२० चैत्र २०८२, शुक्रबार
03-04-2026 , Fri
×

सिन्धुली माडीको ग्वाङखोलामा निर्माणाधीन पुल बाढीले बगायो

Logo
प्रकाशित सोमबार, चैत्र २१, २०७८

ABC ( Sanchar)                                    सिन्धुलीको सदरमुकाम सिन्धुली माडीको ग्वाङखोलामा निर्माणाधीन पुल बाढीले बगाएको छ ।

आइतबार राति एक्कासी पानी पर्दा आएको बाढीले २५ वैशाखमा ढलान गर्न ठिक्क पारिएको कमलामाई नगरपालिका–६ को माडीबजार पुछार र वडा नम्बर ५ को कारागार क्षेत्र जोड्ने ३० मिटर लामो पक्की पुल बगाएको वडा नम्बर ६ का अध्यक्ष उज्जवलकुमार थापाले जानकारी दिए ।

 

अध्यक्ष थापाले भने, ‘पानी निकास गर्न खोलामा साँघुरो पारेर ह्युमपाइप राखिएको थियो । जसका कारण केही समय बाढी थुनिन पुग्यो । पानीको सतह बढेर एक्कासी फुट्दा ढलानका लागि ठिक्क पारिएको संरचना बगाएको हो ।’ लामो समयको प्रतिक्षापछि बन्दै गरेको पुल बगाउँदा स्थानीयहरु चिन्तित बनेको उनले बताए ।

निर्माणाधीन पुलको संरचना बाढीले बगाउँदा करिब तीन करोड बराबरको क्षतिभएको आकलन निर्माण कम्पनीले गरेको उनले बताए ।

 

प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालयको लगानीमा दुई वर्षअघि निर्माण सुरु भएको पुलको लागत पाँच करोड ४१ लाख रहेको थियो । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । तारकेश्वर ११ मा गएराति चोरीको घटनामा पीडितमाथि आक्रमण भएको छ। चोरी गरेर भाग्ने क्रममा चोरले पीडितलाई हानेर दुर्घटनामा पार्दा Jal Saiju Shrestha घाइते भएका छन्। 💡 घटनापछि उद्धार: समाजसेवी दिपु उप्रेति ले प्रहरीसँग समन्वय गरी घाइतेलाई ट्याक्सीमार्फत अस्पताल पुर्‍याउन सहयोग गर्नुभएको थियो। 📱 घटना स्थलमा केही दर्शकले मोबाइलमा भिडियो खिच्दै बसे, तर कोही […]

काठमाडौँ । नेपाल पत्रकार महासंघले निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापनमा रोक लगाउने सचिवस्तरीय निर्णयमा नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । महासंघले सो निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग पनि गरेको छ । महासंघले आज विज्ञप्ति जारी गरी सरकारी सञ्चारमाध्यमबाट मात्रै सरकारी विज्ञापन सम्प्रेषण गर्ने सरकारको निर्णयबाट निजी सञ्चारमाध्यम बन्द भई श्रमजीवी पत्रकारहरूको रोजीरोटी खोसिने स्थिति […]

काठमाडौं । जिल्ला प्रशासन कार्यालयले आज एक सूचना जारी गरी चैत १७ गतेदेखि तीन दिनका लागि राति १०ः०० देखि बिहान ४ः०० बजेसम्म बन्द गरिएकामा भोलिदेखि पुनः तीन दिन बन्द गर्न लागिएको जनाइएको हो। सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी शर्माका अनुसार कडा चट्टान फोडी सफा गर्न समय लागेकाले पुनः तीन दिन सडक बन्द गर्न लागिएको हो। […]

error: Content is protected !!