२० चैत्र २०८२, शुक्रबार
03-04-2026 , Fri
×

तुलसीपुरमा लागुऔषध सेवन तथा कारोबारमा संलग्न रहेको आरोपमा ३ जना पक्राउ

Logo
प्रकाशित शुक्रबार, चैत्र १८, २०७८

ABC (Sanchar)                                           दाडको तुलसीपुरमा लागुऔषध सेवन तथा कारोबारमा संलग्न रहेको आरोपमा ३ जना पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा तुलसीपुर–५ का १९ वर्षीय किरण बुढाथोकी, सोही ठाउँका १८ वर्षीय सन्तोष बस्नेत र घोराही उपमहानगरपालिका २ का २५ वर्षीय अनिष डाँगी पक्राउ गरेको हो ।


पक्राउ परेका अनिषले तुलसीपुर–५ बसपार्कको रुकमेली ठाडा ढुंगा होटेलमा कोठा लिएर लागुऔषध कारोबार गर्ने गरेको खुलेको  जिल्ला प्रहरी प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए ।  उनीहरुको साथबाट कालो प्लाष्टिकसहित ३ सय ७० मिलिग्राम खैरो हेरोइन, तीन थान मोबाइल र नगद ४ हजारसमेत प्रहरीले बरामद गरेको छ  । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेपाल पत्रकार महासंघले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने सचिवस्तरीय निर्णयमा नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । महासंघले सो निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग पनि गरेको छ । महासंघले आज विज्ञप्ति जारी गरी सरकारी सञ्चारमाध्यमबाट मात्रै सरकारी विज्ञापन सम्प्रेषण गर्ने सरकारको निर्णयबाट निजी सञ्चारमाध्यम बन्द भई श्रमजीवी पत्रकारहरूको रोजीरोटी खोसिने स्थिति […]

काठमाडौं । जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गरी चैत १७ गतेदेखि तीन दिनका लागि राति १०ः०० देखि बिहान ४ः०० बजेसम्म बन्द गरिएकामा भोलिदेखि पुनः तीन दिन बन्द गर्न लागिएको जनाइएको हो। सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार कडा चट्टान फोडी सफा गर्न समय लागेकाले पुनः तीन दिन सडक बन्द गर्न लागिएको हो। […]

दाङ । भालुबाङदेखि प्यूठानको बाग्दुलातर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१००१ ज ०७६२ नम्बरको ईभी गाडी दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । सरुमारानी गाउँपालिका–४, बड्डाडा दर्भान नजिक भएको दुर्घटनामा परी प्यूठानको नौबहिनी गाउँपालिका—१, स्याउलीबाङका ७६ वर्षीय दलबहादुर पुन, सोही ठाउँ निवासी करिब ८० वर्षीया हस्ती बुढा र दाङ घोराही उपमहानगरपालिका–१, रामपुरका खिमराज खनाल घाइते […]

error: Content is protected !!