२२ कार्तिक २०८२, शनिबार
08-11-2025 , Sat
×

पर्यटन मन्त्री आले र डिजी अधिकारीको निर्देशनमा डलर तस्करलाई विमानस्थलको पास उपलब्ध

Logo
प्रकाशित शुक्रबार, चैत्र १८, २०७८


(ABC=SANCHAR)
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रतिक्षालयमा आफन्त कुर्दा एक सय रुपैयाँसम्म असुली धन्दा हुने गरेको समाचार बाहिर आइरहेका बेला विमानस्थलमा डलर तस्करीमा मुछिएका व्यक्तिले स्टेराइल क्षेत्रसम्मको पास लिएको अर्को काण्ड बाहिर आएको छ ।

सुवास श्रेष्ठ डलर तस्करी गर्न लाग्दा २०७५ चैत २२ गते विमानस्थबाट पक्राउ परेका थिए । उनै श्रेष्ठलाई अहिले विमानस्थलको हवाई सुरक्षा महाशाखाले स्टेराइल क्षेत्रसम्मको पास दिएको हो । विमानस्थलको स्टेराइल क्षेत्रमा निर्माणाधिन एयरपोर्ट टी, कफी एण्ड कन्फेक्सनरी सप प्रालिको नामको पास लिएर श्रेष्ठले निर्वाध रुपमा अवैध धन्दा चलाइरहेको विमानस्थल स्रोतले जनाएको छ ।
जबकी उक्त कफीसफ गोपालबाबु श्रेष्ठको नाममा सञ्चालित छ । कानूनी रुपमा सुवास श्रेष्ठले उक्त पास लिनै पाउँदैनन् । तर, विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले भने सुवास श्रेष्ठलाई उक्त क्षेत्रसम्मको पास दिएको अनलाइन नेपालसँग बताए ।

डलर तस्करी गर्दा गर्दै सुवास श्रेष्ठ पक्राउ परेलगत्तै गृह मन्त्रालयले सुरक्षामा गम्भिर खतरा उत्पन्न भएको भन्दै उक्त पसल नै सिल गर्यो । त्यसपछि पसल सञ्चालक गोपालबाबु श्रेष्ठ पसल सञ्चालन गर्न पाउँ भन्दै सर्वोच्च अदालत पुगे । गोपालबाबुले सर्वोच्च अदालतमा पेस गरेको निवेदनमा ‘सुवास श्रेष्ठ आफ्नो पसलसँग सरोकार नै नभएको असम्बन्धित व्यक्ति’ भन्दै निवेदन पेश गरेका थिए ।गोपालबाबुले सर्वोच्चमा दिएको निवेदनमा भनिएको छ–‘मिति २०७५/१२/२६ मा विपक्षीबाट परिपञ्च गरी एउटा मुचुल्का खडा गरी निवेदकको पसल सिलबन्दी गरियो । सिलबन्दी गर्ने व्यहोरामा सुवास श्रेष्ठ अबैध मुद्रा सम्बन्धी मुद्दामा पक्राउ परी हाल सोसँग सम्बन्धी मुद्दा विचाराधिन रहेको र निजसँग सम्बन्धित उक्त पसल सञ्चालन हुँदा हवाई सुरक्षा व्यवस्थामा प्रतिकुल असर पर्नसक्ने भनि उल्लेख गरियो । निवेदक कम्पनीसँग असम्बन्धित व्यक्तिको हवाला दिई निवेदकको व्यवसाय बन्द गर्ने विपक्षीको निर्णय बदर गरि पसल सञ्चालन गरी पाउन सम्मानित सर्वोच्च अदालतमा निवेदन गरेको ।’

बिमानस्थल जस्तो अति संवेदनशील क्षेत्रमा बिमानस्थल प्रशासनले डलर तस्करी गर्दा गर्दै पक्राउ परेका श्रेष्ठलाई फोटो सहितको पास दिनु भनेको सुरक्षामाथि नै चुनौति दिनु हो । ‘निड टु गो’ को आधारमा मात्र प्रवेश पास दिने पास निर्देशिकालाई नै धज्जी उडाउँदै असम्बन्धित व्यक्तिलाई अति संवेदनशिल क्षेत्रको पास त्यहि माथि डलर तस्करीमा पक्राउ परेकालाई किन दिइयो ? नागरिक उड्डयन प्राधिकरणकै एक उच्च अधिकारीले चिन्ता व्यक्त गर्दै भने ।

