०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

सिन्धुली माडीको ग्वाङखोलामा निर्माणाधीन पुल बाढीले बगायो

Logo
प्रकाशित सोमबार, चैत्र २१, २०७८

ABC ( Sanchar)                                    सिन्धुलीको सदरमुकाम सिन्धुली माडीको ग्वाङखोलामा निर्माणाधीन पुल बाढीले बगाएको छ ।

आइतबार राति एक्कासी पानी पर्दा आएको बाढीले २५ वैशाखमा ढलान गर्न ठिक्क पारिएको कमलामाई नगरपालिका–६ को माडीबजार पुछार र वडा नम्बर ५ को कारागार क्षेत्र जोड्ने ३० मिटर लामो पक्की पुल बगाएको वडा नम्बर ६ का अध्यक्ष उज्जवलकुमार थापाले जानकारी दिए ।

 

अध्यक्ष थापाले भने, ‘पानी निकास गर्न खोलामा साँघुरो पारेर ह्युमपाइप राखिएको थियो । जसका कारण केही समय बाढी थुनिन पुग्यो । पानीको सतह बढेर एक्कासी फुट्दा ढलानका लागि ठिक्क पारिएको संरचना बगाएको हो ।’ लामो समयको प्रतिक्षापछि बन्दै गरेको पुल बगाउँदा स्थानीयहरु चिन्तित बनेको उनले बताए ।

निर्माणाधीन पुलको संरचना बाढीले बगाउँदा करिब तीन करोड बराबरको क्षतिभएको आकलन निर्माण कम्पनीले गरेको उनले बताए ।

 

प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्रालयको लगानीमा दुई वर्षअघि निर्माण सुरु भएको पुलको लागत पाँच करोड ४१ लाख रहेको थियो । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!