२० चैत्र २०८२, शुक्रबार
03-04-2026 , Fri
×

तार सर्ट भएर आगलागी

Logo
प्रकाशित शुक्रबार, चैत्र १८, २०७८

ABC ( Sanchar) रुपन्देही तिलोत्तमा नगरपालिका २ योगीकुटीमा शुक्रबार बिजुलीको तार सर्ट भएर आगलागी भएको छ । स्थानीय युवराज न्यौपानेको १ तले पक्की घरमा रहेको मेघा श्री कोल्ड स्टोर र मेघा जनरल स्टोरमा आगलागी हुँदा स्टोरमा रहेका किराना सामान, रक्सी तथा अन्य पेय पदार्थ जलेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

आगो बुटवल उपमहानगर पालिका र तिलोत्तमा नगरपालिको दमकल र स्थानीयको सहयोगमा नियन्त्रण लिएको हो । प्रहरीले क्षतिको पुर्ण विवरण अझै आउन बाँकी रहेको जनाएको छ । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौँ । नेपाल पत्रकार महासंघले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने सचिवस्तरीय निर्णयमा नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । महासंघले सो निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग पनि गरेको छ । महासंघले आज विज्ञप्ति जारी गरी सरकारी सञ्चारमाध्यमबाट मात्रै सरकारी विज्ञापन सम्प्रेषण गर्ने सरकारको निर्णयबाट निजी सञ्चारमाध्यम बन्द भई श्रमजीवी पत्रकारहरूको रोजीरोटी खोसिने स्थिति […]

काठमाडौं । जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गरी चैत १७ गतेदेखि तीन दिनका लागि राति १०ः०० देखि बिहान ४ः०० बजेसम्म बन्द गरिएकामा भोलिदेखि पुनः तीन दिन बन्द गर्न लागिएको जनाइएको हो। सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार कडा चट्टान फोडी सफा गर्न समय लागेकाले पुनः तीन दिन सडक बन्द गर्न लागिएको हो। […]

दाङ । भालुबाङदेखि प्यूठानको बाग्दुलातर्फ जाँदै गरेको लुम्बिनी प्रदेश ०१००१ ज ०७६२ नम्बरको ईभी गाडी दुर्घटना हुँदा ३ जना घाइते भएका छन् । सरुमारानी गाउँपालिका–४, बड्डाडा दर्भान नजिक भएको दुर्घटनामा परी प्यूठानको नौबहिनी गाउँपालिका—१, स्याउलीबाङका ७६ वर्षीय दलबहादुर पुन, सोही ठाउँ निवासी करिब ८० वर्षीया हस्ती बुढा र दाङ घोराही उपमहानगरपालिका–१, रामपुरका खिमराज खनाल घाइते […]

error: Content is protected !!