एबिसि ( क्राइम बिट ) । सरकारले तीन जना प्रहरी नायब महानिरीक्षक (डीआईजी)लाई एआईजीमा बढुवा गरेको छ ।
गृह मन्त्रालयको बढुवा सिफारिस समितिले यही १ चैतमा डीआईजीहरु धिरजप्रताप सिंह रवीन्द्र धानुक र बसन्त पन्तलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गर्न सिफारिस गरेको थियो ।
त्यसपछि बढुवा सिफारिसमा असन्तुष्टले लोक सेवा आयोगमा उजुरी गरेपछि नियुक्तिमा ढिलाइ भएको थियो । तर, आयोगले बढुवा गरेको सिफारिसलाई सदर गरेको भोलिपल्ट बिहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकले बढुवाको निर्णय गरेको हो । आयोगले बुधबार बढुवा सिफरिस सदर गरेको हो । रास्स