२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

बाँके वडा २ मा “घरघर जाऔँ, काँग्रेस जिताऔँ” अभियान

Logo
प्रकाशित बुधबार, चैत्र १६, २०७८

(  महेन्द्र  सिंह )बाँके । नेपाली काँग्रेसले आफुलाई देशको ठूलो पार्टीका रुपमा स्थापित गर्न देशैभर “ घरघर जाऔँ, काँग्रेस जिताऔँ” अभियानलाई निरन्तरता दिएको छ ।

बाँकेका विभिन्न वडा तथा क्षेत्र हरुमा पनि शसक्त तवरले काँग्रेसलाई जिताउन नेताहरु लागीपरेका छन । आउँदो स्थानिय तहको निर्बाचनलाई लक्षित गरि अन्य वडा सँगै नेपाली काँग्रेस  बाँके उपमहानगरपालिका वडा नम्बर २ पनि अग्रसर देखिएको छ । नेपाली काँग्रेस २ नम्बर वडाले बुधबार बागेश्वरी टोल मनिहार टोलमा आयोजना  गरेको जिताऔँ अभियानको क्रममा अझ शसक्त रुपले अगाडि बड्ने निर्णय समेत गरेको छ ।
सो अबसरमा नेपाली काँग्रेसका विभिन्न भातृ सँगठन हरुलाई सँगठित गर्दै वडा अन्तरगत सम्पुर्ण मतको सर्बेक्षण समेत गरिने भएको छ ।

कार्यक्रममा जिल्ला प्रतिनिधि गिता गोदार क्षेत्रीले जिताऔँ अभियान सँगै काँग्रेसलाई  मजबुत बनाउन टोल समिती र बिभिन्न भातृ सँगठनहरुलाई समेत सक्रिय बनाउन सबै लाग्नुपर्ने बताए । सिँगो पार्टीलाई जित दिलाउन सँगठनको महत्वपुर्ण भुमिका रहने हुँदा सम्पुर्ण सँगठित हुनुपर्ने समय आएको बताए ।

वडा सभापती प्रदिप श्रेष्ठको सभापतित्व तथा जिल्ला प्रतिनिधि गिता गोदार क्षेत्री प्रदेश प्रतिनिधि पुस्पा सिंह  शाह  विशिष्ट अतिथि गोपाल अधिकारी प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।  वडा  उपसभापति धर्मेन्द्र बहादुर सिंह तथा  सम्भार्न्त बिक्रम   शाह सचिब हिमनाथ पौडेल सदस्य लगायत पदाधिकारी हरुको बाक्लो उपस्थिती रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

जनकपुर । धामस्थित राजदेवी मन्दिर छेउमा गाडीमा अटोरिक्सा छोएको विषयलाई लिएर एक भारतीय नागरिकले रिक्सा चालकलाई गालीगलौज गर्दै कुटपिट गरेको घटना सार्वजनिक भएको छ। सार्वजनिक स्थानमा भएको कुटपिटप्रति स्थानीय तथा प्रत्यक्षदर्शीले आपत्ति जनाएका छन्। गाडीमा क्षति पुगेको भए त्यसबारे प्रहरी प्रशासनमा उजुरी गरी कानुनी प्रक्रिया अघि बढाउन सकिने भए पनि आफैं कानून हातमा लिएर सार्वजनिक […]

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]