२४ कार्तिक २०८२, सोमबार
10-11-2025 , Mon
×

तुलसीपुरमा लागुऔषध सेवन तथा कारोबारमा संलग्न रहेको आरोपमा ३ जना पक्राउ

Logo
प्रकाशित शुक्रबार, चैत्र १८, २०७८

ABC (Sanchar)                                           दाडको तुलसीपुरमा लागुऔषध सेवन तथा कारोबारमा संलग्न रहेको आरोपमा ३ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा तुलसीपुर–५ का १९ वर्षीय किरण बुढाथोकी, सोही ठाउँका १८ वर्षीय सन्तोष बस्नेत र घोराही उपमहानगरपालिका २ का २५ वर्षीय अनिष डाँगी पक्राउ गरेको हो ।


पक्राउ परेका अनिषले तुलसीपुर–५ बसपार्कको रुकमेली ठाडा ढुंगा होटेलमा कोठा लिएर लागुऔषध कारोबार गर्ने गरेको खुलेको  जिल्ला प्रहरी प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए ।  उनीहरुको साथबाट कालो प्लाष्टिकसहित ३ सय ७० मिलिग्राम खैरो हेरोइन, तीन थान मोबाइल र नगद ४ हजारसमेत प्रहरीले बरामद गरेको छ  । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

झापा । जेनजी आन्दोलनका क्रममा यहाँस्थित इलाका प्रहरी कार्यालय तोडफोड तथा आगजनी गर्ने इलामको चुलाचुलीका दुई युवा पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा चुलाचुली गाउँपालिका–३ बस्ने २२ वर्षीय नकुल अधिकारी र चुलाचुली–५ बस्ने १९ वर्षीय रियाज सिलवाल रहेका छन् । दुवैलाई आइतबार राति दमकबाट अनुसन्धानका लागि नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । […]

काठमाडौं । वर्तमान आइजिपी चन्द्रकुवेर खापुङ कात्तिक २६ गते रातिबाट अनिवार्य अवकाशमा जाने भएपछि चार एआइजीहरु आफूलाई अब्बल सावित गर्न लागिपरेका छन्। खापुङ ३० वर्षे सेवा अवधि पूरा उनी २७ गतेबाट विदा हुँदैछन्। प्रहरी नियमावली अनुसार प्रतिस्पर्धी एआइजीहरु मध्येबाट आइजीपी हुनेछन्। आइजिपीको प्रतिस्पर्धामा रहेका एआइजीहरू क्रमशः दानबहादुर कार्की, राजन अधिकारी, डा. मनोज केसी तथा सिद्धिविक्रम […]

काठमाडौं । कुनै पनि चिया पसलमा मानिसहरू एक हातमा चिया र अर्को हातमा चुरोट लिएर बसिरहेका भेटिन्छन्। तर, यो संयोजन निकै खतरनाक छ। मानिसहरू यसलाई तनावबाट आराम पाउनका लागि सेवन गर्छन्, तर यसले मुटुमा अतिरिक्त दबाब बढाउँछ, रक्तचाप बढाउँछ र दिमागलाई यसको लतको दास बनाउँछ। तातो चियासँग चुरोट पिउनाले एसिड रिफ्लक्स, क्यान्सर र दीर्घकालीन फोक्सो […]

error: Content is protected !!