियो।

सडक विस्तार गर्ने क्रममा साहमाथि आक्रमण भएपछि जसपा त्यहाँको प्रहरीसँग असन्तुष्ट बनेको थियो

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नवलपरासी । बर्दघाट नगरपालिका पुनर्वासस्थित राष्ट्रिय आवास कम्पनीका प्रमुख (योजन प्रमुख) महेन्द्र थापालाई नेपाल कम्युनिष्ट पार्टी (बहुमत)का कार्यकर्ताहरूले कालोमोसो दलेका छन् । नेकपा बहुमत धर्मेन्द्र बाँस्तोलाले नेतृत्व गरेको पार्टी हो । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टीबाट छुट्टिएपछि बाँस्तोलाले नेकपा बहुमत गठन गरेका हुन् । आइतबार एक समूहले कार्यालयमा बसिरहेका थापामाथि लेदोजस्तो देखिने कालो पदार्थ […]

दाङ । दंगिशरणमा ट्रक र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । प्रहरीका अनुसार गएराति करिब ८ बजेको समयमा तुलसीपुरबाट हंशपुरतर्फ जाँदै गरेको रा ६ प ५६७८ नम्बरको मोटरसाइकल र जाजरकोटबाट तुलसीपुरतर्फ आइरहेको ना।६ ख।२६३५ नम्बरको ट्रक दंगिशरण गाउँपालिका–६ श्रीगाउँस्थित तुलसीपुर–सुर्खेत सडकखण्डमा एकआपसमा ठोक्किँदा दुर्घटना भएको […]

सर्लाही । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न ठिक्क पारिएको एम्बुलेन्स आज आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज१च १५५८ नम्बरको एम्बुलेन्सलाई गोप्य सूचनाका आधारमा हरिवनस्थित इलाका प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो । एम्बुलेन्सका चालक रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई […]

error: Content is protected !!