ABC ( Sanchar) झापा दमक–५ का कृष्णकुमार राईका १३ वर्षीय छोरा रोहण राईको शनिवार पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ ।
दमक–२ मा रहेको लाजेको बाँधमा साथीसँग पौडी खेल्ने क्रममा अचानक बालक राई डुबेका र उनको घटनास्थलमै मृत्यु भएको प्रहरी नायब उपरीक्षक नवराज कार्कीले बताए । बालक एक्कासी दहमा डुबेपछि उनका साथीहरूले स्थानीयवासीसँग हारगुहार गरेका थिए ।
घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान सुरु गरेको उनले बताए । उक्त बाँधमा एक वर्षअघि पौडी खेल्ने क्रममा एक युवाको पनि डुबेर मृत्यु भएको थियो ।रासस