१३ बैशाख २०८१, बिहिबार
25-04-2024 , Thu
×

कप्तान लामिछानेले फाइनलमा पनि सुखद् नतिजालाई निरन्तरता दिँदै घरमै ट्रफी राख्ने

Logo
प्रकाशित आइतबार, चैत्र २०, २०७८

ABC ( Sanchar)
नेपाल, पपुवा न्युगिनी (पिएनजी) र मलेसियाबीचको त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिजको फाइनल भिडन्त भोलि सोमबार हुँदैछ। कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपाल र पिएनजी उपाधिका लागि भिड्नेछन्।

लिग चरणका चारै खेलमा जित हात पारेको नेपालले उपाधिका लागि प्रतिस्पर्धा गर्ने ‍कप्तान सन्दीप लामिछानेले बताएका छन्।

आइतबार सिरिजको ट्रफी सार्वजनिक कार्यक्रममा बोल्दै कप्तान लामिछानेले फाइनलमा पनि सुखद् नतिजालाई निरन्तरता दिँदै घरमै ट्रफी राख्ने बताए।

घरेलु दर्शकमाझ खेल्न सहज हुने र आफूले शतप्रतिशत दिएर उपाधिका लागि खेल्ने उनको भनाइ छ।

नेपाल र पिएनजीबीचको फाइनल खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा मध्यान्ह १२:३० बजे हुनेछ।

फाइनलअघि पिएनजीका कप्तान आसाद भालाले अघिल्ला दुई खेलमा भएका गल्तीलाई सुधार गर्दै उपाधि उचाल्ने लक्ष्यसहित नेपालको सामना बताए।

लिग चरणका दुवै खेलमा नेपालले पिएनजीलाई पराजित गरेको थियो।

सिरिजको अन्तिम खेलमा नेपालले शनिबार मलेसियामाथि ८५ रनको जित निकाल्दा पिएनजीले फाइनलमा स्थान बनाएको थियो।

सिरिजको पहिलो र दोस्रो खेलमा नेपालले पिएनजीलाई क्रमश: १५ र ३७ रनले पराजित गरेको थियो। त्यसअघि भएको एकदिवसीय सिरिज भने पिएनजीले २–० ले क्लिनस्विप गरेको थियो।

नेपालले अघिल्लो वर्ष घरेलु मैदानमा आयोजना भएको नेदरल्यान्ड्स र मलेसियाबीचको सिरिज जितेको थियो। रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) नेपालले एसिसी प्रिमियर कपको सेमिफाइनलमा युएईविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । ओमनस्थित अलअमरेत क्रिकेट ग्राउन्ड–१ मा युएईले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि नेपालले पहिले ब्याटिङ गर्ने भएको हो । नेपाल समूह ए को विजेता र युएई समूह ‘बी’को उपविजेता हो । समूह चरणमा नेपालले चार वटै खेलमा जित हासिल गर्दा […]

(एबिसि संचार )                                                                काठमाडौँमा जारी एक दिवसीय क्रिकेटमा आज नेपाल ‘ए’ र आयरल्यान्ड ‘ए’ बिच अन्तिम खेल हुँदै छ । खेल बिहान साढे ९ […]

(एबिसि संचार ) नेपाल ‘ए’ टिमले आयरल्याण्डविरूद्धको टी-२० सिरिज अन्तर्गत आज दोस्रो खेल खेल्दैछ । खेल त्रिवि मैदान कीर्तिपुरमा दिउँसो १ बजे सुरू हुनेछ । बिहीबार वर्षाका कारण खेल रद्द भएपछि नेपाल क्रिकेट संघ (क्यान)ले खेल तालिका परिमार्जन गरेको थियो । सो अनुसार शुक्रबार टी–२० सिरिजको पहिलो खेल भएको थियो । पहिलो खेलमा नेपाल ‘ए’ […]