२० चैत्र २०८२, शुक्रबार
03-04-2026 , Fri
×

पर्यटन मन्त्री आले र डिजी अधिकारीको निर्देशनमा डलर तस्करलाई विमानस्थलको पास उपलब्ध

Logo
प्रकाशित शुक्रबार, चैत्र १८, २०७८


(ABC=SANCHAR)
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रतिक्षालयमा आफन्त कुर्दा एक सय रुपैयाँसम्म असुली धन्दा हुने गरेको समाचार बाहिर आइरहेका बेला विमानस्थलमा डलर तस्करीमा मुछिएका व्यक्तिले स्टेराइल क्षेत्रसम्मको पास लिएको अर्को काण्ड बाहिर आएको छ ।

सुवास श्रेष्ठ डलर तस्करी गर्न लाग्दा २०७५ चैत २२ गते विमानस्थबाट पक्राउ परेका थिए । उनै श्रेष्ठलाई अहिले विमानस्थलको हवाई सुरक्षा महाशाखाले स्टेराइल क्षेत्रसम्मको पास दिएको हो । विमानस्थलको स्टेराइल क्षेत्रमा निर्माणाधिन एयरपोर्ट टी, कफी एण्ड कन्फेक्सनरी सप प्रालिको नामको पास लिएर श्रेष्ठले निर्वाध रुपमा अवैध धन्दा चलाइरहेको विमानस्थल स्रोतले जनाएको छ ।
जबकी उक्त कफीसफ गोपालबाबु श्रेष्ठको नाममा सञ्चालित छ । कानूनी रुपमा सुवास श्रेष्ठले उक्त पास लिनै पाउँदैनन् । तर, विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले भने सुवास श्रेष्ठलाई उक्त क्षेत्रसम्मको पास दिएको अनलाइन नेपालसँग बताए ।

डलर तस्करी गर्दा गर्दै सुवास श्रेष्ठ पक्राउ परेलगत्तै गृह मन्त्रालयले सुरक्षामा गम्भिर खतरा उत्पन्न भएको भन्दै उक्त पसल नै सिल गर्यो । त्यसपछि पसल सञ्चालक गोपालबाबु श्रेष्ठ पसल सञ्चालन गर्न पाउँ भन्दै सर्वोच्च अदालत पुगे । गोपालबाबुले सर्वोच्च अदालतमा पेस गरेको निवेदनमा ‘सुवास श्रेष्ठ आफ्नो पसलसँग सरोकार नै नभएको असम्बन्धित व्यक्ति’ भन्दै निवेदन पेश गरेका थिए ।गोपालबाबुले सर्वोच्चमा दिएको निवेदनमा भनिएको छ–‘मिति २०७५/१२/२६ मा विपक्षीबाट परिपञ्च गरी एउटा मुचुल्का खडा गरी निवेदकको पसल सिलबन्दी गरियो । सिलबन्दी गर्ने व्यहोरामा सुवास श्रेष्ठ अबैध मुद्रा सम्बन्धी मुद्दामा पक्राउ परी हाल सोसँग सम्बन्धी मुद्दा विचाराधिन रहेको र निजसँग सम्बन्धित उक्त पसल सञ्चालन हुँदा हवाई सुरक्षा व्यवस्थामा प्रतिकुल असर पर्नसक्ने भनि उल्लेख गरियो । निवेदक कम्पनीसँग असम्बन्धित व्यक्तिको हवाला दिई निवेदकको व्यवसाय बन्द गर्ने विपक्षीको निर्णय बदर गरि पसल सञ्चालन गरी पाउन सम्मानित सर्वोच्च अदालतमा निवेदन गरेको ।’

बिमानस्थल जस्तो अति संवेदनशील क्षेत्रमा बिमानस्थल प्रशासनले डलर तस्करी गर्दा गर्दै पक्राउ परेका श्रेष्ठलाई फोटो सहितको पास दिनु भनेको सुरक्षामाथि नै चुनौति दिनु हो । ‘निड टु गो’ को आधारमा मात्र प्रवेश पास दिने पास निर्देशिकालाई नै धज्जी उडाउँदै असम्बन्धित व्यक्तिलाई अति संवेदनशिल क्षेत्रको पास त्यहि माथि डलर तस्करीमा पक्राउ परेकालाई किन दिइयो ? नागरिक उड्डयन प्राधिकरणकै एक उच्च अधिकारीले चिन्ता व्यक्त गर्दै भने ।

