२१ मंसिर २०८२, आइतबार
07-12-2025 , Sun
×

बाँके वडा २ मा “घरघर जाऔँ, काँग्रेस जिताऔँ” अभियान

Logo
प्रकाशित बुधबार, चैत्र १६, २०७८

(  महेन्द्र  सिंह )बाँके । नेपाली काँग्रेसले आफुलाई देशको ठूलो पार्टीका रुपमा स्थापित गर्न देशैभर “ घरघर जाऔँ, काँग्रेस जिताऔँ” अभियानलाई निरन्तरता दिएको छ ।

बाँकेका विभिन्न वडा तथा क्षेत्र हरुमा पनि शसक्त तवरले काँग्रेसलाई जिताउन नेताहरु लागीपरेका छन । आउँदो स्थानिय तहको निर्बाचनलाई लक्षित गरि अन्य वडा सँगै नेपाली काँग्रेस  बाँके उपमहानगरपालिका वडा नम्बर २ पनि अग्रसर देखिएको छ । नेपाली काँग्रेस २ नम्बर वडाले बुधबार बागेश्वरी टोल मनिहार टोलमा आयोजना  गरेको जिताऔँ अभियानको क्रममा अझ शसक्त रुपले अगाडि बड्ने निर्णय समेत गरेको छ ।
सो अबसरमा नेपाली काँग्रेसका विभिन्न भातृ सँगठन हरुलाई सँगठित गर्दै वडा अन्तरगत सम्पुर्ण मतको सर्बेक्षण समेत गरिने भएको छ ।

कार्यक्रममा जिल्ला प्रतिनिधि गिता गोदार क्षेत्रीले जिताऔँ अभियान सँगै काँग्रेसलाई  मजबुत बनाउन टोल समिती र बिभिन्न भातृ सँगठनहरुलाई समेत सक्रिय बनाउन सबै लाग्नुपर्ने बताए । सिँगो पार्टीलाई जित दिलाउन सँगठनको महत्वपुर्ण भुमिका रहने हुँदा सम्पुर्ण सँगठित हुनुपर्ने समय आएको बताए ।

वडा सभापती प्रदिप श्रेष्ठको सभापतित्व तथा जिल्ला प्रतिनिधि गिता गोदार क्षेत्री प्रदेश प्रतिनिधि पुस्पा सिंह  शाह  विशिष्ट अतिथि गोपाल अधिकारी प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।  वडा  उपसभापति धर्मेन्द्र बहादुर सिंह तथा  सम्भार्न्त बिक्रम   शाह सचिब हिमनाथ पौडेल सदस्य लगायत पदाधिकारी हरुको बाक्लो उपस्थिती रहेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सर्लाही । हरिवन नगरपालिका–५ घुर्कौलीस्थित हीरालाल टोलबाट गाँजा बोकेर हिँड्न ठिक्क पारिएको एम्बुलेन्स आज आइतबार बिहान प्रहरीले नियन्त्रणमा लिएको हो । नेपाल रेडक्रस सोसाइटी रामनगर बहुअर्वाको नाममा रहेको ज१च १५५८ नम्बरको एम्बुलेन्सलाई गोप्य सूचनाका आधारमा हरिवनस्थित इलाका प्रहरी कार्यालयको टोलीले नियन्त्रणमा लिएको थियो । एम्बुलेन्सका चालक रौतहटको यमुनामाई गाउँपालिका–४ सरुअठाका ३७ वर्षीय सुरेन्द्र राय यादवलाई […]

काठमाडौं । नेकपा माओवादी केन्द्रबाट अलग भएर प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) गठन गरेका जनार्दन शर्मालाई उनकै गृहजिल्लामा कालो झण्डा देखाइएको छ । कुनै बेला तामाझामका साथ विमानस्थलमा लिन जाने शर्मानिकट नेकपाका कार्यकर्ताले आज विमानस्थलको गेटमै कालो झण्डा देखाएका हुन् । आइतबार पार्टीको कामका लागि गृह जिल्ला रुकुम पश्चिम पुगेका शर्मालाई रुकुमको सल्ले विमानस्थलअगाडि कालो झण्डा […]

दार्चुलामा भूकम्पको धक्का महसुस, काठमाडौं । भूकम्प मापन केन्द्रले दिएको जानकारीअनुसार अहिले बिहान ८ बजेर २८ मिनेटमा ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले त्यस क्षेत्रमा कम्पन महसुस भए पनि क्षतिको विवरण भने प्राप्त भएको छैन ।

error: Content is protected !!