२७ साउन २०८३, बुधबार
12-08-2026 , Wed
×

बोलेरोको ठक्करबाट पैदलयात्रुको मृत्यु

Logo
प्रकाशित शनिबार, चैत्र १९, २०७८

ABC ( Sanchar) झापाको अर्जुनधारा नगरपालिका–६ स्थित पुष्पलाल चोकमा आज बिहान सवारी साधानको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको र अर्का एकजना सख्त घाइते भएका छन् । मृत्यु हुनेमा अर्जुनधारा–६ कयका ५३ वर्षीय कृष्ण निरौला रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

सोही घटनामा बिर्तामोड–५ का ४५ वर्षीय अर्जुन उप्रेती सख्त घाइते भएका छन् । उनीहरुलाई उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्र१–०१–००१–च ९१०७ नंको बोलेरोले आज बिहान ५ः३० बजे ठक्कर दिएको थियो ।

घाइते उप्रेतीको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनापछि चालक फरार भएका र बोलेरो नियन्त्रणमा लिएर अनारमनीस्थित इलाका प्रहरी कार्यालयमा राखिएको छ ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बिहीबार रुकुम पूर्व सदरमुकाम रुकुमकोटबाट तीर्थयात्री बोकेर रोल्पाको जलजला गएको जिप दुर्घटनामा परेको थियो । दुर्घटनामा २० जनाको मृत्यु भएको थियो । एक जना घाइते रुकुम पूर्व जिल्ला अस्पतालबाट डिस्चार्ज भइसकेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापा नेपालीले जानकारी दिए । प्रहरी निरीक्षक नेपालीका अनुसार मृत्यु हुनेहरूमध्ये ४ बालक, […]

सुर्खेत । कर्णाली प्रदेशका विभिन्न प्रहरी चेकपोस्टमा हुन सक्ने सम्भावित गैरव्यावसायिक गतिविधि प्रति कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयले गम्भीर चासो देखाएको छ। कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख एसपी मुकुन्द रिजालले आफ्ना मातहतका सम्पूर्ण प्रहरी कर्मचारीलाई यस्ता अवैध गतिविधिमा संलग्न नहुन कडा निर्देशन दिनुका साथै यस्तो गतिविधिमा संलग्न भएको पाइए कडा कार्वाही हुने बताएका छन्। […]

चितवन । बुटवल नारायणघाट आयोजनाको पश्चिम खण्ड कार्यालयले सूचना जारी गर्दै शुक्रबार देखि आइतबारसम्म बेलुका ७ देखि बिहान ५ बजेसम्म दुम्कीबास–दाउन्ने–बर्दघाट खण्डमा मालवाहक सवारी रोक्ने निर्णय गरेको हो । आज परेको वर्षाका कारण सडक चिप्लो भई सवारी साधन चिप्लिने र अड्किने समस्या देखिएको आयोजनाले जनाएको छ । आयोजना कार्यालयका अनुसार बर्दघाटतर्फका सवारी साधन त्रिवेणी चोकमा […]