२१ बैशाख २०८३, सोमबार
04-05-2026 , Mon
×

कप्तान लामिछानेले फाइनलमा पनि सुखद् नतिजालाई निरन्तरता दिँदै घरमै ट्रफी राख्ने

Logo
प्रकाशित आइतबार, चैत्र २०, २०७८

ABC ( Sanchar)
नेपाल, पपुवा न्युगिनी (पिएनजी) र मलेसियाबीचको त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिजको फाइनल भिडन्त भोलि सोमबार हुँदैछ। कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपाल र पिएनजी उपाधिका लागि भिड्नेछन्।

लिग चरणका चारै खेलमा जित हात पारेको नेपालले उपाधिका लागि प्रतिस्पर्धा गर्ने ‍कप्तान सन्दीप लामिछानेले बताएका छन्।

आइतबार सिरिजको ट्रफी सार्वजनिक कार्यक्रममा बोल्दै कप्तान लामिछानेले फाइनलमा पनि सुखद् नतिजालाई निरन्तरता दिँदै घरमै ट्रफी राख्ने बताए।

घरेलु दर्शकमाझ खेल्न सहज हुने र आफूले शतप्रतिशत दिएर उपाधिका लागि खेल्ने उनको भनाइ छ।

नेपाल र पिएनजीबीचको फाइनल खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मध्यान्ह १२:३० बजे हुनेछ।

फाइनलअघि पिएनजीका कप्तान आसाद भालाले अघिल्ला दुई खेलमा भएका गल्तीलाई सुधार गर्दै उपाधि उचाल्ने लक्ष्यसहित नेपालको सामना बताए।

लिग चरणका दुवै खेलमा नेपालले पिएनजीलाई पराजित गरेको थियो।

सिरिजको अन्तिम खेलमा नेपालले शनिबार मलेसियामाथि ८५ रनको जित निकाल्दा पिएनजीले फाइनलमा स्थान बनाएको थियो।

सिरिजको पहिलो र दोस्रो खेलमा नेपालले पिएनजीलाई क्रमश: १५ र ३७ रनले पराजित गरेको थियो। त्यसअघि भएको एकदिवसीय सिरिज भने पिएनजीले २–० ले क्लिनस्विप गरेको थियो।

नेपालले अघिल्लो वर्ष घरेलु मैदानमा आयोजना भएको नेदरल्यान्ड्स र मलेसियाबीचको सिरिज जितेको थियो। रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लुम्बिनी फुटबल एकेडेमीले आयोजना गरेको लुम्बिनी, डोल्पो, यौङ स्टार मैत्रिपूर्ण फुटबल खेल घोराहीमा भव्य रुपमा सम्पन्न भएको छ। पोखरा स्थित योङ स्टार, काठमाडौं स्थित डोल्पो क्लब, घोराही स्थित लुम्बिनी फुटबल एकेडेमी बीच १३ वर्ष र १६ वर्ष मुनिका खेलाडीहरू बीच प्रतिस्पर्धा भएको थियो। प्रतियोगितामा विजयीहरूलाई कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव […]

  दाङ । गत वर्षको तुलनामा यो वर्ष यहाँ धान उत्पादनमा १० प्रतिशतले वृद्धि भएको छ । यस वर्ष एक लाख ७८ हजार सात सय मेट्रिक टन धान उत्पादन भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । केन्द्रका सूचना अधिकारी पृथ्वीराज लामिछाका अनुसार यो वर्ष ३६ हजार एकसय आठ हेक्टर क्षेत्रफलमा खेती गरिएको थियो । पर्याप्त […]

बाँके । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेको आयोजना तथा मातहत पोष्टहरुले बाँके जिल्लाका विभिन्न विद्यालय तथा महेन्द्र राजामर्ग ,हुलाकि राजमार्ग ,रत्न राजमार्गका विभिन्न स्थानहरुमा मानिसहरु भेला जम्मा गराई ट्राफिक सचेतना अन्तर्गत सवारी दुर्घटना न्यूनीकरणका लागी चालक ,सह-चालक, सर्वसाधारण, सडक प्रयोग कर्ता,विद्यार्थि, साईल यात्रीहरुलाई सवारी दुर्घटना बाट बच्ने उपायहरु , ट्राफिक नियमका बारेमा यस कार्यालय तथा […]

error: Content is protected !!