स्रोतका अनुसार संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आले र नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारीले विमानस्थललाई दबाब दिएपछि श्रेष्ठले पास लिएका हुन् ।
त्यसो त स्टेराइल क्षेत्रभित्रको उक्त कफीसप अहिले नियम विपरित निर्माण कार्य भइरहेको छ । संस्कृती, पर्यटन तथा नागरियक उड्डयन मन्त्री प्रेम आले, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदिप अधिकारी र विमानस्थलका महाप्रवन्धक प्रेमनाथ ठाकुरको ‘ग्रीन सिग्नल’ पाएपछि उक्त पसल निर्माण भइरहेको हो ।

स्रोत भन्छ–‘सुवास श्रेष्ठले अधिकारीलाई प्राधिकरणको महानिर्देशक बनाउन मन्त्री आलेसँग ५ करोड भन्दा बढि रकम बुझाएका थिए ।’ डोमेस्टीक क्षेत्रमा कफीसप सञ्चालन गर्दै आएका सुवासले नियम विपरित त्यहाँ पनि स्टेराइल क्षेत्रभित्रबाट भर्याङ हालेर लाउञ्ज सञ्चालन गरिरहेका छन् । जुन, उनले विमानस्थलसँग गरेको सम्झौताभित्र पर्दैन ।

सुवासले विमानस्थललाई बक्यौता वापतको करोडौं रकम तिर्न बाँकी छ । आनन्द बतासलाई राज्यको सम्पत्ति नियम विपरित कब्जा गरेको भन्दै कारबाही गरेर हाईहाई पाएका मन्त्री आलेले भने एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलमा तस्कर गर्दा गर्दै पक्राउ परेका उनै श्रेष्ठलाई संरक्षण गरेर सुरक्षा चुनौति थपिरहेका छन् ।

मन्त्री आले र महानिर्देशक अधिकारीको संरक्षण पाएपछि सुवास श्रेष्ठले विमानस्थलमा अहिले अबैध धन्दा सञ्चालन गरिरहेका छन् । ‘चर्चा कमाउन खप्पिस मन्त्री आले यस्ता तस्कहरुलाई विमानस्थलमा प्रवेश गराई कमिसनकै लागि सुरक्षामाथि चुनौति थपिरहेका छन्’ विमानस्थलका एक प्रहरी अधिकारी बताउँछन् । अनलाईन=नेपालबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराही दाङ एवं नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङको आयोजना तथा नेपाल जुनियर रेडक्रस भानु मा.वि. दंगिशरण ६ प्रसढुवाको आतिथ्यमा दाङ जिल्लाकाबिभिन्न बिद्यालयका ११५ जना शिक्षक, बिद्यार्थिहरुको सहभागितामा जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका ट्राफिक प्रमुख प्रहरी निरीक्षक उपेन्द्र बहादुर बमले ट्राफिक नियम तथा सचेतना सम्बन्धी प्रशिक्षण दिनु भएको जिल्ला […]

  रुस । क्षेत्रीय स्वास्थ्य मन्त्रालयले चार जनाको घटनास्थलमै मृत्यु भएको र अस्पतालमा भर्ना भएका तीन जनामध्ये एक जनाको मृत्यु भएको जनाएको छ। स्थानीय अधिकारीहरूकाअनुसार दागेस्तान गणराज्यका प्रथम उप–स्वास्थ्यमन्त्री नबी कुरायेभले रिपब्लिकन क्लिनिकल अस्पतालमा घाइतेहरूलाई भेटेका थिए। जसमध्ये एक जनाको अवस्था गम्भीर छ भने अर्को मध्यम छ। दागेस्तान गणराज्यका प्रमुख सर्गेई मेलिकोभले हेलिकप्टरमा सात जना […]

काठमाडौं । नेपाल ट्रष्टको नाममा दर्ता रहेको दरबारमार्गस्थित जग्गा ठगी तथा आपराधिक विश्वासघातको आरोपमा पूर्व सह-सचिव लेखबहादुर कार्कीलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार कार्कीले नेपाल ट्रष्टको कार्यालय र थामशेर्क ट्रेकिङ प्रालि बीच भएको लिज सम्झौतामा बदनियतपूर्वक कानुनी प्रक्रिया उल्लंघन गरी ट्रष्टलाई दीर्घकालीन हानि नोक्सानी हुने गरी सम्झौता गरेको ठहर गरिएको छ। एसएसपी शिवकुमार श्रेष्ठका अनुसार, […]

error: Content is protected !!