२४ साउन २०८३, आइतबार
09-08-2026 , Sun
×

मतपत्र छपाइमा १ सय ५० सेना परिचालन

Logo
प्रकाशित शुक्रबार, चैत्र १८, २०७८

ABC ( Sanchar)           जनक शिक्षा लिमिटेडले हिजो बिहीबार मतपत्र छपाई शुरू गरेको छ। प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया, आयुक्तहरू ईश्वरीप्रसाद पौडेल, रामप्रसाद भण्डारी, जानकीकुमारी तुलाधर, सचिव गोकर्णमणि दुवाडी र प्रवक्ता शालिग्राम शर्मा पौडेल र केन्द्रमा तैनाथ प्रमुख सेनानीसहितको टोलीले छापाखाना अवलोकन गरेलगत्ते छपाई शुरू भएको हो।


केन्द्रको मेसिन अवलोकन गर्न सानोठिमी पुगेका प्रमुख आयुक्त थपलियाले तोकेको समयमै काम सम्पन्न गर्न निर्देशन दिएका थिए । उनले सम्भौताअनुसार काम सम्पन्न गर्न निर्देशन दिदै केन्द्रको क्षमता देखाउन आग्रह गर्नुभएको थियो। त्यस क्रममा केन्द्रका महाप्रबन्धक अनिलकुमार भाले आयोग र सरकारको निर्देशनअनुसार काम गर्ने बताएका थिए ।

दिउँसो करिब २ बजे केन्द्र पुगेको आयोगका पदाधिकारीसहितको टोली करिब आधा घण्टासम्म केन्द्रको छापाखाना, बन्दोबस्तीको अवस्था, कागज, मसी र अन्य कच्चा पदार्थको अवस्थालगायतको बारेमा जानकारी लिएका थिए। केन्द्रले वैशाख २० गतेभित्र करिब २ करोड मतपत्र छपाइ र प्याकिङ गर्ने जनाएको छ।



मतदान केन्द्रअनुसार फरकफरक प्याकिङ गरी प्लास्टिकको भोलामा राख्ने व्यवस्था गरेको छ । केन्द्रले छपाइ र प्याकिङको जिम्मा लिएको छ। आयोगले केन्द्रबाटै ढुवानी गर्नेछ। आयोगले उपत्यकाबाहेक अन्य जिल्लामा समयमै मतपत्र पुचाउनेछ। यसअघि नियमित पत्रकार सम्मेलनका क्रममा आयोगले अति दुर्गम क्षेत्रमा हवाईमार्गबाट मतपत्र ढुवानी गर्ने जनाएको थियो। यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालय र मातहतका युनिटहरू सडक सुरक्षा तथा ट्राफिक व्यवस्थापन ट्राफिक व्यवस्थापन प्रभावकारी बनाउने उपत्यकाको बढ्दो सवारी चाप र जाम नियन्त्रणका लागि रणनीति सडक सुरक्षा सचेतना दुर्घटना न्यूनीकरणका लागि प्रहरी कर्मचारीलाई प्राविधिक र व्यवहारिक ज्ञान जनसेवा उन्मुख प्रहरी नागरिकप्रति सम्मानजनक व्यवहार र कानूनको सही कार्यान्वयन स्मार्ट ट्राफिक लाइट, सिसिटिभी,लेन अनुशासन सम्बन्धी […]

दाङ । महिला सशक्तीकरणको कुरा गर्दा अब महिलालाई केवल अधिकार र अवसरको कुरा गरेर मात्र पुग्दैन। महिलालाई आर्थिक रूपमा आत्मनिर्भर, उद्यमशील र व्यवसायी बनाउनु आजको महत्वपूर्ण आवश्यकता हो। परिवार, समाज र राष्ट्रको विकासमा महिलाको भूमिका अत्यन्त महत्वपूर्ण भए पनि अझै धेरै महिला आफ्नै क्षमता र सीप हुँदाहुँदै पनि आर्थिक अवसरबाट टाढा छन्। त्यसैले महिलालाई सीप, […]

कपिलवस्तु । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका प्रहरी निरीक्षक दीपक कुँवरका अनुसार जंगलमा शव फेला परेपछि गरिएको सनाखतबाट मृतक पूर्वमेयर सिंह नै रहेको पुष्टि भएको हो। प्रहरीले शव फेला परेको स्थानमा आवश्यक मुचुल्का तथा कानुनी प्रक्रिया पूरा गरी घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ। पूर्वमेयर सिंह सम्पर्कविहीन भएपछि प्रहरीले खोजी अभियान सञ्चालन गरेको थियो।