२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

अनुसन्धानमा अब्बल डीआईजी सिंह सहित ३ जना एआईजीले दर्ज्यानी लगाए

Logo
प्रकाशित शनिबार, चैत्र १९, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । बढुवा भएका ३ जना प्रहरी अतिरिक्त महानिरीक्षक एआईजीले दर्ज्यानी चिन्ह लगाएका छन् । बढुवा भएका धिरज प्रताप सिँह, बसन्त पन्त र रविन्द्रबहादुर धानुकले एआईजीको दर्ज्यानी लगाएका हुन् ।

चैत १ गते नेपाल सरकारले बढुवा सिफारिसी गरेतापनि रुष्ट भएका डीआईजीहरूले गुनासो सुन्ने समितिमा उजुरी दिएपछि दर्ज्यानी लगाउन लम्बिएको थियो ।
बुधवार समितिले सरकारको निर्णय सदर गरेर मन्त्रिपरिषद्बाट बढुवा गरे पश्चात फुली लगाएका हुन् ।

यता आफुहरू अन्यायमा परेको भन्दै सर्वोच्चमा डीआईजीहरू त्रय घनश्याम अर्याल, ईश्वरबाबु कार्की र प्रकाशजंग कार्कीले रिट दायर गरेका छन् ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी प्रधान कार्यालयमा कार्यक्रमको आयोजना गरेर उनीहरूलाई दर्ज्यानी चिह्न प्रदान गरिएको बताए । सुरक्षा-खबरबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]

बाँके । सहायक प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङको नेतृत्वमा गएको अनुगमन टोलीले नेपालगन्ज–११ स्थित शङ्कर दयाल बद्रीप्रसाद प्रोभिजन स्टोरलाई जरिवाना गरेको हो । “ग्यास लुकाएर राखेको भन्ने सूचना आएपछि हामी त्यहाँ पुग्दा ग्यास भेट्टाएका थियौँ”, उनले भने । बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी गुरुङका अनुसार बजार अनुगमनका क्रममा सो किराना पसलमा १३ वटा ग्यास सिलिन्डर […]