२० बैशाख २०८१, बिहिबार
02-05-2024 , Thu
×

नेपालको लगातार तेस्रो जित

Logo
प्रकाशित बिहिबार, चैत्र १७, २०७८

ABC ( Sanchar)                                     त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा नेपालले लगातार तेस्रो जित हात पारेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले पपुवा न्युगिनीलाई ३७ रनले पराजित गर्दै प्रतियोगितामा लगातार तेस्रो जीत दर्ता गराएको हो । यो जित सँगै नेपाल त्रिकोणात्मक टी–२० श्रृङ्खलाको फाइनलमा प्रवेश गरेको छ ।

यसअघि सोमबार भएको पहिलो खेलमा नेपालले पपुवा न्युगिनीलाई १५ रनले पराजित गरेको थियो भने हिजो (बुधबार) भएको खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो ।

२०४ रनको विजयी लक्ष्य पछ्याएको पपुवा न्युगिनीले निर्धारित २० ओभारमा ६ विकेट गुमाउँदै १६६ रन मात्रै जोड्यो । पपुवा न्युगिनीको लागि चार्लेस अमिनीले सार्वधिक ६२ जोडेको थिए । उनले ४७ बलमा नौ चौका प्रहार गरेका थिए ।

त्यस्तै टोनी उर्राले ४३, सेसे बाउले २५, नोरमन भनुयले १७ रन जोडेका थिए । अन्य ब्यस्टम्यानले दोहोरो अंक जोडन सकेन ।
नेपालको लागि करन केसीले पाँच, सोमपाल कामीले दुई अविनाश बोहोराले दुई र कप्तान सन्दिप लामिछानेले एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २०३ बनाएको थियो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ६६ रनको योगदान दिएका थिए ।

यसै खेलबाट टी–२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका आदिल अन्सारीले ३१ रन, रोहित पौडेलले ४१, आसिफ शेखले ३८ र कुशल भुर्तेलले १७ रन जोडेका थिए । त्यस्तै ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले पावर प्लेमा ४४ रनको साझेदारी गरेका थिए ।

बलिङमा पपुवा न्युगिनीका कबुअ मोरेअले ३, रिले हेकुरेले २ नोर्मन भानुअले १ विकेट लिएका थिए ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) नेपालले एसिसी प्रिमियर कपको सेमिफाइनलमा युएईविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । ओमनस्थित अलअमरेत क्रिकेट ग्राउन्ड–१ मा युएईले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो । नेपाल समूह ए को विजेता र युएई समूह ‘बी’को उपविजेता हो । समूह चरणमा नेपालले चार वटै खेलमा जित हासिल गर्दा […]

(एबिसि संचार )                                                                काठमाडौँमा जारी एक दिवसीय क्रिकेटमा आज नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिच अन्तिम खेल हुँदै छ । खेल बिहान साढे ९ […]

(एबिसि संचार ) नेपाल ‘ए’ टिमले आयरल्याण्डविरूद्धको टी-२० सिरिज अन्तर्गत आज दोस्रो खेल खेल्दैछ । खेल त्रिवि मैदान कीर्तिपुरमा दिउँसो १ बजे सुरू हुनेछ । बिहीबार वर्षाका कारण खेल रद्द भएपछि नेपाल क्रिकेट संघ (क्यान)ले खेल तालिका परिमार्जन गरेको थियो । सो अनुसार शुक्रबार टी–२० सिरिजको पहिलो खेल भएको थियो । पहिलो खेलमा नेपाल ‘ए’ […]