स्रोतका अनुसार संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले विमानस्थललाई दबाब दिएपछि श्रेष्ठले पास लिएका हुन् ।
त्यसो त स्टेराइल क्षेत्रभित्रको उक्त कफीसप अहिले नियम विपरित निर्माण कार्य भइरहेको छ । संस्कृती, पर्यटन तथा नागरियक उड्डयन मन्त्री प्रेम आले, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारी र विमानस्थलका महाप्रवन्धक प्रेमनाथ ठाकुरको ‘ग्रीन सिग्नल’ पाएपछि उक्त पसल निर्माण भइरहेको हो ।

स्रोत भन्छ–‘सुवास श्रेष्ठले अधिकारीलाई प्राधिकरणको महानिर्देशक बनाउन मन्त्री आलेसँग ५ करोड भन्दा बढि रकम बुझाएका थिए ।’ डोमेस्टीक क्षेत्रमा कफीसप सञ्चालन गर्दै आएका सुवासले नियम विपरित त्यहाँ पनि स्टेराइल क्षेत्रभित्रबाट भर्याङ हालेर लाउञ्ज सञ्चालन गरिरहेका छन् । जुन, उनले विमानस्थलसँग गरेको सम्झौताभित्र पर्दैन ।

सुवासले विमानस्थललाई बक्यौता वापतको करोडौं रकम तिर्न बाँकी छ । आनन्द बतासलाई राज्यको सम्पत्ति नियम विपरित कब्जा गरेको भन्दै कारबाही गरेर हाईहाई पाएका मन्त्री आलेले भने एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा तस्कर गर्दा गर्दै पक्राउ परेका उनै श्रेष्ठलाई संरक्षण गरेर सुरक्षा चुनौति थपिरहेका छन् ।

मन्त्री आले र महानिर्देशक अधिकारीको संरक्षण पाएपछि सुवास श्रेष्ठले विमानस्थलमा अहिले अबैध धन्दा सञ्चालन गरिरहेका छन् । ‘चर्चा कमाउन खप्पिस मन्त्री आले यस्ता तस्कहरुलाई विमानस्थलमा प्रवेश गराई कमिसनकै लागि सुरक्षामाथि चुनौति थपिरहेका छन्’ विमानस्थलका एक प्रहरी अधिकारी बताउँछन् । अनलाईन=नेपालबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेपाल पत्रकार महासंघले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने सचिवस्तरीय निर्णयमा नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । महासंघले सो निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग पनि गरेको छ । महासंघले आज विज्ञप्ति जारी गरी सरकारी सञ्चारमाध्यमबाट मात्रै सरकारी विज्ञापन सम्प्रेषण गर्ने सरकारको निर्णयबाट निजी सञ्चारमाध्यम बन्द भई श्रमजीवी पत्रकारहरूको रोजीरोटी खोसिने स्थिति […]

काठमाडौं । जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गरी चैत १७ गतेदेखि तीन दिनका लागि राति १०ः०० देखि बिहान ४ः०० बजेसम्म बन्द गरिएकामा भोलिदेखि पुनः तीन दिन बन्द गर्न लागिएको जनाइएको हो। सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार कडा चट्टान फोडी सफा गर्न समय लागेकाले पुनः तीन दिन सडक बन्द गर्न लागिएको हो। […]

दाङ । भालुबाङदेखि प्यूठानको बाग्दुलातर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१००१ ज ०७६२ नम्बरको ईभी गाडी दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । सरुमारानी गाउँपालिका–४, बड्डाडा दर्भान नजिक भएको दुर्घटनामा परी प्यूठानको नौबहिनी गाउँपालिका—१, स्याउलीबाङका ७६ वर्षीय दलबहादुर पुन, सोही ठाउँ निवासी करिब ८० वर्षीया हस्ती बुढा र दाङ घोराही उपमहानगरपालिका–१, रामपुरका खिमराज खनाल घाइते […]

error: Content is protected !!