०५ आषाढ २०८३, शुक्रबार
19-06-2026 , Fri
×

नेपालको लगातार तेस्रो जित

Logo
प्रकाशित बिहिबार, चैत्र १७, २०७८

ABC ( Sanchar)                                     त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा नेपालले लगातार तेस्रो जित हात पारेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले पपुवा न्युगिनीलाई ३७ रनले पराजित गर्दै प्रतियोगितामा लगातार तेस्रो जीत दर्ता गराएको हो । यो जित सँगै नेपाल त्रिकोणात्मक टी–२० श्रृङ्खलाको फाइनलमा प्रवेश गरेको छ ।

यसअघि सोमबार भएको पहिलो खेलमा नेपालले पपुवा न्युगिनीलाई १५ रनले पराजित गरेको थियो भने हिजो (बुधबार) भएको खेलमा मलेसियालाई ६ विकेटले पराजित गरेको थियो ।

२०४ रनको विजयी लक्ष्य पछ्याएको पपुवा न्युगिनीले निर्धारित २० ओभारमा ६ विकेट गुमाउँदै १६६ रन मात्रै जोड्यो । पपुवा न्युगिनीको लागि चार्लेस अमिनीले सार्वधिक ६२ जोडेको थिए । उनले ४७ बलमा नौ चौका प्रहार गरेका थिए ।

त्यस्तै टोनी उर्राले ४३, सेसे बाउले २५, नोरमन भनुयले १७ रन जोडेका थिए । अन्य ब्यस्टम्यानले दोहोरो अंक जोडन सकेन ।
नेपालको लागि करन केसीले पाँच, सोमपाल कामीले दुई अविनाश बोहोराले दुई र कप्तान सन्दिप लामिछानेले एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर २०३ बनाएको थियो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले सर्वाधिक ६६ रनको योगदान दिएका थिए ।

यसै खेलबाट टी–२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका आदिल अन्सारीले ३१ रन, रोहित पौडेलले ४१, आसिफ शेखले ३८ र कुशल भुर्तेलले १७ रन जोडेका थिए । त्यस्तै ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले पावर प्लेमा ४४ रनको साझेदारी गरेका थिए ।

बलिङमा पपुवा न्युगिनीका कबुअ मोरेअले ३, रिले हेकुरेले २ नोर्मन भानुअले १ विकेट लिएका थिए ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

फुटबल विश्वको सबैभन्दा लोकप्रिय खेल हो। विश्वका अरबौँ मानिसहरू प्रत्येक चार वर्षमा आयोजना हुने फुटबल विश्वकपको प्रतीक्षामा बस्ने गर्छन्। सन् २०२६ को विश्वकप नजिकिँदै जाँदा नेपालमा पनि फुटबलप्रेमीहरूको उत्साह बढ्दै गएको छ। विभिन्न स्थानमा विश्वकप हेर्नका लागि ठूला पर्दा, विशेष कार्यक्रम र प्रचारप्रसारका तयारी भइरहेका छन्। तर एउटा गम्भीर प्रश्न भने अझै पनि अनुत्तरित छ—हामी […]

दाङ । लुम्बिनी फुटबल एकेडेमीले आयोजना गरेको लुम्बिनी, डोल्पो, यौङ स्टार मैत्रिपूर्ण फुटबल खेल घोराहीमा भव्य रुपमा सम्पन्न भएको छ। पोखरा स्थित योङ स्टार, काठमाडौं स्थित डोल्पो क्लब, घोराही स्थित लुम्बिनी फुटबल एकेडेमी बीच १३ वर्ष र १६ वर्ष मुनिका खेलाडीहरू बीच प्रतिस्पर्धा भएको थियो। प्रतियोगितामा विजयीहरूलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव […]

  दाङ । गत वर्षको तुलनामा यो वर्ष यहाँ धान उत्पादनमा १० प्रतिशतले वृद्धि भएको छ । यस वर्ष एक लाख ७८ हजार सात सय मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका सूचना अधिकारी पृथ्वीराज लामिछाका अनुसार यो वर्ष ३६ हजार एकसय आठ हेक्टर क्षेत्रफलमा खेती गरिएको थियो । पर्याप्त […]

error: Content is protected !!