०८ बैशाख २०८१, शनिबार
20-04-2024 , Sat
×

नेपाल ४ खेलमा बिजयी

Logo
प्रकाशित शनिबार, चैत्र १९, २०७८

ABC ( Sanchar)    टी-२० अन्तर्राष्ट्रिय सिरिजमा नेपाल र पपुवा न्युगिनी (पिएनजी) बीच उपाधिका लागि प्रतिस्पर्धा हुने भएको छ।

आज कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको लिग चरणको अन्तिम खेलमा नेपालले मलेसियालाई ८५ रनले पराजित गर्‍यो। यससँगै नेपाल लिग चरणमा सबै चार खेलमै विजयी भयो।

मलेसिया पराजित भएसँगै पिएनजी फाइनलमा पुग्न सफल भयो। अब नेपाल र पिएनजीबीचको फाइनल आगामी सोमबार हुनेछ।

शनिबार कीर्तिपुर मैदानमा नेपालले दिएको २२४ रनको लक्ष्य पछ्याएको मलेसिया एक बल खेल्न बाँकी छदा १३८ रनमा अलआउट भयो। मलेसियाका लागि कप्तान अहमद फाइजले सबैभन्दा बढी ३३ रन जोडे।

बलिङमा नेपालका कप्तान सन्दीप लामिछानले ३ विकेट लिए। कमलसिंह ऐरी र दीपेन्द्रसिंह ऐरीले २-२ विकेट लिए।

कुशल भर्तेल र रोहित पौडेलले १-१ विकेट लिए।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले दीपेन्द्रको शतकमा ५ विकेटको क्षतिमा २२३ रन जोड्यो।

दीपेन्द्रले नटआउट ११० रन जोडे। उनले ५७ बलमा १० चौका ६ छक्का प्रहार गरे। यो नेपाली ब्याट्सम्यानले टी-२० प्रहार गरेको यो अहिलेसम्मकै उच्च स्कोर हो।

यसअघि उच्च स्कोरको रेकर्ड पूर्वकप्तान ज्ञानेन्द्र मल्लको नाममा थियो। उनले भुटानविरूद्ध १०७ रन प्रहार गरेका थिए।

नेपालको यो टी-२० मा चौथो शतक हो। यसअघि पारस खड्का, ज्ञानेन्द्र मल्ल र कुशल भुर्तेलले टी-२० मा शतक हिर्काएका थिए।

अघिल्लो साता एकदिवसीय खेलमा शतक प्रहार गरेका दीपेन्द्रले टी-२० पहिलो शतक हिर्काए।

यो नेपालले टी-२० मा बनाएको तेस्रो ठूलो स्कोर हो। यसअघि नेपालले नेदरल्यान्ड्सविरुद्ध २३८ र भुटानविरूद्ध २३६ रन जोडेको थियो।

नेपालका लागि दीपेन्द्रसँगै रोहित पौडेलले पनि उत्कृष्ट ब्याटिङ गरे। उनले ३४ बलमा ५१ रन जोड्ने क्रममा ५ चौका हिर्काए।

आदिल अन्सारीले ९ बलमा १४ रन, कुशल भुर्तेलले १२ रन, आसिफ शेखले १८ रन र आरिफ शेखले २ रन जोडे। रास्स

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) नेपालले एसिसी प्रिमियर कपको सेमिफाइनलमा युएईविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । ओमनस्थित अलअमरेत क्रिकेट ग्राउन्ड–१ मा युएईले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो । नेपाल समूह ए को विजेता र युएई समूह ‘बी’को उपविजेता हो । समूह चरणमा नेपालले चार वटै खेलमा जित हासिल गर्दा […]

(एबिसि संचार )                                                                काठमाडौँमा जारी एक दिवसीय क्रिकेटमा आज नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिच अन्तिम खेल हुँदै छ । खेल बिहान साढे ९ […]

(एबिसि संचार ) नेपाल ‘ए’ टिमले आयरल्याण्डविरूद्धको टी-२० सिरिज अन्तर्गत आज दोस्रो खेल खेल्दैछ । खेल त्रिवि मैदान कीर्तिपुरमा दिउँसो १ बजे सुरू हुनेछ । बिहीबार वर्षाका कारण खेल रद्द भएपछि नेपाल क्रिकेट संघ (क्यान)ले खेल तालिका परिमार्जन गरेको थियो । सो अनुसार शुक्रबार टी–२० सिरिजको पहिलो खेल भएको थियो । पहिलो खेलमा नेपाल ‘ए’ […]