२५ भाद्र २०८३, बिहिबार
10-09-2026 , Thu
×

सर्लाहीका एसपीको ६ महिनामै सरूवा

Logo
प्रकाशित बुधबार, चैत्र १६, २०७८

 

ABC ( Sanchar)
प्रहरी प्रधान कार्यालयले सर्लाहीका प्रहरी उपरीक्षकको आकस्मिक सरूवा गरेको छ।

प्रहरी उपरीक्षक कृष्ण प्रसाईंलाई कार्यक्षेत्रमा खटाएको छ महिनामै प्रधान कार्यालयले काज सरूवा गरेको हो।

प्रसाईंलाई प्रहरी प्रधान कार्यालय अन्वेषण योजना तथा विकास कार्यालयमा सरूवा गरिएको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक विष्णुकुमार केसीले बताए।

प्रसाईंको ठाउँमा अन्वेषण योजना तथा विकास कार्यालयमा कार्यरत् प्रहरी उपरीक्षक प्रवीणकुमार पोखरेलको सरूवा भएको केसीले बताए
छ महिनाअघि प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरको आकस्मिक सरूवा गर्दा प्रदेश २ प्रहरी कार्यालयमा कार्यरत् प्रसाईंलाई सर्लाही जिल्ला पठाइएको थियो।

कार्यसम्पादन सन्तोषजनक नभएपछि प्रसाईंलाई हटाइएको प्रधान कार्यालय स्रोतले बतायो। गत शनिबार जनता समाजवादी पार्टीका प्रमुख सचेतक प्रमोद साहमाथि आक्रमण भएको थियो।

सडक विस्तार गर्ने क्रममा साहमाथि आक्रमण भएपछि जसपा त्यहाँको प्रहरीसँग असन्तुष्ट बनेको थियो

कमेन्ट गर्नुहोस्
सम्बन्धित

एजेन्सी । जापानको नागोया तथा आइची प्रिफेक्चरका केही क्षेत्रमा मंगलबार भारी वर्षापछि बाढीको अवस्था सिर्जना भएको छ। जापान मौसम विज्ञान एजेन्सी (JMA) का अनुसार नागोयामा एक घण्टामै १०४.५ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ। भारी वर्षाका कारण सडक, अन्डरपास र होचा बस्तीमा पानी जमेको छ भने कतिपय स्थानमा म्यानहोलबाट समेत पानी बाहिर निस्किएको छ। वर्षाका कारण […]

अछाम । जिल्ला प्रहरी कार्यालय अछामको आयोजनामा Virtual माध्यमबाट अन्तर-जिल्ला समन्वय बैठक सम्पन्न भएको छ। २०८३ भदौ २४ गते यस कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक पबिन्द्र बहादुर बम, जिल्ला प्रहरी कार्यालय डोटी, बझाङ र बाजुराका कार्यालय प्रमुखहरुबीच बैठक बसेको हो। बैठकमा आपसी व्यावसायिक हित, सूचना आदानप्रदान, सीमा सुरक्षा र अपराध नियन्त्रण लगायतका विविध विषयमा छलफल […]

हेटौंडा । त्रिभुवन राजपथ अन्तर्गत कृष्णभीरमा पहिरो खसेपछि हेटौंडा-काठमाडौं सडकमा सवारी चाप बढेको छ। पहिरोका कारण नौबिसे-मुग्लिन सडक खण्ड अवरुद्ध हुँदा सवारी साधनहरु वैकल्पिक मार्गको रुपमा हेटौंडा-कुलेखानी-फाखेल हुँदै काठमाडौं जाने गरेका छन्। जसका कारण हेटौंडा-काठमाडौं सडकमा सवारीको चाप बढेको हो। सडकमा सवारी चाप बढेसँगै ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको प्रहरीले जनाएको छ।